यहाँहरुलाई koreanp.blogsome तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । koreanpblog@yahoo.com ब्‍लगर (डम्बर सुब्बा) द.कोरिया ,देउ कुमार सुब्बा (नेपाल)।

korea

nepal

January 30, 2007

Journalists attacked, threatened/FM stations vandalised

Filed under: अन्‍य

Bishnu P. Chhimeki


29 January 2007

Violent demonstrators of Madhesi People’s Rights Forum (MPRF) attacked journalists and media houses in Birgunj, mid-western city Sunday 28th January.

According to Kantipur, protesters, seeking out at every nook and cranny in the town, singled out and beat up several local journalists throughout the day. They started vandalizing local media houses later in the afternoon. Several journalists left town as MPRF cadres threatened media personnel. Journalists fled the town after the cadres announced a list of certain journalists against whom action would be taken. They were still hunting for some journalists including Post correspondents. Shyam Banjara of Narayani Today, Govinda Devkota of Narayni FMs and Gopal Devkota of Nepal Television are among those who received threats.

 A rally, defying curfew orders, vandalized local FM station Radio Birgunj and Parsa Chapter of the Federation of Nepalese Journalists (FNJ). Following the attack, the station’s broadcast was disrupted for some hours. A group of around 50 protesters stormed the station, and vandalized four motorcycles of the FM station, some equipment of BBC Radio Nepali Service and Communication Corner. The mob fled the scene after a team of Armed Police Force (APF) arrived. They then tried to attack Narayani FM station. But their move was foiled by security personnel.

Protesters had brutally beaten up photojournalist Ram Sarraf earlier in the morning. He is receiving treatment at Narayani sub-regional hospital. Likewise, the group also beat up local journalists Dhruva Sah of Birgunj post daily and Bhuvan Jha. Protestor also vandalized Shah’s motorcycle. Protesting the attack against the media, the journalists in Birgunj have decided to stop publishing their daily newspapers from Tuesday. The meeting of the editors and publishers of seven daily newspapers that are published from Birgunj have demanded that the demonstrators must seek apology and provide compensation. Meanwhile, in Bara, journalists could not go outside to cover news and take photographs of demonstrations as protesters were hunting for some journalists to take action against them. Following the threats five journalists and human right activists were displaced from Bara since 28th January. In Rautahat, one demonstrator named Ram Krishna Gupta telephoned Kantipur reporter Shiva Puri on 28th January and threatened to take his life if news were not published in his favor. Demonstrators also hurled stone at Rautahat chapter of FNJ.

The Federation of Nepalese Journalists condemned the blatant attack against press freedom. FNJ stated that it is concerned and enraged by the incidents of the media and journalists being targeted of late in course of the ongoing agitation in the central and eastern Terai. FNJ also called the agitating parties to pay attention to the responsibility and the sensitivity of the media. It has urged government to ensure safety and security of the journalists.

January 29, 2007

रेमिटेन्सले धानेको नेपालको कमजोर राष्ट्रिय अर्थतन्त्र

Filed under: अन्‍य

नेपाल राष्ट्र बैंकले हालै र्सार्वजनिक गरेको एक तथ्यांक अनुसार २०६३ साल असार मसान्तसम्म नेपालको कुल बैदेशिक मुद्राको सञ्चिति अहिलेसम्मकै सबैभन्दा बढी १ खर्ब ६५ अर्ब रूपैयाँ रहन पुगेको छ। यो सञ्चिति अघिल्लो वर्षो तुलनामा झण्डै २७ प्रतिशतले वृद्धि भएको हो भने यसले नेपालको ११ महिनाको सम्पूर्ण आयातलाई धान्न सक्ने क्षमता राख्दछ। शाही शासनकालको बेलामा बढ्दो व्यापार घाटा, संकटग्रस्त पर्यटन उद्योग र बन्दप्राय बैदेशिक सहयोगलगायतले नेपाली अर्थतन्त्र धराशाही रहँदा पनि देशको बैदेशिक मुद्रा सञ्चितिमा वृद्धि हुनुको एक मात्र कारण थियो। बढ्दो व्रिप्रेषण (रेमिटेन्स)। राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षऔपचारिक माध्यमबाट नेपालको रेमिटेन्स आम्दानी ९७ अर्ब ५४ करोड भएको थियो र यो राष्ट्रिय आयको झण्डै १७.५ प्रतिशत हुन आउँछ। रेमिटेन्स आम्दानीमा उक्त आम्दानी अघिल्लो वर्षो तुलनामा झण्डै ४९ प्रतिशतले वृद्धि हो। आ.व २०६१/०६२ मा नेपालको रेमिटेन्स आम्दानी ६५ अर्ब ५४ करोड रहेको थियो, जुन राष्ट्रिय आयको १३ प्रतिशत हुन्छ। अझ औपचारिक/अनौपचारिक माध्यमबाट भित्रिएको रेमिटेन्स जोड्ने हो भने नेपालको कुल रेमिटेन्स डेढ खर्बभन्दा बढी हुन्छ र यो राष्ट्रिय आयको ३२ प्रतिशत हुन आउँछ।यो रेमिटेन्स आम्दानी देशको सम्पूर्ण निर्यात, पर्यटन र बैदेशिक सहायताभन्दा बढी रहेको थियो। देशको उद्योग, व्यापार, कृषि, पर्यटन लगायतका विभिन्न आर्थिक क्षेत्र चौपट हुँदा पनि रेमिटेन्सले नै देशलाई आर्थिक संकटबाट जोगाइराखेको छ। कुल ग्राहस्थ उत्पादनमा रोजगारी सिर्जना, परिवारको आर्थिक संख्या तथा बैदेशिक मुद्रा सञ्चितिमा गरेको योगदान आधार मान्ने हो भने कृषिपछि रेमिटेन्स नै अर्का प्रमुख आर्थिक क्षेत्र हो। नेपालको कमजोर अर्थतन्त्रलाई २०५५ सालदेखि नै रेमिटेन्सले धानेको थियो।

