यहाँहरुलाई koreanp.blogsome तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । koreanpblog@yahoo.com ब्‍लगर (डम्बर सुब्बा) द.कोरिया ,देउ कुमार सुब्बा (नेपाल)।

korea

nepal

July 31, 2006

द.कोरियामा अन्‍तक्रिया कार्यक्रम सफल ।

Filed under: अन्‍य

कोरिया एन पि.
जुलाई ३० झोगेसा सिउल

nrn 3

एक्‍यबदद्वता समुह नेपाल स‍मर्पक समिति र गैर आवासीय नेपाली संघको आयोजनामा झोगेसा कल्‍चर सेन्‍टर

 हलमा प्रवालसी नेपालीका समस्‍या र सञ्‍चार माध्‍यमको भुमिका बिषयक अन्‍तक्रिया तथा गैर आवासीय 

नेपाली संघ (NRNको घोषणा सभा कार्यक्रम सम्‍पन्‍न भयो । N.C.C.कोरियाका अध्‍यक्ष श्री बम लावतीको

 सभापतित्‍वमा भएको कार्यक्रम संञ्‍चालन राजु पाठक र संगिता श्रोतियाले गर्नु भएको थियो ।
उत्त कार्यक्रममा पत्रकार महाँ संघका केन्‍द्रिय सभापति बिष्‍णु निष्‍ठूरी गैर आवासीय 
नेपाली संघका केन्‍द्रिय अध्‍यक्ष डा. उपेन्‍द्र महतो एसिया प्‍यापिकका उपाध्‍याक्ष देव
मान हिराचन , नेपाल जापान डट कमका प्रधान सम्‍पादक डा.कुमार बस्‍नेत लगायतका
अथितिहरु र पत्रकार व्‍यापारि बिधार्थि विभिन्‍न संघ संस्‍थाका पदाधिकारीहरुको उपस्‍थिति
थियो । विभिन्‍न वत्ताहरुले बोल्‍ने क्रममा ने.प.म.अध्य‍क्ष बिष्‍णु निष्‍ठुरिले कोरियामा रहेका नेपालीहरुको 
मुख्‍य समस्‍या राजदुत बिषयलाई सरकार समक्ष पुर्‍याउने बताउनु भयो । बिदेसमा सिकिएका सिप कला 

दक्षतालाई नेपालमा पनि प्रयोग गर्न सकिने सम्‍भावना 
व्‍यात्त गदै । एन आर एनका अध्‍यक्ष डा.उपेन्‍द्र महतोले त्‍यसता दक्ष जनसत्तिलाई 
काम तथा रोजगारको निम्‍ति सक्‍दो सहयोग गर्ने बताउनु भयो ।

नेपाल जापान डट कमका सम्‍पादक डा.कुमार बस्‍नेत ज्‍यूले गोर्खासैनिक मार्फत प्रवासी
भुमिमा काम गर्ने सिलसिला सुरु हुदै हाल विश्‍व भर १४लाख नेपालीहरु प्रवासिएका 
बताउनु भयो । 

 

 

nrn4
                  बिदेसमा काम गर्दा बिभिन्‍न दुर्घटना शोषण भेदभाव इत्‍यादि समस्‍यालाई 
पत्रकारहरुले संञ्‍चार माध्‍यममा ल्‍याईने निचोडका साथ अन्‍तक्रिया कार्यक्रम समाप्‍त भयो ।

 

धुलाबारीमा अस्पताल निर्माणका लागि जापानको सहयोग

Filed under: अन्‍य

     जापान सरकारले झापाको धुलाबारीमा १५ शैयाको अस्पताल निर्माणका लागि आम्दा नेपाललाई ६१ लाख ८७ हजार ५६ रुपैयााको अनुदान उपलब्ध गराउने भएको

             आज राजधानीमा सो सम्बन्धि सम्झौता पत्रमा जापानी राजदुत चुतोमु हिराओका  आम्दा नेपालका अध्यक्ष डा. रमेश प्रसाद आचार्यले हस्ताक्षर गर्नु भएको सो अवसरमा दुई दिने भ्रमणका क्रममा हिजो नेपाल आएका जापानी विदेश मन्त्रालयका बरिष्ठ उपमन्त्री यासुहिसा सिओजाकीको पनि उपस्थिति थियो अस्पताल निर्माणपछि ताप्लेजुङ, पााथर इलाम जिल्लाका जनता पनि लाभान्वित हुने बताइएको

            महागो स्वास्थ्य सेवाका बाबजुत पनि भारत जान बाध्य त्यस क्षेत्रका बासिन्दाले सो अस्पताल निर्माण पछि सस्तो गुणस्तरीय सेवा पाउने जापानी दुताबासले जनाएको संयुक्त राष्ट्र संघीय शरणार्थी उच्च आयोगको सहयोगमा सो अस्पतालले त्यस क्षेत्रमा रहेको भुटानी शरणार्थीलाई पनि स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिइएको   

