यहाँहरुलाई koreanp.blogsome तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । koreanpblog@yahoo.com ब्‍लगर (डम्बर सुब्बा) द.कोरिया ,देउ कुमार सुब्बा (नेपाल)।

korea

nepal

June 30, 2006

हो हो माले हो…, हो हो तारे हो

Filed under: अन्‍य

June 22, 2006

narayan gopal

Filed under: अन्‍य

                               

June 19, 2006

सरकारले राष्ट्रसंघलाई पत्र

Filed under: अन्‍य

सात राजनीतिक दल तथा माओवादीबीच भएको शिखरवार्ताको सहमतिअनुसार संविधान सभाको अगाडि हतियारको व्यवस्थापनमा सहयोग तथा अनुगमनका लागि अनुरोध गर्न नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घसँग पत्राचारको प्रक्रिया अगाडि बढाएको छ। यससम्बन्धमा जानकारी राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा सरकारी वार्ता टोलीका सदस्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रदीप ज्ञवालीले दिनुभएको हो।

राष्ट्रसंघले यसको स्वागत गरिसकेको छ।

प्रवासी मजदुर समाचार

Filed under: अन्‍य

                         

June 17, 2006

mirmire

Filed under: अन्‍य

प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड र वावुराम वालुवाटारमा ।

Filed under: अन्‍य

eनेपाल न्यूज डट कम असार २ काठमाडौ ।सरकार र माओवादीका शिर्ष नेताहरुबीच शिखर वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजेसम्म पनि जारी रहेको छ। माओवादी अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराइ पोखराबाट आज बिहान एयर डाइनेस्टीको हेलिकोप्टरमा काठमाडौ आउनु भएको हो । यो समाचार लेख्दा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, माओवादी अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराइबीच प्रधानमन्त्री निवासमा वार्ता भइरहेको बताइएको छ। आजै दिउँसो सात दल र माओवादीका शिर्ष नेताहरुबीच वार्ता हुने कार्यक्रम रहेको छ। गृहमन्त्री कृष्णप्रसाद सिटौला आज बिहानै पोखरा पुगेर माओवादीका शिर्ष नेताहरुलाई ल्याउनुभएको हो । माओवादी नेताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गृहमन्त्रीकै गाडीमा बालुवाटार छिर्नु भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा सरकार माओवादी वार्ता टोलीका साथै कांग्रेस उपसभापति सुशिल कोइराला र बरिष्ठ अधिवक्ता सिन्धुनाथ प्याकुरेल पनि छिर्नु भएको छ। वार्तास्थालबाछ eन्युज  सम्वाददाताले जनाएअनुसार ११ बजेसम्म भित्रबाट संचारकर्मीहरुलाई बाहिर कुनै जानकारी दिइएको छैन । प्रधानमन्त्री निवासमा केही माओवादी कार्यकर्तासमेत छिरेका छन् । प्रधानमन्त्री कार्यालय छिर्नुअघि प्रचण्ड र डा. बाबुराम भट्टराईले प्रेसलाई कुनै प्रतिक्रिया भने दिएनन् । अहिले वार्तास्थल बारिह सैयौ देशविदेशका पत्रकार रहेका छन् । eन्युज सम्वाददाताकाअनुसार आजै दिउँसो सात दलका शिर्ष नेताहरुसँग शिखर वार्ता हुने बुझिएको छ। स्रोतहरुले दिएको जानकारीअनुसार करिब १२ बजेबाट औपचारिक वार्ता सुरु हुने बताइएको छ। आजको वार्तामा अन्तरिम विधान निर्माण र अन्तरिम सरकारका बारेमा छलफल गर्ने बुझिएको छ। सरकार र माओवादीबीच हिजो भएको दोस्रो चरणको वार्तामा शिखर वार्ता गर्ने निर्णय गर्दै डा. देवेन्द्रराज पाण्डेको संयोजकत्वमा ३१ सदस्यीय युद्धविराम आचारसंहिता राष्ट्रिय अनुगमन समिति बनाउने लगायतको निर्णय गरेको थियो ।

