यहाँहरुलाई koreanp.blogsome तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । koreanpblog@yahoo.com ब्‍लगर (डम्बर सुब्बा) द.कोरिया ,देउ कुमार सुब्बा (नेपाल)।

korea

nepal

December 30, 2006

सद्दाम हुसैनलाई फाँसीको सजाय दिईयो

Filed under: अन्‍य

                                   

डिसेम्‍बर ३० तारिख बिहान ईराकी समय ६ बजे ईराकी पूर्व राष्‍ट्रपति सद्दाम हुसेनलाई बागदादको एक अज्ञात स्‍थानमा फाँसीको सजाय दिएको ईराकी समाचारले जनाएको छ । फाँसी दिने बेलामा एक डाक्‍टर,एक वकिल,केही सुरक्षाकर्मी पदाधिकारी प्रत्‍यक्षदर्शी रहेको बताएको छ । युरोप तथा अरब राष्‍ट्रहरूको बिरोधको बावजुद पनि सजायलाई झन छिटो कार्यन्‍यवन गरिएको थियो ।

December 28, 2006

U.S.-India nuclear ties

Filed under: अन्‍य

During his visit to India earlier this year, President Bush and Indian Prime Minister Manmohan Singh established a framework for closer U.S.-India ties, a centerpiece of which — a civilian nuclear accord — received congressional approval on Dec. 9 and was signed by Mr. Bush on Monday. The deal on the whole is meritorious in its own right, but it is also a building block of what is becoming an increasingly important relationship for the United States. In economic terms, the Indian juggernaut has shown great resilience, with annual growth around 8-9 percent. Politically, Indian officials understand the value of democratic governance, and India has already shown itself as a force for promoting democracy in its small, politically unstable neighbor Nepal.

Although India has not yet achieved the status of a world power, its potential reaches beyond South Asian hegemony. Because of its location, India can be a key player in terms of its strategic and economic importance to both the Middle East and Southeast Asia. As the world’s largest democracy, and with a foundation of shared values with the United States, India’s leadership in both regions makes it an important ally.

Standing animosity between India and Pakistan makes it difficult to embrace one without alienating the other, but the Bush administration has managed the feat of strengthening relations with both simultaneously. India shares a strong interest in the stability of Afghanistan and neighboring Pakistan, a region that is still a hotbed of Islamist extremism.

This burgeoning influence will reach increasingly into Asia as well. Close ties with India, as well as Japan, may help at least hedge against, if not contain, a rising China. The United States faces the challenge of a changing geopolitical dynamic marked by Chinese military rivalry in the Pacific — and China’s “string of pearls” strategy of increased presence along the sea lanes to the Middle East and Africa. India sees China as a long-term rival, and perhaps because of that it also sees Japan as an increasingly important and increasingly natural ally. A strong alliance between New Delhi, Tokyo and Washington may be essential to maintaining a balance of power in the Pacific that is to America’s liking. It’s clearly in U.S. interests to see India continue to develop as both a strategic and an economic power, and the signing of the nuclear cooperation accord is a good effort to facilitate that growth.

December 27, 2006

अमेरिकी भूतपूर्व राष्‍ट्रपति जेराल्‍ड फोर्डको निधन

Filed under: अन्‍य

                                     

अमेरिकी भूतपूर्व राष्‍ट्रपति जेराल्‍ड फोर्डको आज निधन भएको अमेरिकी समाचारपत्रले जनाएको छ । वहाँ हाल ९३ बर्षको हुनुहुन्‍थ्‍यो । जेराल्‍ड ई.स. १९७४ देखि १९७६ सम्‍म राष्‍ट्रपति रहेको थियो । अमेरिको नोब्रास्‍का जन्‍मीएका जेराल्‍ड एक मात्र यस्‍तो राष्‍ट्रपति हो जो बिना चुनाव नै राष्‍ट्रपति बनेका थिए । राष्‍ट्रपति जेराल्‍ड भितयतनामको लडाई र अमेरिका १९७२ को सुप्रसिद्घकाण्‍ड वाटरगेटसँग जोडिएको छ ।

