अमेरिकामा २ हजार बढी आप्रवासी पक्राउ
हस्टन १६ जुन २००६ । अमेरिकाले देशभरि सुरु गरेको आप्रवासीविरुद्धको कारबाहीमा हुलदंगाबाज र भगुवासहित २ हजार एक सयभन्दा बढी गैरकानुनी आप्रवासीलाई पक्राउ गरेको गृहसुरक्षा विभागले बिहीबार जनाएको छ ।
गत मे २६ देखि सुरु भएको कारबाहीमा लगभग २ हजार १ सय ७९ जना आप्रवासी पक्राउ परेको गृहसुरक्षा विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विभागले पक्राउ परेका भगुवाहरु छिमेकी र समुदायसमेतका लागि खतरा भएको जनाएको छ। पक्राउ परेका आधाभन्दा बढी आप्रवासीको अपराधिक रेकर्ड रहेको छ । तीन सय ६७ जना हुलदंगा गर्ने समूहका सदस्य रहेका छन् । यस्तै ६ सय भन्दा बढी आप्रवासी देश निकालाको आदेश दिइएका छन् ।
अध्यागमन अधिकारीहरुले पक्राउ परेका आप्रवासीलाई उनीहरुको देशमा फिर्ता गर्ने तयारी भइरहेको छ। पक्राउ परेका मध्ये ८ सय २९ जनालाई उनीहरुको देश पठाइसकिएको छ। गृह सुरक्षामन्त्री माइकल चर्टोफले अध्यागमन नीतिलाई कडा बनाउने सरकारी प्रयासअन्तर्गत उक्त कारबाही गरिएको बताए । पक्राउ परेका अधिकांश बंगलादेश, ब्राजिल, चीन, इण्डोनेशिया, इराक, पाकिस्तान र बेलायतका नागरिक रहेका छन् ।