यहाँहरुलाई koreanp.blogsome तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । koreanpblog@yahoo.com ब्‍लगर (डम्बर सुब्बा) द.कोरिया ,देउ कुमार सुब्बा (नेपाल)।

korea

nepal

October 31, 2006

E.P.S होइन वर्क परमिट सबैको माग

Filed under: अन्‍य

वाइ पाण्डे october 30, 2006

 E.P.S होइन वर्क परमिट सबैको माग आगमि २००७ फेब्रुअरी १४ देखि कोरिया सरकारले नेपाललाई पनि इम्प्लोयमेन्ट पर्मिट सिस्टममा समाबेश गर्ने सक्ने कुरा जानकारी दिएको छ । तर नेपाल सरकारको तर्फबाट भने अझै सम्पूर्ण प्रकिया पुरा भई नसकेको कुरा कोरियाको लेबर मन्त्रालयले जानकारी दिएको छ ।स्मरण रहोस् नेपाललाइ १९९४ देखि ट्रेनिङ्ग भिसा दिएको थियो । सोही प्रणाली अनुसार नेपाली कामदारहरु ट्रेनिङ्ग प्रणालीबाट कोरिया भित्रिने क्रम जारी छ । नेपालका साथै उज्बेक्किस्तान्, काजकिस्तान लागएत थप आरु तीन देशलाई यो प्राणालिमा समाबेश गर्न लागिएको छ ।

यस भन्दा अगाडि पनि नेपाल ईपीएस् को लागि प्रस्ताबित थियो तर नेपाली नेता तथा मानव तस्कर को कारणले खारिजीमा परेको थियो । आगामी सन् २००७ फेब्रुअरी देखि कोरिया सरकारले नेपाललाइ पनि इपीएस प्रणालीमा समाबेश अझै निश्चित भने भएको छैन । देशको राजनीतिक उथलपुथल र अन्य विविध कारणले २००५ र २००६ को नेपालले पाएको प्रशिक्षार्थी कामदार कोटा अन्य मुलुकलाई दिएको थियो । हाल कोरियामा तीन लाखको हाराहरिमा आप्रबासी कामदार रही आएका छन । कोरियाको तेस्रो ठुलो पार्टी मिन्जु नो दोङ दाङले आप्रबासी कामदाअरलाई भिसा दिएर राख्नु पर्ने कुरामा जोड दिदै आइको छ । कोरियाको संबिधानमा परिवर्तन नगरि सम्सदले दुई तिहाइ बहुमतले परित गरे मात्र कानुन बमोजिम बिदेशी कामदारलाई त्यसरी भिसा दिन सकिन्छ । कोरियाको सबै भन्दा ठुलो पार्टी हान नारा पार्टिले बिदेशिलाई त्यसरी भिसा दिने कुराको बीरोध गर्दै आएको छ ।कोरियानहरु एक जाती अनुहार भन्ने कुरामा निस्ठवान रहेका छन । यस नियम विरुद्ध दक्षिण कोरियाका विभिन्न मजदुर संघ संस्थाहरुले लगातार विभिन्न -यालीहरुको आयोजना गरी विरोध गर्दै आएका छन् ।

उनीहरुको माग इपीइस होइन वर्क परमिट लागू गर भन्ने रहेको छ । अवैधानिक रुपमा कोरियामा रहेका मजदुरहरु नेपाल फिर्ता गएमा इपीएस कोटाबाट विशेष प्राथमिकता दिइने उल्लेख गरिएको छ । त्यसैको कारण हाल धरपकड तिब्र भएको छ । इपीएस प्रणाली के हो त? इम्प्लोयमेन्ट पर्मिट सिस्टम (Employment Permit System) अर्थात इपीएस हो । दक्षिण कोरियामा अवैधानिक रुपमा रहेर काम गर्दै आएका प्रवासीहरुको संख्या बृद्धि भएका कारण ट्रेनिङ्ग भिसा खारेज गर्दै विदेशी कामदारहरुलाई काम दिने दक्षिण कोरिया सरकारले बनाएको एउटा नीति हो । यस नीतिअनुसार ३ बर्ष भन्दा कम समय कोरियामा रही वैधानिक रुपमा रहेका कामदारहरुलाई मालिकको जमानतमा थप २ बर्ष काम गर्न पाउने भिसा दिइने छ भने ३ बर्ष भन्दामाथि तर ४ बर्ष नपुगेका कामदारहरुका लागि श्रम तथा कानुन मन्त्रालयमा उजुरी दिई नेपाल फिर्ता गएमा र छ महिना भित्र पुनः फिर्ता भएमा थप १ बर्षदेखि २ बर्ष वैधानिक रुपमा काम गर्ने सुविधा रहेको छ । कामदारको सिधै मालिक सँग सम्बन्ध रहेने छ । कामदारले आफुलाई मन नपरेमा ५ पटक सम्म कम्पनि सार्न सक्ने छ । तर सो जानकारी श्रम मन्त्रालयमा त्तथा इमिग्रसनलाई जानकारी दिनु पर्ने छ ।

