असोज १३ । महेन्द्रराजमार्ग अन्तरगत महोत्तरीको माईस्थानमा भएको सवारी दुर्घटनामा १४ यात्रु घाइते भएका छन् ।
सडकमा रोकिराखेको मालबाहक ट्रकलाई गएराती ठक्कर दिंदा बसमा सवार १४ जना यात्रु घाइते भएका छन् । घाइते मध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ । इलाका प्रहरी कार्यालयका अनुसार ऐना ट्राभल्सको ना २ ख ५००४ नं.को रात्रीबसले सडकमा रोकिराखेको ना २ क २३७२ नं.को फलामे छड बोकेको ट्रकलाई पछाडीबाट ठक्कर दिंदा दुर्घटना भएको हो ।
September 30, 2006
१४ यात्रु घाइते
आज महाअष्टमी
एफएन न्युज
आज महाअष्टमी शक्ति स्वरुपा नवदुर्गा भवानीका साथै विभिन्न शक्तिपिठहरुको पूजा आराधाना गर्दै मनाइदैछ । आज विहानैदेखि उपत्यकाका गुहेश्वरी, दक्षिणकाली, मैतीदेवी, नक्शाल भगवती लगायत अधिराज्यका दुर्गा भवानीका मन्दिरहरुमा भक्तजनहरुको घुइचो लागेको छ ।आजै विभिन्न जिल्ला स्थित शक्तिका प्रतिक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीका मन्दिरहरुमा भक्तजनहरुको ठूलो भिड लागेको जनाइएका छन् । आश्विन शुल्क प्रतिपदाका दिन पूजा कोठा, दशैंघर अथवा मण्डपमा बैदिकविधिपूर्वक नवदुर्गा भवानीको आहृवान गरी घटस्थापना गरिएको स्थानमा आज भक्तिपूर्वक विशेष पूजाआजा गरिन्छ । आज घर-घरमा र कलकारखानामा रहेका हतियारलाई धोई पखाली महाकाली दुर्गाको हतियारको रुपमा स्थापना गरी पूजा गर्ने गरिन्छ । आज मध्येरातमा बली सहित कालरात्रीको पूजा गर्ने चलन छ । मध्येरातको यस पूजाबाट प्रशन्न भई देवीले शुभफल र कल्याण दिन्छे भन्ने विश्वास छ ।
पैसा हुनेको संसार

यो घर देख्दा तपाईहरुलाई कस्तो लाग्यो । अमेरीकाको फ्लोरिडा नजिक समुद्रको बिचमा
रहेको दृस्य हो । यो तिन तले घर २लाख ५० हजार डलरमा तयार भएको थियो ।
यसलाई पहिला बाहिरै बनाएर पानी जहाजको सहायताले ठाँउमा पुर्याएको थियो ।
२०० टोन बढि तौल भएको घर पुरा गर्न बसाई सार्न १ बर्ष समय लागेको थियो ।
September 29, 2006
महिला र पुरुषबीचको भेदभाव हटाउने लैंगिक समानतासम्बन्धि विधेयक पारित
प्रतिनिधिसभाको विहिवार बसेको बैठकले लैंगिक समानतासम्बन्धि विधेयक पारित गरेको छ ।
उक्त विधेयकले प्रचलित नेपाल कानुनमा महिला र पुरुषबीच रहेका भेदभावपूर्ण व्यवस्थालाई परिवर्तन गरी लैंगिक समानता कायम गर्न थुप्रै कानुनी व्यवस्थामा संशोधन समेत गरेको छ ।
यस विधेयकले अंश, सम्बन्धविच्छेद, जबर्जस्ती करणी, अपुतालीको सम्पती, बिमा, बोनस, निवृत्तिकोष, रजिस्ट्रेसन तथा सार्वजनिक सेवामा रहेका भेदभावपूर्ण व्यवस्था लगायत अन्य १७ वटा ऐनमा रहेका व्यवस्थामा संशोधन गरेको छ । सकारात्मक विभेद अन्तर्गत महिलालाई सहुलियत प्रदान गर्ने व्यवस्था पनि विधेयकमा राखिएको छ ।
महिलासंग जोडिएका परम्परागत र भेदभावपूर्ण शब्द हटाईएका छन् । मुलुकी ऐनको गरिब कंगालको महलको तीन नम्बरमा आमा पोइल जाने भन्ने शब्दको सट्टा आमाले अर्को विवाह गरेमा भन्ने राखिएको छ । सरकारी अड्डा अदालतमा बाबुबाजेको नाम आवश्यक पर्ने पुरानो व्यवस्थालाई हटाएर बाबुआमा तथा बाजेबज्यै हुनुपर्ने भनेर राखिएको छ ।
अदालती कामकाजमा पुरुषसरह महिलालाई पनि जिम्मेवार बनाइएको छ भने व्यक्तिगत परिचयमा बाबुसरह आमाको र पतिसरह पत्नीको नाम राख्नुपर्ने व्यवस्था पारित विधेयकमा छ । पत्नी सुत्केरी हुँदा स्याहार गर्न पुरुषलाई १५ दिनको पारिश्रमिक सहितको स्याहारबिदा दिइने व्यवस्था राखिएको छ ।
विवाहका लागि महिला र पुरुष दुवैको उमेर २० वर्ष हुनुपर्ने नयाँ व्यवस्था राखिएको छ । पुरुषको उमेर २२ र महिलाको १८ वर्ष हुनुपर्ने विवाह दर्ता ऐन २०२८ को व्यवस्थालाई खारेज गरिएको छ । विधेयकमा बाबु वा पति भन्ने शब्दहरु हटाएर बाबुआमा तथा पतिपत्नी भन्ने शब्दहरु राखिएका छन् ।
अपुतालीको सम्पत्तिको हक सात पुस्तासम्मको पुरुषतर्फको हांगामा सबैभन्दा नजिककाले पाउने व्यवस्थालाई हटाएर महिला पनि हकदार हुने प्रावधान राखिएको छ । वैवाहिक सम्बन्धको जबर्जस्ती करणीलाई दण्डनीय बनाइएको छ ।
पत्नीबाट १० वर्षसम्म सन्तान नभएपछि सम्बन्धविच्छेद गर्न पाउने पुरानो व्यवस्थालाई हटाईएको छ । अंश हकमा छोराछोरी तथा धर्मपुत्र धर्मपुत्री दुवैलाई समान हकदार बनाइएको छ । विवाहअघि छोरीले लिएको अंश विवाहपछि माइतीपट्टीको हकवालाले पाउने व्यवस्था हटाइएको छ ।
नेपालले हस्ताक्षर र अनुमोदन गरिसकेको महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा उन्मूलन गर्ने राष्ट्रसंघीय महासन्धि, १९७९ बमोजिम यो ऐन बनेको छ ।
सबै भन्दा सानो बाँदर

