यहाँहरुलाई koreanp.blogsome तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । kanchha73@yahoo.com ब्‍लगर (डम्बर सुब्बा) द.कोरिया ,देउ कुमार सुब्बा (नेपाल)।

korea

nepal jhanda

October 14, 2006

कोरियामा धरपकड बडदो

यसोदा पाण्डे सिउल कोरिया

कोरियाबाट २००७ सम्ममा १ लाख गैरकानूनी विदेशी मजदूरहरुलाई आफ्नो देश फर्काउने 
कार्यक्रम रहेको सिउल इमिग्रेसनले प्रकासन गरेको छ।
द.कोरियामा हाल गैरकानूनी रुपमा ३ लाखको हाराहारीमा विदेशी कामदार रहेको थाहा 
थाहा भएको छ । सबै भन्दा वढी चिनीयाँ छन भने सबै कममा पूर्विटिमोरीहरु रहेका छन ।
नेपालीहरु भर्खरैको इर्मिग्रेसन अडकल अनुसार ४३२७ गैरकानूनी रुपमा वस्तै आएको जानाकारी
हुन आएको छ । राप्ती मञ्चले दिएको जानकारी अनुसार इर्मिग्रेसनले प्रतेक सोमवार सार्वजानिक
स्थानमा धरपकड गर्ने र कम्पनीमा भने वुधवारमात्र छडके धरपकड हुने जानकारी आएको छ ।
अगाडीनै कम्पनीलाई जानकारी दिएर मात्र  इर्मिग्रेसन आउने तर समय भने नतोकीने यदी जानकारी
पाएर चुक्ली लगाएमा जानकारी नदिइ कडाईका साथ आउन सक्ने कानूनी प्रावधान रहेको छ ।

                यदि कोही स्वेच्छिक रुपमा आफ्नो देश फर्कन चाहेमा तीन बर्ष पछी कोरिया
प्रवेशको लागी अनुमती दिईने छ 
। यदी इर्मिग्रेसनको धरपकडमा परी समातिएर जानेहरुलाई
भने त्यस्तो सुविधाबाट वन्चित गरिने कुरा जानकारी हुन आएको छ । हाल कोरियाली प्रायद्रिपमा
आएको तनावको कारण आर्थिक घाटा बढदो छ । अप्रवासीहरु पनि ठूलो संख्यामा वेरोजगारी रहेको 
थाहा हुन आएको छ । एम्नेष्टीले दिएको तथ्याङ अनुसार विश्वकै बढी श्रम शोषण गर्ने देशको रुपमा 
कोरिया अग्रपंतिमा छ । विशेष गरी काम लगाई दिने निहुमा अग्रिम पैसा लिएर ठगी गर्ने काम 
संस्थागत रुपमै मौलाएको पाईन्छ । काम गरेको ठाँउबाट पैसा नदिने उल्टो कम्पनीबाट निकालीदिने 
गरिन्छ । सरकारबाट त्यस्ता ठगहरुलाई कारबाही गर्ने कुनै सदायसता छैन । आगमी राष्टसंघको 
महाँ सचिव कोरियाली विदेश मन्त्री वान की मुन हुने निश्चित भए पछि आगमी दिनहरुमा आप्रवासीहरुको
समस्यालाई केहि हदसम्म समाधानको बाटो तिर उन्मुख गराउने कुरामा अन्तराष्टिय जगतले आशा राखेको
छ । भर्खरै उइजम्बुबाट शोभा वुढा मगर लगायत तीन नेपाली पक्राउ परेको जानकारी आएको छ । भने 
थेजनबाट २ जना ओसानबाट १ जान पक्राउ परेका छन । 
                को कहिले कहाँबाट पक्राउ परेको आंकडा इर्मिग्रेसनले नदिने हुनाले संख्यात्मक रुपमा थाहा 
पाउन गाह्रो छ । यदि कुनै नेपाली दाजु भाई दिदी बहिनी समातिएको थाहा भएमा र विविध सहयोगको 
आवश्यकता परेमा राप्ती मञ्च कोरियालाई सम्पर्क गर्नु होला ।
सम्पर्क न: सिउल,ख्यङगी,थेजन,छनान, को लागी राजीव ०११९६९०९७१२
            थेगु टोप बहादुर ०११९६९९७८०२  पुसान उद्वव ०१०८६८१८७१०
            उइजम्बु इश्वर के शी ०१०५५०९५०७५ मा सम्पर्क गर्नुहोला 
थप जानकारी को लागी हाम्रो ईमेल crefiadenepal@yahoo.com मा पनि 
सम्पर्क गर्न सक्नु हुनेछ ।
 

1 Comment »

The URI to TrackBack this entry is: http://koreanp.blogsome.com/2006/10/14/p-338/trackback/

  1. sarba pratham ta koreanp.blogsome.com SANCHALAK JIULAI DHANNEBATH.YASTAI KISIMKO SAMACHARHARU KHOJ TALAS GARI HAMI PRABHASI LAI PASKI DINU BHAYEKOMA MA KUL BAHADUR RAI BATA SADAR AABHAR PRAKAT GARDACHU ANI TAPAIKO SUKHA SANTIKO KAMANA.

    Comment by Kul Baha dur Rai — October 15, 2006 @ 5:45 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

  • नेपाली म्यूजिक भिडियो

    lamp
  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

    Number of online users in last 3 minutes
    eXTReMe Tracker