यसैगरी अवैधानिक रुपमा कोरियामा रहेका मजदुरहरु नेपाल फिर्ता गएमा इपीएस कोटाबाट विशेष प्राथमिकता दिइने उल्लेख गरिएको छ । यसरी हेर्दा अब नेपालीको हकमा झनै समस्या पर्ने देखिन्छ । यस भन्दा अगाडि लुम्बिनिलेको डाइरेक्तर मिस्टर जोनले कोरियाम रहेका नेपालीलाई आधिकारै नपाई धर्पकद गर्ने गरेको थियो । जस्मा केही उसका चाकर बाबुराम बजगाइ लगयताका ४-६ जना मतियार सग्लङन थिय । भोलिका दिनम पनि यस्ता माअनब तस्कर फेरी मौलाएर नेपालीलाई दुः?दिने सम्भाबना रहेको छ । स्मरण रहोस् पाकिस्तान र इन्डोनेशियाको इपियस् प्राणाली हालै खारेज गरिको छ । कारण सरकारी घोटलाले गर्दा जानकारी हुन आएको छ । नेपालको समान्धमा पनि कसैले राल नचुहाए फरक पर्दैन ।

व्यातिगत बिजीका कारण यहाँहरु समक्ष समावेस हुन नसकेकोमा म ज्यादै दु:खि छु ।

deu kumar subba
व्यातिगत बिजीका कारण यहाँहरु समक्ष समावेस हुन नसकेकोमा म ज्यादै दु:खि छु ।धेरै समय पश्चात आफ्नो जन्म भूमि नेपाल जाने तरखर गदैछु । माओवाद राजनिती हलचल गरिबी बेरोजगार आदि समस्यालाई सम्झेर प्रवासी भूमिमा बसोवास गर्दा गर्दै एक दसक पार गर्न पुगीएछ । मान्छेलाई आवश्यकता र समश्याले कहिले पार नर्गदो रहेछ । सुनको थैलो हातको मैलो के गर्नु धनले । सागर सिस्नु खाएको बेस आनन्दि मनले भन्नेकुरालाई सम्झेर म आफ्नो मातृभूमी नेपाल नोभेम्बर दोस्रो हप्ता जादै छु । जुन समयमा कोरियाबाट हाम्रा साथी डम्बर सुब्बाले न्यूज अपढेट गर्नुहुन्छ । भने नेपालबाट नेपालको वातावरण रहन सहन नयाँ समाचार भिडिओ म अपढेट गर्नेछु फ्रिमालिएको ब्लग हुनाले प्राविधिक समस्याहरु आई रहन्छ । हाल पनि जुन समस्या आएर  यो ब्लग ठिक कन्डिसनमा छैन । तै पनि नहुनु मामा भन्दा कानो मामा बेस
भनेझै काम चलाउ हुदैछ । तपाईहरुको सुझाव माया ममता पाईरहनु सकुङ भन्दै तपाईहरुको शु स्वाथ्यको कामना प्रकट गर्दै बिदा लिन चाहन्छु
                                                          देउ कुमार सुब्बा 

October 30, 2006

तपाईको आयु थाहा दिने साईट

Filed under: अन्‍य

तपाईको आयु थाहा दिने साईट भित्र आएर चेक गर्नुहोला ।
खालीठाउमा आफ्नो उमेर उचाई तौल आदि भर्नु होला ।

http://www.deathclock.com/

October 27, 2006

Filed under: भिडियो

हङ्गकङ्गबाट ‘अल्पबिराम’