नेपालबाट कामको खोजीमा विदेश जाने प्रचलन झण्डै २०० वर्षपुरानो मानिन्छ। सुरूमा पञ्जावका शिख राजा रञ्जित सिंहको सेनामा भर्तीर् हुनु नेपालीहरू लाहोर धाउने गर्दथे। त्यतिखेरबाट नै बाहिर देशमा काम गर्नेलाई लाहुर भन्ने चलन पनि सुरू भएको थियो। सन् १८१४ देखि १८१६ सम्मको युद्धपछि गोर्खालीको नाममा सयौंको संख्यामा नेपाली व्रिटिस इष्टइण्डिया कम्पनीमा भर्ती हुन थाले। यो भर्ती हुने परम्परा हालका दिनमा पनि ब्रिटिस सेनामा र सन् १९४७ पछि भारतीय सेनामा कायमै छ। अहिले ब्रिटिस सेनामा ३४ सय र भारतीय सेनामा झण्डै ५० हजारको संख्यामा नेपालीले सेवा गरिरहेका छन्।यस्तै नेपाली हङकङ, सिंगापुरर ब्रुनाईमा पनि सुरक्षाकर्मीको कार्य गर्ने भएकाले ती मुलुकमा पनि बैदेशिक रोजगारीमा जानेको संख्या बढेको थियो। दुइ दशक अघिसम्म पनि राज्य र सरकारको दायरामा नआएको यो व्यवसायले २०४२ सालमा बैदेशिक रोजगार ऐन बनेपछि मात्र बैदेशिकता पाएको थियो। २०४६ सालपछिको खुला वातावरणले यो क्रमलाई झन बढाएको थियो र वैदेशिक रोजगारीमा परम्परागत तरिका अन्त्य भई अहिले व्यवसायिक र संस्थागत रूप दिइएको छ। सरकारको स्वीकृति लिएर झण्डै ५ हजारभन्दा बढी बैदेशिक रोजगार कम्पनीले बैधानिक रूपमा नेपालीलाई विदेशमा कामको लागि पठाइरहेका छन्। २०४२ सालमा बनेको ऐन अहिलेको अवस्थामा प्रभावकारी हुन नसकेकोले हालै बैदेशिक रोजगार ऐन २०६३ प्रतिनिधिसभाबाट पारित भइसकेको छ।नेपाल बाहिर कति नेपाली छन् भन्ने कुनै आधिकारिक तथ्यांक नै छैन्। हाल भारतमा झण्डै ३०-३५ लाखको हाराहारीमा नेपाली कार्यरत रहेको अनुमान छ। नेपाल, भारत बीचको खुल्ला सीमाको कारण भारतमा कार्यरत नेपालीको यकिन संख्या अनुमान गर्न निक्कै गाह्रो छ। बेलायतका नागरक डेविड सेडनले समाजशास्त्री गणेश गुरुङ र जगन्नाथ अधिकारीसँग मिलेर सात वर्षघि गरेको लेवर माइग्रेसन एण्ड रेमिटेन्ससम्बन्धी अध्ययनमा भारतको सरकारी निकायमा मात्र २ लाख ५० हजारभन्दा बढी नेपाली कार्यरत रहेको जनाएका थिए। विशेष गरी मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रका  लाखौं परिवारका गरिब जनता भारतमा काम गर्न जाने परम्परा नै चलेको छ।अझ आन्तरिक द्वन्द्व चर्केको बेलामा भारतमा विस्थापित हुनेको संख्या कहालीलाग्दो हुन पुगेको थियो। एक तथ्यांकअनुसार दुर्गम जिल्ला अछाममा ८० प्रतिशत युवा कामको खोजीमा भारत जान्छन्। भारत जाने अधिकांश युवा भारी बोक्ने, चौकीदारी गर्ने, होटलमा काम गर्ने, निर्माण तथा कृषिमा कार्य गर्ने गर्दछन्। तिनीहरूको औषत आय निकै नै कम छ तर पनि काम भने अत्यन्तै फोहर, कठिन, खतराजनक र तल्लो तहको रहेको छ। त्यस्तै भारतमा कार्यरत कयांै नेपाली अनेकौ दुर्व्यवहार तथा ठगीका घटना सहेका छन्। एक उदाहरणका लागि नेपालबाट बेचिएका झण्डै १ लाख ५० हजारभन्दा बढी नेपाली चेली विभिन्न भारतीय शहरमा देह व्यापारमा संलग्न रहन बाध्य छन्।भारतबाहेक अन्य देशमा बैदेशिक रोजगारमा जाने नेपालीको संख्या झण्डै १५ लाखभन्दा बढी छ। श्रम मन्त्रालयकाअनुसार गत आ.व २०६२/०६३ मा मात्र नेपालबाट १ लाख ७७ हजार ५ सय ७६ नेपाली बैदेशिक रूपले विदेशिएका थिए। यो संख्या अघिल्लो आ.