यहाँहरुलाई koreanp.blogsome तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । koreanpblog@yahoo.com ब्‍लगर (डम्बर सुब्बा) द.कोरिया ,देउ कुमार सुब्बा (नेपाल)।

korea

nepal

November 27, 2006

पत्रकार संघ दक्षिण कोरियामा पूर्णता, शान्ति सम्झौता अक्षरशः कार्यान्वयन गर्न माग

Filed under: अन्‍य

उत्तम गुरुङ
दक्षिण कोरिया

नेपाली प्रवासी पत्रकार संघ दक्षिण कोरियाका सभापति डम्बर सुब्बाको सभापतित्वमा शनिबार कोरियाको राजधानी सिउलमा बसेको तेस्रो पूर्ण बैठकले कार्य समितिलाई पूर्णता दिंदै देशमा हालै सम्पन्न ऐतिहासिक शान्ति सम्झौताको अक्षरशः कार्यान्वयन गर्न माग गर्ने निर्णय गरेको छ। नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बनेपामा महासंघका अध्यक्ष विष्णु निष्ठुरीको अध्यक्षतामा बसेको आठौं बैठकले नेपाली प्रवासी पत्रकार संघ दक्षिण कोरियालाई सम्पर्क समितिको मान्यतालाई अनुमोदन गरेकोमा बैठकले हार्दिक धन्यवाद दिंदै खुसियाली ब्यक्त गरेको छ । दक्षिण कोरियाको राजधानी सिउलस्थित हिमालयन रेष्टुरेण्टमा बसेको बैठकले नेपाली प्रवासी पत्रकार संघ दक्षिण कोरियालाई पूर्णतासमेत दिएको छ । उक्त बैठकले फोटो पत्रकार उत्तम गुरुङलाई संघको उपाध्यक्षमा निर्विरोध चयन गरेको छ भने अन्य दुई सदस्यमा राप्के लामा र पुरु जोशीलाई चयन गरेको छ । यसैगरी उक्त बैठकले सल्लाहकारहरुमा एनआरएन-आइसीसीका केन्द्रीय प्रतिनिधि रुद्र शर्मा, नेपाल बौद्ध परिवार तथा नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका उपाध्यक्ष नरेन्द्र गुरुङ र नेपाली सम्पर्क समिति दक्षिण कोरियाका सहसचिव सुरेश कुमार लिम्बूलाई चयन गरेको छ । यस्तै उक्त बैठकले केही दिन अगाडि सरकार र माओवादीबीच भएको ऐतिहासिक शान्ति सम्झौता अक्षरशः लागू गर्न आग्रह गरेको छ । उक्त बैठकपछि संघका सचिव भूपेन्द्र आचार्यद्वारा जारी विज्ञप्ति अनुसार शान्ति सम्झौतालाई सम्झौतामा मात्र सीमित नगरी कार्यान्वयन गर्ने तर्फ सबै तहबाट ध्यान केन्द्रित गरी आम नेपालीको वास्तविक स्थायी शान्तिको चाहना पूरा हुने त्यसतर्फ लाग्नुपर्छ भनिएको छ । साथै स्थायी शान्ति बहालीसँगै पूर्ण प्रेस स्वतन्त्रता, मानव अधिकार र जनताका अधिकारलाई स्थापित गर्ने, संविधानसभामार्फत लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कार्यमा आगामी दिनमा पनि निरन्तर क्रियायाशील रहने प्रतिबद्धता बैठकमा पारित गरेको छ।

November 24, 2006

साँस्कृतिक कार्यक्रम

Filed under: सुचना

नेपाल-कोरिया साँस्कृतिक मञ्चले नयाँ वर्षको उपल्क्षयमा यहि वर्षको अन्तिम दिन अर्थात 31 December का दिन नेपालका ख्याति प्राप्त कलाकारहरुको साथमा कोरियाको तोङदेमुनको छोङरो खुमिन ह्‍वेग्वान हलमा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। कार्यक्रमको विस्तृत जानकारीको लागी फोटोमा क्लिक गर्नुहोस् ।

