दु:ख को कुरा
बिजाया दसमी तथा दिपावलीको उपलक्ष्यामा खुशिको कुरा लिएर आउनु पर्नेमा
दु:खको कुरापो समावेस गर्न लागि रहेछु । कुरा के भने कोरियामा बस्ने समपूर्ण
नेपाली दाजु भाई दिदी बहिनीहरु सित आन्याङ स्थित प्रवासी मजदूर ग्रिहको
पासमा नेपालको सम्झना गर्दै रमाईलो गरि रहेको समयमा अचनाक मेरो मोबाईलमा
ईन्टरनेस्नल फोन आयो र मैले सोचे दसैको बेलामा मलाई कसले सम्झेर फोन गरेछ ।
भनेर खुशि हुदै उठाएको त सोच्नै नसोचेको कुरा पो सुन्न प-यो । तिम्रो बहिनीत
धरान बि पी मेमोरियल हस्पिटलको आईसियुमा पो छ , ल म छक्कपरे बिश्वासनै
लागेन किनकी अघिल्लो दिन फोनमा कुरा गरेको सबै आराम कुसलै छौ ।
दाजु कहिले नेपाल आउने ? भन्दै सोधेको मान्छे होस्पिटलमा र मैले तु फोन गरेको
काका संग कन्ट्याक भएको थियो । अहिले त अलिठिक छ भन्नु हुन्थ्यो ।
दिउसो भर साथीहरुले रमाईलो गरे म भने दु;खि मन लिएर ईश्वरलाई जप्दैहिडे
त्यतिकैमा प्रोग्राम सिद्वियो कोठामा आएर फोन गरेको त ल बहिनी त एपन्डाइजको
कारण सिद्विनु भयो पो भन्छ। अब भयो आफ्नो प्राण भन्दा प्यारी बहिनीको खबर
भर्खर २६ बर्षमात्र पुग्दै गरेको (हिमा सुब्बा ) कालले को बुढो को कलीलो के दशै
के तिहार नभन्दो रहेछ । बिदेसमा रहने साथीहरु कतिको त मेरो जस्तै दु:ख पिडा
होला जस्तो लाग्छ । आसु सोक सुर्ता चिन्ताका कारण बल्ग अपडेट गर्न सकिन मेरो
जस्तो दु:खी खबर कसैको नहोस भन्ने कामना प्रकट गर्दछु ।



Dai, Tapaiko dukhma ma
dherai dukhi chhu.
Ishwor, tapai ra pariwar lai dhairya garne sakti
milos.
Surendra.
Comment by koreanp — October 3, 2006 @ 3:16 pm