Filed under: अन्‍य

राजनीतिक द्धन्द्धको सेरेफेरोमा बनेको नेपाली चलचित्र ‘अल्पविराम’को प्रर्दशनयात्रा हङ्गकङ्गबाट थालिने भएको छ ।माओवादी विद्रोदको कथाबस्तुमा युवा निर्देशक नारायण पुरीले निर्देशन गरेको चलचित्रको अक्टोबर २२ तारिखमा हङ्गकङ्गस्थित पाकिस्तानी क्लबमा प्रर्दशन गरिने पक्कापक्की भएको छ ।
सगरमाथा स्पोर्स अर्गनाइजेशनको सहयोगार्थ चलचित्र प्रर्दशनका लागि निर्देशक पुरी र निर्माण सल्लाहकार सुनिल थापा यतिबेला हङ्गकङ्गमा छन् । हङ्गकङ्गमा प्रर्दशन गरिए लगत्तै चलचित्रको दक्षिण कोरियामा पनि प्रर्दशनको तयारी गरिएको छ । अ क्रियटिभ मुभि मेकरको ब्यानरमा निर्मित ‘अल्पबिराम’मा बिजय लामा, सुनिल पोखरेल, रमा थपलिया, रामचन्द्र अधिकारी, विष्णुभक्त फुयाल, कृष्ण शिवाकोटी, नागेन्द्र घिमिरे लगायतका मुख्य भूमिकामा छन् । प्रेमराजा महतको स्वर तथा संगीत, राजेन्द्र खड्कीको द्धन्द्ध संयोजन र राजु मानन्धरको क्यामेरामा शिव पुरीले चलचित्रको सम्पदान गरेका छन् ।
झन्डै सवा घन्टा लामो चलचित्रको निर्मातामा युनुष अन्सारी, निर्माण सहयोगीहरुमा नरेश बहादुर सिंह, वि श्रेष्ठ, दिलिप प्रसाद पोखरेल, सुनिल जंग रायमाझी छन् ।
 
 

कतारबाट ६ सय बढी नेपाली फर्काउने

Filed under: अन्‍य

बैदेशिक रोजगारीका लागि कतार पुगेका झण्डै ६ सय बढी नेपालीलाई कतार सरकारले गैरकानुनी रुपमा कतारमा बसेको भन्दै नेपाल फर्काउने तयारी गरिरहेको छ।
बैदेशिक रोजगारीका लागि कतार गएर अवैध रुपमा बसेका नेपाली कामदारलाई छानविनका लागि कतार सरकारले डिपोटिङ्ग क्याम्पमा राखेको काठमाडौस्थित परराष्ट्र मन्त्रालयले जनाएकोछ । परराष्ट्र मन्त्रालयका प्रवक्ता यादव खनालका अनुसार कतार सरकारको स्थानीय प्रशासनले छानविन गरिसकेपछि ती नेपालीहरुलाई नेपाल फर्काइनेछ ।
उनीहरुको छानविनका लागि अझै कम्तिमा एक साता लाग्ने जानकारी प्रवक्ता खनालले दिनुभयो । प्रवक्ता खनालले कतार सरकारले ति नेपाली कामदारहरुका सम्बन्धमा छानविन गर्ने काम र गैरकानुनी ढंगले बसेकालाई फर्काउने काम नियमित प्रक्रिया भएको बताए ।

October 26, 2006

कोरियामा नेपाली चेलीलाई कुटपिट गरी अपराधी फरार

Filed under: अन्‍य

एचकेनेपाल डट कम,

नेपालमा तिहारको रमझम मनाइ रहेको वेलामा यहाँ विदेशमा मरासन्न हुने गरी आफ्नै देशकी चेलीलाई कुटपिट गरी एक अपराधी फरार भएको छ। ताप्लेजुङ जिल्ला घर भइ हाल दक्षिण कोरियाको पुसानस्थित एक सिसा कम्पनीमा कार्यरत तारा पालुङ्गा लिम्वुलाई सोही कम्पनीमा कार्यरत पूर्ण तामाङले कुटपिट गरी फरार भएको छ। सन्की स्वभावका तामाङले १ वर्ष अगाडी कोरियनसंग हात पात गरेकाले कम्पनीले निस्कासन समेत गरेको थियो। व्यक्तिगत रिस इवीको कारण दर्शाएर तिहार मनाउन रोटी पकाउदै गरेको वेलामा तारालाई बाहिर बोलाई हातपात गरेको थाहा हुन आएको छ। घाइते ताराको पुसान अस्पतालमा उपचार भइ रहेको छ। सोही कम्पनीमा १४ जना नेपाली गैरकानूनी रुपमा काम गर्दै आइरहेका छन्। गैरकानूनी कामदार भएकोले नेपालीले नै प्रहरीमा जाहेरी गर्न नदिएपछि पीडित मानव अधिकारवादी संस्थामा सहयोगको लागि गुहार माग्न पुगेकी थिइन्।