Culture Programmee 

November 20, 2006

पत्रकार महासंघ गणतन्त्रका पक्षमा

Filed under: अन्‍य
काठमाडौं, मंसिर ३ - नेपाल पत्रकार महासंघले मुलुकलाई लोकतान्त्रिक गणतन्त्रको दिशामा अग्रसर गराउन क्रियाशील रहने निर्णय गरेको छ ।

केन्द्रीय कार्यसमितिको आठौं बैठकले शनिबार प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति, नागरिक अधिकारको स्थापना एवं जनताको वास्तविक सर्वोच्चता स्थापनाका लागि उक्त निर्णय गरेको हो ।

‘जनआन्दोलनका क्रममा व्यक्त जनताको धारणालाई संस्थागत गर्न यो निर्णय गरेका हौं,’ महासंघका सभापति विष्णु निष्ठुरीले भने- ‘लोकतान्त्रिक गणतन्त्रका पक्षमा निर्णय गर्न दलहरूलाई यसले सन्देश दिनेछ ।’ यो निर्णयलाई अनुमोदनका लागि साधारणसभामा पेस गर्ने बैठकपछि आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । साधारण सभा पुस ६ र ७ गते महेन्द्रनगरमा गर्ने महासंघले निर्णय गरेको छ ।

बैठकले आठ राजनीतिक दलबीचको सहमतिको स्वागत गर्दै निर्धारित समयसीमाभित्र सबै काम सम्पन्न गर्न र ती प्रक्रियामा प्रेस स्वतन्त्रताका मुद्दालाई प्रमुखताका साथ सम्बोधन गर्न आह्वान गरेको छ ।

श्रमजीवी पत्रकारहरूको पुनःबहाली, तलब सुविधाको नियमित भुक्तानी, नियुक्ति र स्थायी प्रक्रियालगायत पेसागत सुरक्षामा सरकार र सञ्चार माध्यम व्यवस्थापनबाट यथेष्ट गम्भीरता प्रकट नभएकोमा बैठकले गम्भीर असन्तोष व्यक्त गरेको थियो । ‘श्रमजीवी पत्रकारको विषयसहित २६ बुँदे अवधारणामा महासंघ र सञ्चार मन्त्रालयबीच भएको सहमति मंसिर मसान्तभित्र पूरा गर्न बैठकले सरकारको ध्यानाकर्षण गरेको छ,’ महासचिव महेन्द्र बिष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सूचनाको हकसम्बन्धी कानुन, श्रमजीवी पत्रकारसम्बन्धी ऐन-नियम परिमार्जनसहित जारी गर्न, सन्तुलित विज्ञापन नीति एवं प्रेस स्वतन्त्रता र साना लगानी तथा स्थानीय सञ्चारमाध्यमलाई प्रवर्द्घन गर्ने अन्य कानुनी र व्यावहारिक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । अन्तरिम संविधानको मस्यौदामा प्रेस स्वतन्त्रता र सूचनाको हकसम्बन्धी व्यवस्था अपूर्ण रहेको उल्लेख गर्दै पत्रपत्रिकाको दर्ता खारेज नगरिने व्यवस्थासहित महासंघले प्रस्तुत गरेका सुझावबमोजिम सुधार गरी पूर्णता दिन आग्रह गरेको छ ।

महासंघको विधान संशोधन मस्यौदा समितिले पेस गरेको प्रस्ताव बैठकले अनुमोदन गरेको छ । यसलाई साधारणसभाले पास गरे समावेशी स्वरूपको संगठनको संरचना हुने महासंघले निर्णय गरेको छ । महासंघले १ सय २७ जनालाई नयाँ सदस्यता दियो ।

योसहित महासंघको सदस्य संख्या ५ हजार २ सय ८३ पुगेको छ । पर्वत र म्याग्दी शाखालाई स्वीकृति दिएको छ । डोल्पा, स्याङ्जा, बझाङ र म्याग्दीलाई तयारी शाखा एवं दक्षिण कोरिया र युरोपमा नयाँ सम्पर्क शाखाको रूपमा स्वीकृति दिएको छ ।