कि.या.चु.को धन्यवाद ज्ञापन कार्यक्रम

Filed under: अन्‍य

एचकेनेपाल
किरात याक्थुङ चुम्लुङ हंगकंगले २३ जुलाई आइतबार एउटा कार्यक्रमको आयोजना गरी निवर्तमान कार्यसमितिलाई धन्यवादसहित बिदाई गरेकाछन्।

राजबहादुर पन्धाक प्रमुख अतिथि रहेको बिदाई कार्यक्रममा आदिबासी जनजाति महासंघका महासचिव भूपेन्द्र चेम्जोङ, नि.वर्तमान सल्लाहकार गणेश ईजम, भगत सुब्बा, टेक चङवाङ, ईन्द्र वनेम, उत्तरमान लिम्बु, नि. सचिव दिलबहादुर पालुङवा अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो।गणेश ईजम, भगत सुब्बा, टंक चङवाङ र भूपेन्द्र चेम्जोङले समितिको प्रगतिको लागि शुभकामना मन्तव्य प्रकट गर्नुभएको थियो। अध्यक्ष राजबहादुर चङवाङको अध्यक्षतामा सचिव ज्ञानु मेन्याङ्वो र असली अनेम लिम्बुले सञ्चालन तथा केन्द्री सदस्य लक्ष्मी पोमुले स्वागत मन्तव्य प्रकट गर्नुभएको थियो।

कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।

July 30, 2006

दिसा पिसाब गर्ने अङ्ग नै नभएका अचम्मका बालक

Filed under: अन्‍य

एचकेनेपाल डट कम
कास्कीमा दिसा र पिसाब गर्ने शरीरको अङ्गविना एक बालक बुधबार जन्मिएका छन्। आफ्ना नवजात छोराको बचाउका लागि उपचार गर्ने खर्च नहुँदा ती दम्पती बिचल्लीमा परेका छन् ।

बुधबार बिहान जन्मिएका ती बालकको दिसा र पिसाब गर्ने मूल शारीरिक अङ्ग छैन । शरीरको अघिपट्टिको भागमा एक प्रकारको थैली छ तर त्यसबाट पेटभित्र सङ्क्रमण बढ्ने खतरा हुँदा निकास अङ्गका लागि तत्काल उपचार गरिनुपर्ने चिकित्सकहरूले बताएको राससले जनाएको छ। ।

कास्कीको दाङसिङ गाउँ विकास समिति वडा नम्बर ७ सुदामेका दलबहादुर र मनकुमारी मगरका चौथो सन्तान ती बालकलाई उपचारका लागि काठमाडौँको कान्ति बाल अस्पताल लान मणिपाल अस्पतालका डाक्टरले सिफारिस गरेको पिता दलबहादुरले बताए ।

दाङ्सिङमा स्वास्थ्य शिविरका लागि गएका मणिपाल अस्पतालका चिकित्सक डा. सञ्जीव हैँजु र डा. सुरक्षा वज्राचार्यले घरमै ती बालकलाई हेरेपछि उपचारका लागि पोखरा लैजान सल्लाह दिएका थिए ।

डा. हैँजुले खाएको चिज निकास हुने अङ्ग बालकको नभएकोले त्यसका लागि तत्काल शल्यक्रिया गरिनुपर्ने बताए।

ऋण तिर्न नसक्दा साहुजीलाई श्रीमती

Filed under: अन्‍य

घर खर्चको लागि लिएको ऋण तिर्न नसक्दा धादिङ जोगीमाराका एक गरीव चेपाङले आफ्नी श्रीमती साहुलाई बुझाए। गरीव लालबहादुर चेपाङले साउन संक्रान्तिमा फिर्ता दिने सर्तमा ३५ सय रुपैयां लिएका थिए। तर उनले तोकिएको समयमा ऋण तिर्न नसकेपछि ऋणधनी धनबहादुरलाई श्रीमती हस्तमाया चेपाङ बुझाएको गाउंलेहरु बताउंछन्।

लालबहादुरले आफ्नी श्रीमती साहुलाई मात्र बुझाएनन् , त्यही रात ऋणधनी धनबहादुर र आफ्नै प्राण प्यारी श्रीमती हस्तमायाको हातबाट मारिनु पर्‍यो।

एक सातासम्म लालबहादुरको दुखद अन्त्यबारे कसैलाई थाहा भएन। लालबहादुर बेखबर हराएपछि गाउंलेले उनको खोजी गरे। उनी आफ्नै घरमा मृत अवस्थामा भेटियो।

प्रहरीले लालबहादुरको हत्याको अभियोगमा धनबहादुर र हस्तमायालाई पक्राउ गरी कारवाही सुरु गरेकोछ।