नाईजिरीयामा एक तेल पाईपलाईनमा भएको विस्‍फोटनमा करिब २५० जनाको मृत्‍यु

Filed under: अन्‍य

                                        

नाईजिरीयाको शहर लागोसको एक तेल पाईपलाईनमा भएको विस्‍फोटनमा करिब २५० जनाको ज्‍यान गएको छ । सो तेल पाईपलाईन बाट सर्वसाधारणले तेल चोर्ने क्रममा अचनाक विस्‍फोटन भएको बताएको छ । विस्‍फोटनको साथ साथै भएको आगलागीले कयौ घरबार नष्‍ट भएको थाहा भएको छ ।

हालमा आगो निभाउन सफल भएतापनि रापको कारण उद्धार कार्यमा वाधा भई रहेको नाईजिरीया रेडक्रसका

महासचिव बताउछन ।

नेपालगन्जमा कर्फ्यु, एकको मृत्यु

Filed under: अन्‍य

                                       

मध्य पश्चिमको नेपालगन्ज शहरमा मंगलवार स्थानीय प्रशासनले लगाएको कर्फ्युका बीच एकजनाको ज्यान गएको छ। सत्तारुढ गठबन्धनको एक घटक नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) ले आह्वान गरेको मधेस बन्दका क्रममा सोमवार भएको तोडफोडपछि तनाव बढ्न जांदा स्थानीय प्रशासनले कर्फ्यु घोषणा गरेको थियो। स्थानीय प्रशासनले मंगलवार विहान साढे एघार बजेदेखि दिउंसो पांच बजेसम्म जारी गरेको कर्फ्युलाई फेरि अनिश्चितकालका लागि लम्ब्याएको छ। 

 उनीहरुले कर्फ्यु आदेशको अवज्ञा गर्दै ढुंगा, लाठी र धारिला हतियारले पसल र होटेलहरुमा आक्रमण गरेका थिए। प्रहरीले उत्तेजित भीडलाई नियन्त्रणमा लिन पटक पटक लाठी, अश्रु ग्यांस र हवाइफायर समेत गरेको थियो। मंगलवार नै विराटनगरमा पत्रकारहरुसंग कुराकानी गर्दै गृह मन्त्री कृष्णप्रसाद सिटौलाले नेपालगन्जमा अराजक गतिविधि उठाउने नियोजित षडयन्त्र भएको आफुलाई लागेको बताए।

मन्त्री सिटौलाले शान्ति व्यवस्था कायम राख्‍नका लागि सरकारले प्रहरी प्रशासनलाई निर्देशन दिएको बताए। नेपालगन्जमा स्थिति सामान्य तुल्याउन सघाउन बुधबार सर्वपक्षीय शान्ति -याली आयोजना गर्ने तैयारी भैरहेको छ।

December 25, 2006

हामी नेपाली (गीत)

Filed under: अन्‍य

           रचना: डम्‍बर सुब्‍बा

हिमालयको काखमा
सगरमाथाको टोपी लगाएर
जन्मेको हामी नेपाली
डांडा कांडा खोला नालासंग 
लुकामारी खेल्दै
प्रकृतीको पोशाक लगाएर
हुर्किएको हामी नेपाली
विभिन्न भाषा संस्कृतीले भरीएको
चार जात छत्तिस बर्णको मालामा 
गांसिएको हामी नेपाली
शान्तीको नारा लगाउंछौ
शान्तीको आवहान गर्देछौ
सम्पूर्ण हामी नेपाली 

December 22, 2006

हे फुल चुडेर लाने हो, यहाँ माली रोएको देख्‍यौ कि?

Filed under: अन्‍य

                                 

देबेन्द्र भट्टराई-गिरिश गिरी/ तस्बिरः राजेश के.सी.