यो सबै भन्दा सानो बाँदर स्वीडेनको चिडियाखानमा रहेको बुढी औंला भन्दा सानो
उचाइ ३५ सेमि र तौल १०० ग्राम रहेको छ । यस लाई सुरुमा दक्षिण अफ्रिको आमजुन
बाट ल्याईएको भनाई छ ।
संसारको सबै भन्दा लामो नङ

संसारको सबै भन्दा लामो नङ पाल्ने ग्रिनिज बुक रेकडमा आज सम्म अमेरीकाकी
लेइमण्ड छिन ।
सुकुम्बासी बसेको जग्गा मालपोत अधिकृतको नाममा
उदयपुर- सुकुम्बासीहरूले बसोबास गर्दै आएको जग्गा मालपोत अधिकृतसहित जिल्लाका केही जमिन्दारहरूको मिलेमतोमा आ-आफ्नो नाममा बाँडफाँड गरिएको रहस्य खुलेको छ ।
त्रियुगा नगरपालिका बोक्सेस्थित ३ बिगाहा १७ कठ्ठा जग्गामा सुकुम्बासीहरू बसोबास गर्दै आएका थिए । यसरी बसोबास गर्दै आएको जग्गा मालपोत अधिकृत पुष्पमणि पोखरेल र जमिन्दार चक्रबहादुर बस्नेतको परिवारका नाममा दर्ता गराउन अधिकृत पोखरेल र जमिन्दारहरू बीच लेनदेन हुन थालेपछि उक्त रहस्यको खुल्न आएको हो ।
उक्त रहस्य सार्वजनिक भएपछि मालपोत अधिकृत पोखरेल र चक्रबहादुर बस्नेतका छोरा मनोज बस्नेतलाई माओवादीले दुई घण्टा नियन्त्रणमा लिई घटनाका बारेमा स्पष्टीकरण दिन लगाएका थिए
सदरमुकाम गाईघाटस्थित माओवादीको सम्पर्क कार्यालयमा दुवैले घटनाको बारेमा आ-आफ्ना भनाई राखेका थिए । सोही समयमा सञ्चारकर्मीहरूका माझ जमिन्दार बस्नेत र मालपोत अधिकृत पोखरेलले सुकुम्बासीहरू बसोबास गर्दै आएको जग्गा रहस्यमय ढङ्गले आफ्नो नाममा दर्ता गर्ने कार्यमा संलग्नता रहेको स्वीकार गरेका छन् ।
उक्त जग्गा बस्नेत परिवारले भोगचलन गर्दै आएकोमा ०५२ सालमा सुकुम्बासीहरूले कब्जामा लिई बसोबास गर्दै आएका थिए । सोही क्रममा जमिन्दार र सुकुम्बासीहरू बीच गोली हानाहान समेत भएको थियो ।
उक्त जग्गामा मनोज बस्नेतको नाममा दर्ता गराई उनीबाटै बाँडफाँड गर्ने प्रबन्ध मिलाइदिए बापत हालसम्म पाँच कठ्ठा जग्गा मालपोत अधिकृतले आफ्नै कार्यालयका दुई पियनका नाममा दर्ता गर्न लगाएको बताइएको छ । तर उक्त जग्गा घुमाउरो ढङ्गले आफ्नो नाममा दर्ता गर्न लागेको अधिकृत पोखरेलले सञ्चारकर्मीहरू समक्ष स्वीकार गरेका छन्
सुकुम्बासी बस्ती रहेको सो जग्गामा हालसम्म ५४ घर निर्माण भइसकेका छन् । घरजग्गा मिलाइदिए बापत मालपोत अधिकृत पोखरेललाई लाखौ रुपैयाँ र पियनहरू रत्नबहादुर भुजेल र लक्ष्यबहादुर श्रेष्ठको नाममा ५ कठ्ठा जग्गा बस्नेत परिवारबाट घुसको रूपमा दिइएको बताइएको छ
सोही जग्गा दर्ता प्रक्रियामा ल्याए बापत अघिल्ला मालपोत अधिकृत रेखबहादुर थापाले एक लाख ५० हजार लिएको समेत पोखरेलले जानकारी दिए ।
September 28, 2006
टोपि होईन कपाल

चाइनाको एक पहाडि गाउँमा बसोबास गर्ने ८० बर्षिया (लिओ सुइन) बाजेले ३०बर्ष
सम्म कपाल र दाँरी नकाटदा कपाल १.५ मिटर र दाँरी २मिटर सम्म बढेको थियो ।