व भन्दा झण्डै २९ प्रतिशतले बढी हो।रोजगारीको निम्ति मध्यमस्तरको कमाई हुने खाडी मुलुक (साउदी अरेविया, बहराइन, ओभान, कुवेत र कतार) र मलेसियामा नेपाली कामदारका प्रमुख गन्तव्यको रूपमा रहेको छ। गत आ.व २०६२/०६३ मा प्रमुख गन्तव्यस्थलको रूपमा मलेसिया रह्यो जहाँ झण्डै ८३ हजार नेपालीले बैदेशिक रोजगारीको निम्ति प्रवेश गरे। त्यस्तै नेपाली उच्च कमाई हुने दक्षिण, कोरिया, ताइवान, मकाउ, हङकङ, ब्रुनाई, सिंगापुर र जापान पनि बैदेशिक रोजगारीको निम्ति बैधानिक अबैदेशिक रूपमा छिरेका छन्। झण्डै १ लाख ५० हजारको संख्यामा यी पर्ूर्वी एशियाली देशमा नेपाली कार्यरत छन्। श्रम मन्त्रालयबाट स्वीकृति लिएर कोरिया जाने नेपालीको संख्या जम्मा ५ हजार६ सय ८ रहेको छ भने झण्डै २० हजार नेपाली कामदार अबैदेशिक रूपमा कार्यरत रहेको अनुमान छ। त्यस्तै मध्यपूर्वका केही मुलुक, संयुक्त राज्य अमेरिका, क्यानडा, युरोपर्(जर्मनी, बेल्जियम, बेलायत) अष्ट्रेलिया, न्यूजिलैण्डलगायतका देशमा पनि विभिन्न बहानामा नेपाली गएका छन्। झण्डै ५ हजार नेपाली त केवल डीभी परेर मात्र अमेरिका गएको अनुमान गरिएको छ।कतिपय नेपाली अबैदेशिक रूपमा लुकिछिपी विदेशिएका छन्। एक उदाहरणको लागि लेवनानलाई लिन सकिन्छ। सरकारी तथ्यांकमा जम्मा १० जना नेपाली रहेको भनिएको लेवनानमा झण्डै पाँच हजारको संख्या नेपाली त्यसमा पनि अधिकांश महिला रहेको केही समय अगाडि पुष्टि भएको थियो। अझ अमेरिकाले गरेको अफगानिस्तान र इराक युद्धपछि ती मुलुकमा अबैदेशिक रूपमा जाने नेपालीको संख्या आकासिएको छ। खाडी मुलुकमा महिलालाई जानबाट रोक लागेपछि हजारौं महिला भारत हुँदै लुकिछिपी ती मुलुकमा गएका थिए। यसैबाट नै लाखांै नेपाली विदेशमा अबैदेशिक रूपमा कार्यरत रहेको अनुमान लगाउन सकिन्छ।राजनीतिक अस्थिरता, सुस्त आर्थिक वृद्धिदर तथा देशमा रोजगारीका अवसरको अभावका कारण बैदेशिक रोजगार एक मात्र विकल्प हुन पुगेको छ। प्रत्येक वर्षनेपाली श्रम बजारमा साढे तीन लाख युवा समाहित हुन्छन। तर झण्डै साढे दुइ लाख बेरोजगार युवा कामको खोजीमा छटपटिन विवश हुन्छन्। बेरोजगार हुँदाको बेराग्यता र नैराश्यता नै विदेश पलायन हुनुपर्ने कारण बन्दछ। माओवादी जनयुद्ध तथा कमजोर अर्थतन्त्रका कारण पनि लाखौं नेपाली देश छोड्न बाध्य भएका थिए।यसरी विदेशिएका नेपालीले पठाएको आय निकै नै बढिरहेको छ। भारतको सरकारी सेवामा कार्यरत साढे दुइ लाख नेपाली र अन्य विभिन्न क्षेत्रमा कार्यरत झण्डै ३० लाख नेपालीले वाषिर्क ३० अर्ब रूपैयाँभन्दा बढी आम रेमिटेन्सको रूपमा पठाइएका छन्। एक तथ्यांक अनुसार ब्रिटिस सेनामा कार्यरत र अवकाश प्राप्त हजारौं सैनिकले मात्र तलव र पेन्सन गरी पुगनपुग पाँच अर्ब रूपैयाँ भित्रिरहेको छ। त्यस्तै हङकङ, सिंगापुर, बुर्नाईमा, जापान, दक्षिण कोरियालगायतका पूर्वी एशियाली मुलुकबाट त्यहाँ कार्यरत नेपालीले अर्बौ रूपैयाँ नेपाल पठाइरहेका छन्। अझ खाडी मुलुक मलेसिया तथा पश्चिमी मुलुकबाट आउने रेमिटेन्स त १ खर्बभन्दा बढी हुन आउँछ। विभिन्न माध्यमबाट नेपाल भित्रिएको रेमिटेन्स गणना गर्ने हो भने झण्डै रू. १ खर्ब ५० अर्ब वैदेशिक आयले नेपालको अर्थतन्त्र धानेको छ।