June 16, 2006

अमेरिकामा २ हजार बढी आप्रवासी पक्राउ

Filed under: अन्‍य
हस्टन १६ जुन २००६ । अमेरिकाले देशभरि सुरु गरेको आप्रवासीविरुद्धको कारबाहीमा हुलदंगाबाज र भगुवासहित २ हजार एक सयभन्दा बढी गैरकानुनी आप्रवासीलाई पक्राउ गरेको गृहसुरक्षा विभागले बिहीबार जनाएको छ ।
गत मे २६ देखि सुरु भएको कारबाहीमा लगभग २ हजार १ सय ७९ जना आप्रवासी पक्राउ परेको गृहसुरक्षा विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विभागले पक्राउ परेका भगुवाहरु छिमेकी र समुदायसमेतका लागि खतरा भएको जनाएको छ। पक्राउ परेका आधाभन्दा बढी आप्रवासीको अपराधिक रेकर्ड रहेको छ । तीन सय ६७ जना हुलदंगा गर्ने समूहका सदस्य रहेका छन् । यस्तै ६ सय भन्दा बढी आप्रवासी देश निकालाको आदेश दिइएका छन् ।
अध्यागमन अधिकारीहरुले पक्राउ परेका आप्रवासीलाई उनीहरुको देशमा फिर्ता गर्ने तयारी भइरहेको छ। पक्राउ परेका मध्ये ८ सय २९ जनालाई उनीहरुको देश पठाइसकिएको छ। गृह सुरक्षामन्त्री माइकल चर्टोफले अध्यागमन नीतिलाई कडा बनाउने सरकारी प्रयासअन्तर्गत उक्त कारबाही गरिएको बताए । पक्राउ परेका अधिकांश बंगलादेश, ब्राजिल, चीन, इण्डोनेशिया, इराक, पाकिस्तान र बेलायतका नागरिक रहेका छन् ।

June 10, 2006

plus koseli

Filed under: अन्‍य

             

June 7, 2006

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री गिर‌िजाप्रसाद कोइरालाको भारत भ्रमणमा आर्थिक प्याकेजका कुराहरु उठाउनु ठीक नहुने बताउनुभएको छ।

Filed under: अन्‍य

उहांले मुलुकमा विद्यमान राजनीतिक अस्थिरता र मुख्य मुद्दाहरुलाई सम्बोधन गर्न बांकी रहेका बेला विदेशी सहयोग र अन्य प्रश्नहरुबारे निर्णय गर्नु नहुने बताउनुभयो।

सिराहाको कमला नजिक सोमवार राति बीबीसी नेपाली सेवाका विराटनगर संवाददाता टंक खनालसंग भएको कुराकानीमा प्रचण्डले वर्तमान अवस्थामा यस्ता विषयहरु उठाउंदा जनतालाई कुनै फाईदा नहुने बताउनुभयो।

प्रचण्डले बरु प्रधानमन्त्रीलाई भारतका विभिन्न जेलमा रहेका माओवादीका झण्डै डेढसय नेता तथा कार्यकर्ताको रिहाईको निम्ति पहल गरिदिन आग्रह गर्नुभयो।

उहांले यसबारेमा प्रधानमन्त्री कोइरालासंग आफूले कुराकानी गरेको र उहांबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको पनि बताउनुभयो।

अध्यक्ष प्रचण्डले शान्तिपूर्ण ढंगले समस्या समाधानका लागि माओवादी अधिकतम लचिलो भएको भएपनि त्यसको ग्यारेण्टी गर्नसक्ने अवस्था अझै नभएको धारणा राख्‍नुभयो।

उहांले भन्नुभयो, " हामी वार्ताद्वारा शान्तिपूर्ण ढंगले नै समस्या समाधान होस् भन्ने चाहन्छौं तर अहिले राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा विभिन्न शक्तिहरु लागिराखेका छन, विविध खालका खेलहरु पनि चलिराखेका छन् र यसलाई भांड्ने षडयन्त्रहरु पनि भैराखेका छन्। तर हामी अधिकतम प्रयत्न गर्छौं।"

June 4, 2006

Filed under: अन्‍य

hkhkkkk

  • नेपाली म्यूजिक भिडियो

  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

    Number of online users in last 3 minutes
    eXTReMe Tracker