July 29, 2006

दुई टाउके बिरालो

  

म सानो हुदा ठुलो बणर्न माला भन्‍ने किताब मा एक पेट दुइटाउके चरा भन्‍ने 
पडेको थिये । आज यस्‍तो फोटो देख्‍दा सम्‍झना आएर राखेको यो अमेरिका को 
१ घर पालुवा बिरालोले पाएको रे।

Cobra Macini feeds his two-faced kitten Friday, July 28, 2006, in Inverness, Fla. The kitten, one of a litter of five, was born two days ago and is expected to survive according to local veterinarian. Dr. Wade Phillips. The animal was born two weeks premature and has two mouths that feed one esophagus, four eyes and two noses

 

 

 

 

 

July 28, 2006

नेपाललाई एसियाको स्विजरल्याण्ड बनाउन जापानी विज्ञको सुझाव

Filed under: अन्‍य

काठमाडौं, साउन ११ -

गुणस्तर सुधारका ज्ञाता मानिने जापानी एक विज्ञले पर्यटन उद्योगमा केन्दि्रत भएर नेपाललाई ‘एसियाको स्विजरल्याण्ड’ का रुपमा अघि बढाउन सुझाव दिएका छन् ।

प्राध्यापक डा. नोरिआकी कानोलेे दुई विशाल छिमेकी भारत र चीन उत्पादनमूलक उद्योगमा निकै अघि बढिसकेकाले र नेपालले तीसँग प्रतिस्पर्धा गर्नुभन्दा आफ्नै मौैलिक पर्यटनमा ध्यान केन्दि्रत गर्नुपर्ने बताए ।

राजधानीका बुधबार सम्पन्न चौथो क्ष्ाेत्रीय गुणस्तर सम्मेलनको समापन समारोहमा एसियाली गुणस्तर सञ्जाल -एएनक्यू) का अध्यक्ष्ा कानोले विशेष प्रवचन दिंदै पोखरा र चितवन भ्रमणको अनुभवसमेतका आधार यो सुझाव दिएको उनले बताए ।

‘एसियाको स्विजरल्याण्ड नेपालका लागि सबैभन्दा प्रतिस्पर्धी योजना हुन सक्छ’ उनले भने- यो मेरो विश्वास हो ।’ ‘हिमालय जस्तो प्रकृतिको धनी नेपालले उत्पादनमूलक उद्योगको विकास यी मनमोहक प्रकृतिको मूल्यमा गर्नुपर्ने धारणा पनि उनको थियो ।

प्रतिस्पर्धात्मक क्ष्ामता बढाउने गुणस्तर सुधारका विषयमा विश्वभर प्रवचन दिंदै हिंड्ने कानोलेे पर्यटनसम्बन्धी पूर्वाधारमा ध्यान दिनुपर्ने बताए । काठमाडौंमा आफू बसेको होटलमा इन्टरनेट सुविधा नपाएको र पोखराबाट जापान फोन गर्न डेढ घण्टा लागेको अनुभव सुनाउँदै प्रतिस्पर्धी क्ष्ामता बढाउन यहींंबाट सुरु गर्नसमेत सुझाव दिए ।

कार्यक्रममा नेपालका लागि जापानी राजदूत सुतुमो हिराओकाले विश्व व्यापार संगठनको सदस्य भएको नेपालले आगामी दिनमा गुणस्तरका कारण ठूलो चुनौती सामना गर्नुपर्ने बताए । ‘त्यसबाट पार पाउन गुणस्तर व्यवस्थापन प्रणालीमा अहिल्यैदेखि लाग्नुपर्छ’ राजदूतले भने ।

कार्यक्रममा उपप्रधान एवं परराष्ट्र मन्त्री केपी ओलीले नेपाली उत्पादनहरूलाईर् अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धीर् बनाउन थुप्रै काम गर्न बाँकी छ भन्दै त्यसको

लागि सम्मेलन सहयोग हुने विश्वास व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डीराज ढकालले स्वदेशी बजारमा गुणस्तर सुधारका लागि सरकारी नीतिले उत्साह दिन नसकेको गुनासो गरे । तर पनि महासंघ गुणस्तर सुधारका लागि प्रतिवद्ध रहेको बताउँदै यस्ता कार्यक्रममा सहयोगी बन्ने प्रतिबद्धता पनि उनको थियो ।