सोही कम्पनीमा कार्यरत चिना पून भन्छिन् मैले नचिच्याएको भए मार्ने संवाभना थियो। म चिच्याए रुन लागेपछि अपराधी भाग्यो। सोही कम्पनीमा कार्यरत अर्की भगवती कोइराला भन्छिन्- अपराधी त भागि सक्यो पुलिसकोमा जाहेर गरे हामी सवैलाई समात्ने हुनाले हामीले पीडितलाई सहयोग गर्न सकेनौ। यो हाम्रो वाध्यता हो। पुसान अध्यागमन विभागले भने पिडितको जाहेरीलाई उदृत गर्दै निज अपराधीको व्यापक खोजी कार्य भइरहेको जानकारी दिएको छ। अध्यागमन विभागका अनुसार वाग्मती अञ्चल नुवाकोट जिल्ला विदुर १० बाट राहदानी लिएको निजको स्थायी ठेगाना ककनी १ भएको जानकारीमा आएको छ। अध्यागमन विभागका अनुसार नीजको राहदानी नं. १२६९४६७ र अध्यागमन कार्ड नं. ७९०५२८ -५२४०५२९ थाहा हुन आएको छ। अपराधी पुसानबाट ट्रेन चढेर सुवानसम्म आएको जानकारी अध्यागमन विभागले दिएको छ। तामाङको हुलिया सम्बन्धि जानकारी दिदैं कसैले देखेमा अध्यागमन विभागमा सूचित गर्न आग्रह गरेको छ। पिडित पक्षले घटनाको जानकारी साना तथा मझौला उद्योग संघमा गराएका थिए। तर त्यहाँ कार्यरत नेपालीले कम्पनीको मिलोमतोमा घटनालाई ढाकछोप गर्ने प्रयास भैरहेको थाहा हुन आएको छ। कम्पनीमा गैरकानूनी कामदार भएकाले एक पटक घटनालाई थामथुम पार्न साना तथा मझौला उद्योग संघमा अनुरोध गरेका हौं कम्पनीका एक सहायक म्यानेजरले नाम नबताउंने शर्तमा भने।स्मरण रहोस् नेपालीले नै आफ्नै देशकी चेलीलाई यसरी कुटपिट गरेको कोरियामा पहिलो घटना हो।

माओवादी सेना राज्यले पाल्नेः मन्त्री चौधरी

Filed under: अन्‍य

भूमि सुधार तथा व्यवस्था मन्त्री प्रभूनारायण चौधरीले माओवादीले हतियार व्यवस्थापन गरेमा उनीहरुको सेना पाल्न सरकार तयार रहेको बताउनुभएको छ । मन्त्री चौधरीले माओवादी सेना राजनीतिक आस्थाप्रति आस्थावान रहेको तर राज्यको सेना कुनै पनि राजनीतक सिद्धान्तप्रति आस्थावान नभएका कारण राज्य र माओवादीको सेना फरक भएको हुँदा राज्यको सेना र हतियार व्यवस्थापन गर्न नमिल्ने बताउनुभयो । उद्योग बाणिज्य संघ बाराले आज कलैयामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री चौधरीले संविधानसभासँगै राज्यको पनि टुङ्गो लाग्ने स्पष्ट पार्नुभयो । नेकपा एमालेले भनेको जस्तो जनमत संग्रहबाट राजाको छिनोफानो गरेर देश र जनताका लागि हितकर नहुने बताउँदै उहाँले राजा शक्तिविहीन भएको यो अवस्थामा जनमत संग्रह गर्ने बित्तिकै राजा पुनःसक्रिय हुने हुँदा जनमत संग्रहको आवश्यकता नहुने बताउनुभयो । जारी शान्ति वार्ताले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्दै अवरुद्ध शिखर वार्ता पुनःबस्ने जानकारी दिनुभयो । हिजोदेखि बारामा रहनुभएका मन्त्री चौधरीले शोषित पीडित मुक्त कमैयाहरुलाई राज्यले जग्गा प्रदान गर्ने प्रक्रिया सुरु गरेको जानकारी गराउँदै राजाको सम्पत्तिलाई पनि हदबन्दीको दायरामा ल्याउने बताउनुभयो ।

Filed under: भिडियो

October 25, 2006

अमेरिकामा याक्थुङ चुम्लुङको तिहार

Filed under: अन्‍य

एचकेनेपाल डट कम,

deu kumar subbaअमेरिकामा रहेका नेपालीहरुले आफ्ना संस्कृति र परम्परालाई अनुसरण गर्दै तिहार मनाए। विदेशी भूमिमा तिहार मनाउंदै नेपाली माया र शुभकामना एक अर्कासंग साटासाट गरे। यो अवसरलाई जुटाएको थियो किरात याक्थुम चुम्लुङले। उनीहरुले त्यतिखेर साँचो नेपाली हुनुको अनुभव गरे। लक्ष्मी पूजाको आराधना र दीप -बत्ती जलाई कार्यक्रम शुरु भयो। संस्थाका महासचिव दिपेश लिम्बुले स्वागत मन्तव्य र अध्यक्ष श्याम सुब्बा मेन्याङबोले धन्यवाद मन्तव्य प्रकट गरे। द्यौसी गीत लगभग १ घण्टा जारी रहृयो। सचिव नगेन्द्र इङगनामद्वारा औपचारिक कार्यक्रम अन्त्यको घोषणासंगै डिजे र डान्सको शुरुआत भएको थियो।

  • नेपाली म्यूजिक भिडियो

  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

    Number of online users in last 3 minutes
    eXTReMe Tracker