आफैंमा छन्द कविजस्ता लाग्ने गायक कुमार सुब्बा अर्का कवि अगमसिंह गिरीलाई उद्धृत गर्दै सुनाइरहेका थिए । प्रसङ्ग थियो, नेपाल र नेपाली मायामोहको । ‘हत्तेरी हो भाइ’, साना चिम्सा आँखा बिस्तारित गर्दै आठ वर्षछि दार्जिलिङबाट काठमाडौं उत्रेका कुमार सुब्बा भन्दै थिए, ‘म नेपालको ऋण भारले यत्ति थिचिएको छु कि म त्यो भार यो जुनीमा चुकाउन सक्दिन होला ।’ कुमारले भने, ‘रेडियो (नेपाल) ले मलाई उपयुक्त ठाउँ दियो, म कुमार सुब्बा भनेर चिनिन सकें । ‘साना काँटका दाजुभाइजस्ता लाग्ने कर्म योञ्जन र कुमार सुब्बा शनिबार एकैसाथ पुल्चोकमा भेटिए । ‘अब हाम्रो जोडी नेपालयको पलेंटीमा बस्नेछ,’ हषिर्त स्वरमा भन्दै थिए कर्म, ‘यो पनि संयोग र अवसर दुवै हो । ‘यसअघि दार्जिलिङमा एकल गायन कार्यक्रम गरिसकेका कुमारको नाम एकैसाथ कर्म योञ्जन र मनबहादुर मुखियासँग पनि जोडिने गरेको छ ।

‘हो त नि, म ०२८ सालमा काठमाडौं आउँदा हाम्रो ‘अनि देउराली रुन्छ’ नाटकका गीतसंगीत चल्तीमा थिए । म त्यसबेला काठमाडौंको टोलटोलमा गाउँदै हिँडेको थिएँ,’ कुमारले पुराना दिन सम्झे । उमेरमा ५० बर्ष धेरैअघि नाघेर पनि काममा बुढ्यौली अनुभव गरिरहेका छैनन् कुमार । ‘पहिला कर्म-गोपालको जोडी थियो’, सँगै बसिरहेका कर्म योञ्जन भन्दै थिए, ‘अहिले कर्म-कुमारको जोडी बनेको छ ।

मेरो स्वरमा झुपडी र दरवारको कथा

सुनाइ हिड्छुँ लर्डाईं र पीरतीको व्यथा

फूल रोए शित हुन्छ, मैले रोए गीत

खुकुरीको खिया मात्र नेपालीको जीत’

रेडियो नेपालबाट हजारौं पटक बजेको एउटा गीतमा सेन्सर गरिएको यो माथिल्लो अन्तरा कहिल्यै सुनिएको थिएन । अविष्मरणीय गीत ‘सारंगीको तारले मेरो मनको गीत गाउँछ’ ले सायद पहिलो पटक नेपाली भूमीमा यसपाली मात्र पूर्णता पायो ।’मुनामदन’देखि ‘मालती मंगले’सम्मका गीति नाटक आफैंमा चर्चित भए । तर आजसम्म रङ्गमञ्च बाहिर पनि तिनका गीतले बेग्लै पहिचान बनाएको यो जस्तो इतिहास अरु कसैको छैन । सत्तरीको दशक ताका नाटक बोकेर दार्जिलिङबाट नेपाल आएका मनबहादुर मुखियाको ‘अनि देउराली रुन्छ’ का ‘सारंगी’ बाहेक पनि ‘ए फूल चुँडेर लाने हो, यहाँ माली रोएको देख्यौ कि’ देखि ‘देउरालीका ठिटी हो नक्कल पार्नु पर्दैन’ सम्मका गीत सुनेर हामीकहाँ एउटा सिंगो पुस्ता हुर्किएको छ ।कार्यक्रम तिनै पुराना दिनको सेरोफेरोलाइ फेरी उप्काउँदै अघि बढेको थियो ।