यसैबीच वरिष्ठ पत्रकार गोविन्द वियोगीलाई राष्ट्रले कदर गर्नुपर्ने र पहिलो वाषिर्क पुण्यतिथिका अवसरमा हुलाक टिकट प्रकाशन गर्न माग गरेको छ ।

हेलिकप्टर दुर्घटनामा परी निधन भएका नेपाल टेलिभिजनका पत्रकारहरू हेमराज भण्डारी र सुनिलकुमार सिंहप्रति शोक प्रस्ताव पारित गर्दै प्र्रत्येक परिवारलाई दस/दस हजार रुपैयाँ दिने निर्णयसमेत महासंघले गरेको छ । सञ्चारमाध्यमबाट निकालिएका रामप्रसाद दाहाल र प्रदीप घिमिरेको पुनःबहाली लागि सर्वोच्च अदालतले दिएको आदेशको पालना गर्न महासंघले माग गरेको छ ।

November 19, 2006

नेपाललाई इपीएस दिन कोरिया सरकार तयार, डिसेम्बरभित्रै तयारी पूरा गर्नुपर्ने

Filed under: अन्‍य
भूपेन्द्र आचार्य
दक्षिण कोरिया   नोभेम्बर, १७
 
 

दक्षिण कोरिया सरकारले जनवरी १, २००७ बाट नेपाललाई इपीएस (एम्लोइमेन्ट पर्मिट प्रणाली) दिने प्रायः निश्चित भएको छ । गत महिना नेपाल सरकारका मन्त्रिपरिषद्ले श्रम सचिव श्याम मैनालीको संयोजकत्वमा इपीएस तयारी समिति बनाएलगत्तै २००६ नोभेम्बर ६ दक्षिण कोरिया आउनु भएका श्रम सचिव मैनाली नोभेम्बर १४ देखि सात दिने भ्रमण पूरा गरी स्वदेश फर्कनु भएको छ ।

नेपालबाट इपीएस प्रणालीबाट कामदार लिए जे जस्तो अवस्था पूरा गर्न पानि तयार रहेको नेपाल सरकारले केही दिनभित्रै कोरियन सहायक मन्त्री किम स जोङलाई नेपाल आउन निमन्त्रणा दिने भएको छ । नेपाल सरकारका भौतिक योजना तथा निर्माणमन्त्री गोपालमान श्रेष्ठले २००७ नोभेम्बर १३ मा कोरियन श्रममन्त्री लि साङ सुलाई भेटी नेपाललाई श्रम स्रोत मुलुकमा लैजान आग्रह गर्नु भएको थियो ।

मुख्य रुपमा इपीएस मुद्दा लिएर कोरिया आउनु भएका श्रम सचिव श्याम मैनाली र कोरियन सहायक मन्त्री किम स जोङबीच १३ मा १ घण्टा कुराकानी भएको थियो । सो अवसरमा श्रम सचिव मैनालीले गत महिना नेपाल सरकारको मन्त्रिपरिषद्ले गरेको इपीएससम्बन्धी निर्णयको फाइल पेस गर्दै नेपाललाई यस पटक इपीएस प्रणालीमा थप्न आग्रह गर्नु भएको थियो । सो आग्रहको प्रतिउत्तरमा कोरियन सहायकमन्त्री किम स जोङले डिसेम्बरमा नेपालमा आफ्नो प्रतिनिधिमण्डल जाने यस भन्दा अगाडि नै नेपाल सरकारले सम्पूर्ण प्रक्रिया पूरा गरे नेपाल इपीएसमा पर्ने बताउनु भएको श्रम सचिव मैनालीले बताउनुभएको छ। श्रम सचिव मैनालीले सहायक मन्त्रीलाई भेट्नुअगाडि सत्तारुढ सांसदहरुलाई भेटी नेपाललाई इपीएसमा लैजान सहयोग गर्न आग्रह समेत गर्नु भएको थियो ।

