यहाँहरुलाई koreanp.blogsome तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । kanchha73@yahoo.com ब्‍लगर (डम्बर सुब्बा) द.कोरिया ,देउ कुमार सुब्बा (नेपाल)।

korea

korea rapti ki

August 29, 2006

द.कोरियामा अर्न्तक्रिर्या कार्यक्रम सम्पन्न

 आइतबार कोरिया

आन्याङ सेन्टरमा स्वागत, भेटघाट तथा अर्न्तक्रिर्या कार्यक्रम सम्पन्न भएको थियो जसको आयोजना प्रवासी पत्रकार संघ र नेपाली सम्पर्क समिति (एनसीसी) ले गरेको थियो । उक्त कार्यक्रमका मुख्य अथितिमा नेपालको श्रम तथा यातायात व्यवस्था राज्यमन्त्री रमेश लेखक हुनुहुन्थो ।

इन्टरनेशनल लेभर अर्गनाइजेसन (आई एल ओ) को १४औं रुसियाली वैठकमा भाग लिनआइपुग्नु भएका श्रम तथा यातायात ब्यवस्था मन्त्री तथा सरकार माओवादी वार्ता टोलीका सदस्य लेखकले अन्तरक्रिया कार्यक्रमका क्रममा उठेको प्रश्नको जवाफ सहजरुपमा दिदै वार्ता सफल हुने कुरामा आफु विश्वस्त रहेको बताए पनि राजा राख्ने वा फ्याक्ने भन्ने सवालमा संविधान सभाको निर्वाचनले नै निर्णय गर्ने बताउनु भयो । उहांले नेपालको कुल अर्थतन्त्रको २५ प्रतिशत प्रवासी नेपालीले धानेको बताउदै वैदेशिक रोजगार प्रणालीलाई पारदर्शी एवं सर्वसुलभ बनाउन प्रयत्न गर्ने विचार व्यक्त गर्नुभयो
मुनड्रप्स ओभरसिजको वारेमा उहांले भन्नुभयो मुनड्रप्स मेनपावरले अत्यन्तै बढी पैसा लिएको कारण यस मेनपावरवाट कोरिया पठाउन रोक्नुपर्छ भन्ने निर्णय भएको हो । तर उसलाई त्यो अधिकारवाट बञ्चित गराउंदा कोरिया सरकारले नेपाललाई दिएको कोटा काट्ने र आगामी वर्ष देखि लागूहुने इपिएसमा पनि नेपाल नपर्ने बताएपछि मन्त्रिपरिषदले एकपटक मुनड्रप्सलाई दिने निर्णय गरेको हो । तर वास्तविकता पहिल्याएर कार्वाही गर्नुपर्छ भन्ने मान्यता मेरो पनि हो । उक्त कार्यक्रममा नेपाल वौंद्ध परिवारका अध्यक्ष तथा अन्र्तराष्ट्रिय ऐक्यवद्धताका लागि नेपाली पत्रकार समुहका सचिव नरेन्द्र गुरुङ्ग प्रवासी मजदुर युतियनका उपाध्यक्ष काजीमान खापुङ्गले कोरियामा नेपालीले भोग्नुपरेका विविध समस्याबारे प्रकाश पार्नुभएको थियो भने कोरियामा रहेका विद्यार्थीको संगठन सन्सिकका अध्यक्ष प्रमोद श्रेष्ठले विद्यार्थीका समस्या प्रस्ट पादैं श्रम तथा यातायात व्यवस्था  मन्त्रीलाई ज्ञापनपत्र वुझाउनु भयो । सन्सिकको ज्ञापनपत्रमा भनिएको छ, दक्षिण कोरियामा दुतावास नहुँदा यहाँका हरेक क्षेत्रसँग सम्वन्धित नेपालीले घर विनाको अनाथको अनुभव गरेका  छौं । कोरियामा पनि हेर्न दुतावासबाट आवश्यक सहयोग नभएकोले यथाशिघ्र कोरियामा नेपाली दुतावास स्थापना गरियोस वर्षेनि सयौं विद्यार्थी तथा हजारौं कामदार र अन्य व्यवसायी कोरियातर्फ आर्कषित भइरहेको परिपेक्षमा  दुई देश विचको सम्वन्ध विस्तार एवं पर्यटन पर्वधन समेतलाई मध्यनजर गरी सिधा हवाई सम्पर्क स्थापित गरियोस ।नेपाली सम्पर्क समिति अध्यक्ष वमप्रसाद लावतीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन नेसस सचिव केशव खड्काले गर्नुभएको थियो भने सहसचिव माधवी भट्टले स्वागत मन्तव्य गर्नुभएको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://koreanp.blogsome.com/2006/08/29/p-198/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

  • नेपाली म्यूजिक भिडियो

    lampnis
  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

    de
    Number of online users in last 3 minutes
    eXTReMe Tracker