वेल्जियममा नेपालीहरु भोक हडतालमा,अवस्था गम्भिर

Filed under: अन्‍य

जुलाई २७ , युरोपियन युनियनको मुख्यालय रहेको वेल्जियमको विभिन्न शहरहरुमा नेपालीहरु भोक हडताल गरिरहेका छन । वेल्जियममा गत जुलाई ९ तारिखवाट भोक हडतालमा वसेका ३ विदेशी  सहित २४ नेपालीहरुको अवस्था अहिले खतरनाक अवस्थामा रहेका छन । विगत लामो समय देखी वेल्जियममा गैरकानूनी रुपमा वसोवास गर्दै आएका नेपाली तथा नेपाली मूलका भूटानीहरु तथा नेपाली तिव्वतीहरु वेल्जियमको (Michiels Church, Naams Straat , 57 A )लुभेन शहरमा कानूनीरुपमा वस्न पाउने माग गर्दै  धर्ना तथा भोक हडतालमा वसेका हुन

 

वेल्जियममा यसरी गैरकानूनी रुपमा वसोवास गर्ने नेपालीहरुको सिमान्तमा जीवन स्तर अत्यत्तै दयनीय रहेको छ । गैरकानूनी रुपमा वेल्जियममा वसोवास गर्नेहरुले कानूनीरुपमा काम गर्ने नपाउने हुदां अधिकांश गैर कानूनी नेपालीहरु खान र वस्नकै समस्याले चर्चमा अत्यन्तै कष्टकर जिन्दगी गुजारी रहेका छन । यसरी चर्चमा वस्ने ति नेपालीहरुलाई स्थानीय विभिन्न संघ सस्थाहरुले खानेकुराहरु उपलव्ध गराएका छन भने विभिन्न नेपाली संघ सस्थाहरुले पनि उनीहरुको लागि खाने कुराको व्यवस्था गरेको छ । लुभेन स्थित नेपाली जन सम्पर्क समितिका इन्द्र क्षेत्रीले दिएको जानकारी अनुसार लुभेन शहरमा धर्ना दिइ त्यसरी वस्ने नेपालीहरुको एक दिनको खाने प्रवन्ध मिलाएको वताएका छन त्यसै गरी आन्त्रपेन भन्ने शहरमा चर्चमा शरण लिइरहेका नेपालीहरुलाई तमु समाज वेल्जियमले एक दिनको खानेकुराको प्रवन्ध गरेको सो समाजका सदस्य युवराज गुरुङले हामीलाई जानकारी दिनुभएको छ । यसरी धर्ना दिने तथा भोक हडताल गर्ने नेपालीहरु मात्र छैन । विभिन्न देशवाट गैरकानूनीरुपमा वेल्जियम छिरेका आप्रवासीहरुले कानूनीरुपमा वस्न पाउने माग गर्दै नारा जुलुश तथा धर्ना हुदै भोक हडतालसम्म पुगेको वेल्जियम स्थित जन प्रगतिशिल मञ्चका एक पदाधिकारी दामोदर प्रसाद आर्चायले हामीलाई वताए ,

नेपालको तेस्रो ठुलो ताल भु माफीयाको पञ्जामा

Filed under: अन्‍य

पोखरा, ११ साउन /  वाशुदेव मिश्र

भूमाफीयाहरुले लेखनाथ नगरपालिकाको सबैभन्दा ठुलो बेगनास ताल नै आफ्नो नाममा दर्ता गरेको खुलासा भएको छ । ताल ब्यक्तिको नाममा दर्ता भएको झण्डै  ८ बर्षपछि  स्थानीयबासीले ताल ब्यक्तिको नाममा गएको चाल पाएका हुन् । स्थानीय कुलदीप कोईरालाले २०५५ साल असारमा तालको केही जलाधार, ड्याम, ओभरफ्लो र तालमाथिको वन दर्ता गरेका हुन् । जग्गा दर्ता गरेका कुलदीपका नाति मुराहरी कोईरालाले २०३२ सालमा छुट भएको आफ्नोे पैत्रिक सम्पत्ति कानून अनुसार दर्ता गराएको दावी गरेपनि स्थानीयवासिले सार्वजनिक महत्वको सो ठाउा सार्वजनिक नै हुनुपर्ने जिकीर गरेका छन् । कुलदीपको नाममा नै जग्गा रहिरहने हो भने वेगनासताल छिर्ने बाटो, डुंगाघाट, प्राकृतिक रुपले बनाईएको बााधको केही भाग र बढी पानी भएमा फाल्न बनाईएको ओभरफ्लो नै उनको पेवा हुने भएको छ । सोही ठाउनेरको  अर्को महत्वपूर्ण जग्गाको टुक्रा यसअघि नै रमादेवी खत्रीको नाममा दर्ता भएको परेवाले सार्वजनिक गरिसकेको छ । तर व्यक्तिको नाममा ताल दर्ता भएको भने यो दोस्रो हो । यस अघि लेखनाथकै मैदी ताल व्यक्तिले हत्याईसकेका छन् ।

July 27, 2006

sunita subba

Filed under: अन्‍य

                    click here

  • नेपाली म्यूजिक भिडियो

  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

    Number of online users in last 3 minutes
    eXTReMe Tracker