नेपाल र्फकनुअगाडि श्रम सचिव मैनालीलाई के नेपालले यस पटक इपीएस पाउँदैछ त भनी गरेको प्रश्नमा उहाँले नेपाललाई इपीएस दिने ढोका मैले खुलाएको छु भन्नुभयो । कोरियन सहायकमन्त्रीको टोली नेपाल आएर सर्भे गरेपछि नेपालमै दुवै पक्षबीच हस्ताक्षर हुने सहायकमन्त्रीले मलाई बचन दिनु भएको छ उहाँको भनाइ थियो । सचिव मैनालीले सरकारले नै श्रमिक पठाउने सर्तमा स्वच्छ तरिकाबाट छिटो छरितो सस्तोमा पठाउने तयारी भए दिने बचन हामीले पाएका छौं भन्नुभयो ।

कोरियन सहायकमन्त्री किम स जोङ र श्रम सचिव मैनालीबीच भएको लामो वार्तामा नेपाल सरकारले कामदार पठाउँदा बढी रकम लिएको समयमा कामदार नपठाएको र पठाएका धेरै कामदार अवैधानिक भएर बसेको गुनासो राख्नु भएको थियो । के नेपालले इपीएस पाएमा यस्तो हुँदैन त ? भनी सोधिएको प्रश्नमा सचिव मैनालीले भन्नु भयो, नेपाल सरकारले कामदार पठाए यस्तो नहुने बचन मैले दिएको छु नेपाल सरकार त्यसको तयारीमा लाग्ने छ । उहाँले भन्नुभयो, हामीले डिसेम्बरको पहिलो हप्तामा तयारी पूरा गरेर इपीएस पाउने प्रायः निश्चित भएको छ । सचिव मैनालीले अब इपीएसका लागि ढोका खुला भएको बताउँदै बन्द गर्ने कि खुल्ला गर्ने भन्ने कुरा नेपाल सरकारको हातमा छ रहेको बताउनुभयो ।

November 17, 2006

८ वटा हात खुट्‌टा भएको बच्‍चाको जन्‍म

Filed under: अन्‍य

           

अफ्रिकाको खाचा बिउरी भन्‍ने एक गाउँमा ८ वटा हातखुटटा भएको बच्‍चाको जन्‍मले बिश्‍वलाई 
चकित बनाएको छ । सो बच्‍चाको ४ वटा हात र ४ वटा खुट्‌टा भएको बताएको छ । हालमा सो
बच्‍चाको रेखदेख अन्‍तराष्‍िट्रय शिशु स्‍याहार केन्‍द्र द्धारा भई रहेको बताएको छ । बच्‍चा बाँच्‍न सक्‍छ
या सक्‍दैन भन्‍ने बारे अनुशन्‍धान भई रहेको छ । 