यो रेमिटेन्स नेपालको एक वर्षो बजेटभन्दा पनि बढी हुन आउँछ। त्यसैकारण अर्थतन्त्र मन्दीको अवस्थामा हुँदा पनि रेमिटेन्सले नै देशलाई थेग्न पुग्यो। द्वन्द्व र राजनीतिक अस्थिरताले गर्दा देशका उद्योग कलकारखान, राम्रोसँग सञ्चालन हुन सकेका छैनन्। हालको परिवर्तित राजनीतिक अवस्थाले केही लगानी बढे पनि अघिल्लो आ.व सम्म लगानी घटेको थियो। देशको आयात अझै बढ्दो क्रममा छ। नेपालको बैदेशिक व्यापार घाटा धान्नै नसक्ने गरी बढ्दै गएर वाषिर्क १ खर्ब १३ अर्ब रूपैयाँमा रहेको छ। तर यस्तो स्थितिमा पनि विदेशी मुद्राको सञ्चिति बढ्दो छ। नेपालको जीवनस्तर र्सवेक्षणको तथ्यांक अनुसार नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या ४२ प्रतिशतबाट घटेर झण्डै ३१ प्रतिशत पुगेको थियो। यसरी सबैलाई अचम्मित पार्ने गरी गरिबी घट्नुको प्रमुख कारण नै रेमिटेन्सको प्रवाहमा भएको वृद्धि थियो। त्यत्ति मात्र होइन, यसले देशको जनताको क्रय शक्तिसमेत बढाएको छ। वाणिज्य बैंक र वित्तीय संस्थाको निक्षेपमा विगत पाँच वर्षो तुलना गर्ने हो भने निक्षेप दोब्बरभन्दा बढी भएको छ।यही बैदेशिक रोजगार व्यवसायले देशका होटल रेष्टुराँ, पर्यटन, ट्राभल एजेन्सी, वायुसेवा कम्पनी, यातायातका साधन, उद्योग व्यापार बैंक तथा बीमा व्यवसाय, सञ्चार, विज्ञापन, एजेन्सी, ट्रेनिङ सेन्टरलगायतका सम्पूर्ण क्षेत्रलाई प्रत्यक्ष/अप्रत्यक्ष रूपमा योगदान गरेको छ.रेमिटेन्सले राष्ट्रिय अर्थतन्त्रलाई दरिलो बनाएको तथा गरिबी निवारणमा टेवा पुर्‍याएको छ। तर यसले देशलाई कडा चुनौती पनि थोपरेको छ। बैदेशिक रोजगारले देशका सबै क्षेत्र र वर्गमा भने फाइदा पुर्‍याएको छैन। गरिबी घटे पनि आर्थिक असमानता बढेको छ। पश्चिमाञ्चल र पर्ूवाञ्चलबाट रोजगारीमा जानेको संख्या करिब ७० प्रतिशत छ। तर गरिबी र मानव विकास परिसूचकमा पछि परेको मध्य र सुदूर पश्चिम क्षेत्रबाट अधिकांश व्यक्ति आम्दानी हुने भारत प्रवेश गर्ने गर्दछन्। त्यसैले यो क्षेत्रको आर्थिक उन्नति त्यस्तै मानिसको अबैदेशिक ओसार-पसार र बेचबिखन पनि यही  बैदेशिक रोजगारसँग जोडिएको छ। कयौं प्रतिभा पलायन भएर मुलुकमा दक्ष जनशक्तिको अभाव महशुस हुन थालेको छ।त्यत्ति मात्र होइन, रेमिटेन्स उत्पादनशील क्षेत्रमाभन्दा पनि उपभोग्य कार्यमा मात्र खर्च भएको देखिन्छ। रेमिटेन्स मुख्यता घर घडेरी खरिद गर्न, घर बनाउन, सुन चाँदीका गहना किन्न र अन्य विभिन्न अनुत्पादक क्षेत्रमा प्रयोग भइराखेको छ। व्यक्तिगत विलासिताको सामग्रीमा रेमिटेन्स प्रयोग हुनु तथा उत्पादनशील क्षेत्रमा लगानी नहुनुमा सरकारी गैर जिम्मेवारी पनि हो। रेमिटेन्सलाई सही सदुपयोग गर्नको निम्ति कुनै आर्थिक नीति छैन। बैदेशिक रोजगारलाई अझ व्यवस्थित गर्न गत हप्ता विधेयकसमेत पारित भयो तर रेमिटेन्सलाई नै सही सदुपयोग गर्नेतर्फकुनै ठोस कार्यक्रम रहेको छैन। तर्सथ अबको आवश्यकता बैदेशिक रोजगारबाट प्राप्त हुने रकमलाई देशभित्रै आर्थिक क्रियाकलाप वृद्धि गर्ने गरी सही सदुपयोग गर्नुपर्ने देखिन्छ भने अन्य चुनौतीलाई क्रमशः कम गर्दै लैजानुपर्छ ।