यस्तैमा कुमारले ‘सारंगी’ गाइसकेपछि संसदबाट ओर्लिएर नेपालयको ‘आर शाला’ पुगेका रघुजी पन्तले औंलो ठड्याउँदै नियमापत्ति गरे । ‘यो गीतमा उतिबेला एउटा अन्तरा नै सेन्सर गरिएको थियो’ सांसद पन्त सोधिरहेका थिए,’अहिले किन त्यो अन्तरा सुनाइएन ?’ सुब्बाले दोहोर्‍याएर यो अन्तरा थप्दै गीत सुनाएपछि हल लामो समयसम्म तालीले गुञ्जिएको थियो । चाल पाउने कोहि होलान् भन्ने लागेकै थिएन’ यथावत गाउने निर्णय भएको सुनाउँदै कुमारले भनेका थिए,’ यि कुराहरु छुट्दा गीतको भाव मरेको थियो ।’अन्त्यमा यहि गीत तेश्रो पटक पनि कुमारले गाइदिनु पर्‍यो । अनि त्यसैको आवेशमा वरिष्ठ पत्रकार कनकमणि दीक्षित कार्यक्रम सकिएपछि सांसद पन्तलाइ कुमार र कर्मका छेउमा लगेर फोटो खिंचाउँदै थिए ।’धेरै समय बाद मैले हुबहु गाउन पाएँ’ लजाएर मुस्काउँदा मुस्काउँदै बुढेसकालको छेउ तिर पुगेका कुमार आँखा चिम्सो पार्दै भनिरहेका थिए,’ अलग पारिएको अंश जोड्न लगाएकोमा धन्यवाद ।

December 21, 2006

संगठनात्मक संरचनामा परिवर्तन गर्ने माओवादी निर्णय

Filed under: अन्‍य

माओवादीको बुधबार सम्पन्न केन्द्रीय समितिकोबैठकले आफ्नो संगठनात्मक ढाँचामा परिवर्तन गर्ने निर्णयगरेको माओवादी नेताहरूले जनाएका छन्। त्यस्तो परिवर्तनको प्रस्ताव सो बैठकमा सर्वसम्मतद्वारा पारित माओवादी अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको बताइएको छ। सो निर्णयबारे माओवादी नेता चन्द्रप्रकाश गजुरेलले भने, "हाम्रो संगठन युद्धको स्थितिलाई ध्यानमा राखेर बनाइएको थियो र त्यसले चुनावको अभिभारा पुरा गर्न सक्तैन, त्यसैले केही हेरफेर गर्नु पर्ने निर्णय भएको छ।

" विभागीय जिम्मेवारी हालसालै भारतको कारावासबाट मुक्त गरिएका गजुरेललाई माओवादीको केन्द्रीय समितिको बैठकले पुन: विदेश विभागको जिम्मेवारी सुम्पिएको छ। उनीसितै भारतको एउटा जेलबाट मुक्त भएका अर्का माओवादी नेता मोहन बैद्यलाई अनुसन्धान विभागको जिम्मेवारी दिइएको छ।

सोमबारदेखि शुरू भएको केन्द्रीय समितिको बैठकले सात दलसित भएका सम्झौताहरू कार्यान्वयन गर्नेबारे जोड दिएको माओवादी नेता देब गुरूङले बीबीसी नेपाली सेवालाई बताए। उनले भने, "उहाँहरूले सहमति विपरित राजदूत नियुक्ति लगायतका जुन कामहरू गर्नु भएको छ, त्यसले उहाँहहरू कतै देशी विदेशी प्रतिगामी शक्तिहरूको षडयन्त्रमा फस्नु भएको त छैन भन्नेबारे पनि बैठकमा छलफल भएको थियो।" आफूलाई लागेको त्यस्ता शक्तिहरुमा दरबारीया, अमेरिकाको बुश प्रशासन र भारतका हिन्दुवादीहरू रहेको उनले बताए। केन्द्रीय समितिको बैठकका बारे विस्तृत जानकारी बिहिबार एउटा पत्रकार सम्मेलनमार्फत दिइने माओवादीहरूले जनाएका छन्।

December 18, 2006

द.कोरियामा विश्‍व प्रवासी दिवश भव्‍यताका साथ सम्‍पन्‍न

Filed under: अन्‍य

        