महासंघद्वारा लैंगिक समानता बडापत्र अनुमोदन

Filed under: अन्‍य

कान्तिपुर संवाददाता काठमाडौं, कार्तिक ३० - नेपाल पत्रकार महासंघले ‘सञ्चार र पत्रकारितामा महिला समानतासम्बन्धी बडापत्र’ बिहीबार अनुमोदन गरेको छ । अन्तर्राष्ट्रिय पत्रकार महासंघ -आईएफजे) र महासंघद्वारा आयोजित दुईदिने ‘लैंगिक समानतासम्बन्धी सञ्चार सम्मेलन’ का सहभागीले बडापत्र तयार गरेका हुन् । पाँचबुँदे बडापत्रमा संसदको घोषणाअनुरूप सबै तहमा कम्तीमा ३३ प्रतिशत महिला पत्रकार हुनुपर्ने, नियुक्ति, भर्ना तलब, भत्ता तथा सुविधामा विभेद हटाउनुपर्ने, शिशु स्याहार केन्द्र, छुट्टै शौचालयलगायत लैंगिक मैत्री वातावरण हुनुपर्ने उल्लेख छ । यस्तै, राजनीति, अर्थ, परराष्ट्रलगायत मूलधारका रिपोर्टिङमा पत्रकार महिलालाई संलग्न गराउनुपर्ने लगायत सुझाव बडापत्रमा छ । बडापत्रलाई अनुमोदन गर्दै महासंघका महासचिव महेन्द्र बिष्टले कार्यान्वयनामा आफूहरूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । महासंघमा पत्रकार महिलाको सहभागिता बढाउने तयारी भइरहेको जानकारी दिँदै उनले भने- ‘सञ्चार गृहमा महिला उपस्थिति बढाउन अभियान थाल्ने छौं ।’ महासंघले संशोधन गर्न लागेको विधानमा लैंगिक समानताका दृष्टिले थुप्रै परिवर्तन गर्न लागिएको उनले बताए । ‘प्रवेश विन्दुमा सकारात्मक व्यवस्था गर्ने, शाखा, पार्षद तथा केन्द्रीय कार्यसमितिमा पनि पत्रकार महिलाका लागि अनिवार्य उपस्थिति हुने व्यवस्था त्यसले गर्नेछ,’ उनले भने । महासंघका ५ हजार ३५ साधारण सदस्यमध्ये ४ सय ३० पत्रकार महिला छन् । यस्तै, ८ सय ५ केन्द्रीय प्रतिनिधि -पार्षद) मध्ये ३१ महिला रहेको बिष्टले बताए । केन्द्रीय कार्यसमितिमा निर्वाचित उम्मेदवारमा एक जना पनि महिला छैनन् । एक जनालाई मनोनीत गरिएको छ

November 15, 2006

सहयोगको आवहान

Filed under: अन्‍य

आगामी बर्ष सन २००७ मा प्रकाशन हुन गई रहेको कि.राई परिवारको मुखपत्र ’सुम्‍िनमा’का लागि 

सम्‍पुर्ण लेखकवर्गमा आफ्‍नो लेख , रचना र संघसंस्‍था तथा व्‍यापार,व्‍यवसायीहरूले शुभकामना तथा 

विज्ञापन दिई सहयोग गरी दिन हुन अनुरोध गर्दछौ ।
 
                                                                                  कि.राई परिवार द. कोरिया

 

 

November 6, 2006

सद्दाम हुसेनलाई मृत्‍यू दण्‍ड फैसला

Filed under: अन्‍य

 

हिजो ५ तारिखको दिन ईराकी अदालतले भूतपुर्व ईराकी राष्‍ट्रपति सद्दाम हुसेनलाई मृत्‍यू दण्‍डको 

सजाय सुनाएको छ्‍। ईराकी अदालतले भूतपुर्व राष्‍ट्रपति सद्दाम हुसेनलाई १९८२ मा तुजाईल गाउँका 

१४८ सियापा जातिको हत्‍या  तथा कठोर यातना दिएको पुष्‍िट गरेको छ्‍। 

सदाम हुसेनको शासनकालका अन्य नेताहरुमा  हत्‍या गर्ने आदेश दिने न्‍यायधिश आलबान्‍दार र गुप्‍चर 

बिभागका निर्देशक आलटिकरिटीलाई पनि मृत्‍यू दण्‍ड र उपराष्‍ट्रपति रामादानलाई आजीवनकारावास तथा 

अन्‍य ३ नेताहरूलाई १५ बर्ष जेल चलान सजायको फैसला सुनाएको छ्‍।

 यस फैसला संगै इराकमा हिंसा बढ्ने आशंका भएकोले सुरक्षा व्यवस्था कडा गरिएको छ ।

November 5, 2006

पत्रकार पाठकलाई हिरासतमा यातना, पत्रकार महासंघद्वारा आपत्ति

Filed under: अन्‍य

भूपेन्द्र आचार्य

नेपाल जापान डट कमका कोरिया प्रतिनिधि एवं अन्तर्राष्ट्रिय ऐक्यवद्धताका लागि नेपाली पत्रकार समूह दक्षिण कारियाका अध्यक्ष राजु पाठक प्रवासीले दक्षिण कोरियाको ह्वासङ स्थित जेलबाटै वक्तव्य जारी गर्दै आफूलाई त्यहाँ मानसिक यातना दिएको बताउनु भएको छ। पत्रकार पाठकद्वारा जारी वक्तव्यमा भनिएको छ, आफूलाई पत्रिकासम्बन्धी काममा जाँदै गर्दा इन्छनको बुफ्यङमा कोरिया सरकारले अमानवीय ढंगबाट पक्राउ गरी मानसिक यातना दिइरहेको छ । आफू सधैं प्रेस स्वतन्त्रताका लागि लडिरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमासमेत आफ्नै देशमा रहेर पनि यस घटनाविरुद्ध लड्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । नेपाल प्रवासी पत्रकार संघ जापानका केन्द्रीय सदस्य समेत रहनु भएका पत्रकार पाठकले दक्षिण कोरियामा नेपाली पत्रकारितालाई अन्त्य गर्न दक्षिण कोरिया सरकारले आफूलाई पहिलेदेखि नै निगरानी गरेको समेत खुलासा गर्नु भएको छ । उहाँले कोरियामा रहेका सम्पूर्ण संघसंस्थाहरुबीच ऐक्यबद्धताका साथ कोरिया सरकार र यसका मतियारहरुकाविरुद्ध लड्न आग्रह गर्नु भएको छ । वक्तव्यमा भनिएको छ, सम्पूर्ण पत्रकार सहयात्री साथीहरुले यसप्रकारको धरपकडबाट जोगिएर पत्रकारितालाई अझ सशक्त बनाउँदै लाने विश्वाससमेत पाठकले व्यक्त गर्नुभएको छ। यसैगरी नेपाल पत्रकार महासंघ नेपालका सभापति विष्णु निष्ठुरीले उक्त घटनाको घोर निन्दा र भर्त्सना गर्नु भएको छ । उहाँले नेपाल प्रवासी पत्रकार संघ कोरियाका महासचिव भूपेन्द्र आचार्यसँग टेलिफोन कुराकानीमा उक्त कुराको जानकारी गराउनुभएको हो । सभापति निष्ठुरीले उक्त घटनाबाट कोरियाको नेपाली पत्रकारितामाथि अपूरणीय क्षति भएको बताउँदै यसकाविरुद्ध कोरियामा रहेर पत्रकारिता गर्दै अन्य व्यक्ति र संस्थाहरु लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नु भएको छ, कोरिया सरकारले पत्रकारहरुको संरक्षण गर्नुको साटो दिन दहाडै पत्रकारितासम्बन्धी कार्य गर्न जाँदै गर्दा बाटोमा अवैधानिक ढंगबाट पत्रकार पाठक पक्राउलाई गरिनु कोरिया सरकारको नाङ्लो ठटाएर हात्ती तर्साउने खेल भए पनि यस घटनाले कोरियाको नेपाली पत्रकारिता अझ फस्टाउने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो ।

कोरिया सरकारले आफूलाई जेलभित्र मानसिक यातना दिइरहेको र अमानवीय तरिकाले जेल भित्र चिसो सिंडीमा राखेको समेत बताउनुभयो । उहाँले कोरिया सरकारविरुद्ध र आफ्नो पक्षमा सहानुभूति राखी प्रेस वक्तव्य दिने संघ संस्थाहरुका प्रतिनिधिहरुलाई धन्यवाद दिनु भएको छ । अन्त्यमा प्रवासी भूमिमा रहेर निरन्तर पत्रकारिता गर्ने संस्थाहरु ऐक्यबद्धता समूह अन्तर्राष्ट्रिय ऐक्यबद्धताका लागि पत्रकार समूह र नेपाली प्रवासी पत्रकार संघ दक्षिण कोरिया आफू अनुपस्थित रहेपनि अझै सशक्त भएर अगाडि बढ्ने छन् भन्ने कुरामा आफू पूर्ण रुपमा विश्वस्त रहेको कोरिया सरकारलाई जानकारी दिन्छु पाठकले आफ्नो वक्तव्यमा भन्नुभएको छ।