                                 फोटो : उत्तम गुरुङृ

गत १७ तारिखको दिन द.कोरियाको राजधानी सउल, हेवादोङृको मारुनी पार्कमा विशाल र्‍याली,नारा र साँस्‍कृतिक प्रर्दशनी गरेर विश्‍व प्रवाशी दिवश भव्‍यताको साथ सम्‍पन्‍न भएको थियो । प्रवाशी मजदूर यूनियन [ MTU ] तथा मानव अधिकारवादी संघ संस्‍था द्धारा आयोजित उक्त कार्यक्रममा नेपाल,बंगलादेश,श्रीलंका,ईण्‍डोनेशिया,फिलिपिन्‍स आदी लगायत अन्‍य राष्‍ट्रका ३०० भन्‍दा प्रवाशी मजदूरहरूको सहभागी रहेको थियो । द.कोरियामा ज्‍यान गुमाएका विभिन्‍न राष्‍ट्रका ज्ञात तथा अज्ञात व्‍यक्तीहरूको नाममा १ मिनट मौनधारण गरेर कायर्क्रम शुरु गरिएको थियो ।

 

                   

कार्यक्रम शुरु गर्न भन्‍दा केही समय अघि गत डिसेम्‍बर ११ तारिखको दिन प्रवाशी मजदूर यूनियन अवैधानिक भन्‍दै सो प्रवाशी मजदूर यूनियन क्‍योडङृगी मध्‍य शाखा अध्‍यक्ष मुहमद जामानलाई निशाना बनाएर पक्राउ गर्नु कानुन विपरित हो भन्‍दै विरोधका नाराको साथै तुरुन्‍त रिहाको माग गरेको थियो । उक्त कायर्क्रममा डेमोक्रेटिक लेबर पार्टीको सांसद तान ब्‍यङृ होले ’ अमानविय धरपकड तत्काल बन्द गर्ने माग गर्दे प्रवाशी मजदूरहरूको मानव अधिकार हनन्‌ भई रहेको र १२~१६ घण्‍टा काम गरेर पनि आफुले मजदूर भन्‍ने अधिकार पाएको छैन । यसलाई कानुनी रुपमा व्‍यवस्‍थीत गर्नु पर्छ ’ भन्‍नु भयो ।

दक्षिण कोरियामा लिम्बूहरुको पर्व चासोक तङ्नाम सम्पन्न

Filed under: अन्‍य

                                          

                                           फोटो: पदम लिङदेन/दक्षिण कोरिया

भूपेन्द्र आचार्य                          
दक्षिण कोरिया 

दक्षिण कोरियामा लिम्बू जातिको महान पर्व चासोक तङनाम (न्वागी पूजा) आइतबार दक्षिण कोरियास्थित आन्याङ्ग प्रवासी गृहमा सम्पन्न भएको छ । किरात याक्थुङ्ग समिति दक्षिण कोरियाका सभापति नारद लिम्बूको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा किरात राई परिवारका अध्यक्ष शम्भु राई, नेपाली जनसम्पर्क समितिका अध्यक्ष रतन सुब्बा, नेपाली सम्पर्क समितिका अध्यक्ष बम प्रसाद लावती, माइग्रेन्ट ट्रेड युनियनका उपाध्यक्ष काजीमान खापुङले लिम्बूहरुको कला र संस्कृति जोगाई राख्न र विश्वसामू परिचय गराउन सबै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रम किरात याक्थुङ्ग समिति दक्षिण कोरियाका सदस्य राजु आङदेम्बेले सञ्चालन गर्नु भएको थियो भने स्वागत मन्तव्य तेज याक्सो (लिम्बु)ले गर्नु भएको थियो । उक्त पर्वमा लिम्बू परम्परा अनुसार (मुन्धुम) मन्त्र पढी याम सेर्माले पूजा गर्नु भएको थियो । स्मरणीय छ, दक्षिण कोरियामा १९९१ मा नेपाली प्रवेश गरे पनि यो पर्व पहिलो पटक मनाइएको थियो । यो पर्वलाई सरकारी विदाको रुपमा मंसिर पूर्णिमाको दिन दिइने गरिएको छ ।

  • नेपाली म्यूजिक भिडियो

  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

    Number of online users in last 3 minutes
    eXTReMe Tracker