November 3, 2006

कोरियन एयरले नोभेम्बरबाट सिधा काठमाडौ उडान सेवा दिने

 
 
के.पी सिटौला
दक्षिण कोरिया  नोभेम्बर, ३
 
 

लामो द्वन्द्वपछि नेपालमा आएको राजनीतिक सुधारसँगसँगै आर्थिक, सामाजिक एवं पर्यटन व्यवसायमा पनि सुधारका संकेतहरु देखिइरहेका बेला दक्षिण कोरियाका राजधानी सिउल-काठमाडौ सिधा उठान गर्ने तयारी पुरा गरेको छ।

नेपालको रमणीय पर्वतीय क्षेत्र, कला, संस्कृति र प्राकृतिक दृष्यमा केही दिन मात्र भए पनि आनन्द लिन चाहने विदेशीहरुको यात्रा अलिकति भएपनि सजिलो पार्ने उद्देश्यले बोकेर दक्षिण कोरियाको सिउलबाट सिधै काठमाडौका लागि कोरिया एयरले हप्ताको हरेक सोमबार सिधा हवाई सेवा यहि नोभेम्बर १३ बाट सुरु गर्ने सबै प्रक्रिया पुरा गरेको बुझिएको छ। कोरियन एयरको यो प्रत्यक्ष उडान हाललाई फेब्रुअरी २६ सम्म १५ वटा उडान चार्टर भए पनि यसको सफलतालाई हेरेर नियमित उडान भर्ने योजना बनाएको बुझिएको छ।

स्मरणरहोस् अहिलेसम्म सिउलबाट नेपालका लागि नेपाल एयरलाइन्सले सांघाई, हङकङ र बैंककको ट्रान्जिट हुँदै र थाई एयरलाइन्सले बैंककमा आफ्नो सेवा दिदै आएका थिए । घटीमा चार घण्टादेखि बढी सत्र घण्टासम्म ट्रान्जिट बस्नुपर्ने ठुलो झन्झटबाट नेपाल घुम्न जाने कोरियन पर्यटक, व्यापारी, विद्यार्थी र कोरियामा विभिन्न सिलसिलामा आउने जाने सबैका लागि कोरियन एयरको यो सेवाले हषिर्त तुल्याएको बताइन्छ ।

सन् १९८० को दशकबाट तीब्र गतिमा आर्थिक उन्नति गर्दै गएको कोरियाले सन् १०९८ को मुद्रास्फिर्तीको सामना गरे पनि हप्तामा ५ दिन मात्र कार्यालयीय कार्य हुँदाहुँदा विगत छोटो समयमै विदेश भ्रमण गर्नेको संख्यामा निकै नै वृद्धि भएको छ। लगभग ५ करोड जनसंख्या भएको कोरियाबाट २००५ को अभिलेखअनुसार वार्षिक १ करोडको संख्यामा पर्यटकीय उद्देश्यले बाहिर जाने गरेका छन् । यो प्रतिशतका आधारमा गत ५ वर्षमा दोब्बर वृद्धि भएको देखिन्छ ।

स्मरणरहोस्, वार्षिक नेपाल घुम्न जाने कोरियनको संख्या १४ हजार नाघेको छ भने कोरियामा बसोबास गर्ने नेपालीहरु पनि करिब ६ हजार जतिको संख्यामा छन् । 

यस प्लेनमा म ब्लगर आफै पनि जाने भएकोले खुशी छु। र कस्तो अनुभव हुन्छ .
म फोटो भिडियो पनि नेपालबाट अपडेट गर्ने छु ।

  • नेपाली म्यूजिक भिडियो

  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

    Number of online users in last 3 minutes
    eXTReMe Tracker