दुघटनामा दुइको मृत्यु

Filed under: अन्‍य

माघ १२/पृथ्वी राजमार्ग अर्न्तर्गत चितवन जिल्लाको दारेचोक-२ मा बिहीबार राति भएको गाडी दुघटनामा दुइ जनाको मृत्यु भएको छ । काठमाडौँबाट मुग्लिङतिर जाँदै गरेको ना२ख ८२८३ नम्बरको ट्रक र मुग्लिङबाट काठमाडौंतिर आउँदै गरेको बा५च २८९१ नम्बरको टाटा सुमो आपसमा जुध्दा दुघटना भएको हो ।दुघटनामा परी टाटा सुमोका चालक नुवाकोट ककनीका २५ वषर्ीय भीष्म लामाको घटनास्थलमै मृत्यु भएको हो । ट्रकका चालक मकवानपुर भैसेका अभिलाष लामाको उपचारका लागि भरतपुर लाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।दुवै गाडीका घाइते खलासीहरूलाई उपचारका लागि काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ । घाइतेहरूको अवस्था गम्भीर रहेको छ ।

विवाहिताले मात्र अध्ययन गर्ने क्याम्पस स्थापना

हेटौडा- एसएलसी उत्तिर्ण गरेको १६ वर्षपछि उच्च शिक्षा अध्ययन गर्न आउनु भएकी ज्ञानु अर्याल दङ्ग छिन् । हेटौंडा चौघडाकी ४३ वर्षीय अर्यालले १६ वर्षपछि आफ्नो अध्ययनले निरन्तरता पाउँछ भन्ने सोचेको पनि थिइनन् । आर्थिक अवस्था कमजोर भएका कारण पढ्न नपाएकी अर्याल अब पढेर कुशल शिक्षक बन्ने बताउनुहुन्छ ।

अर्याल जस्तै अहिले मकवानपुर बहुमुखी क्याम्पसमा ४० जना गृहिणीहरू अध्ययनरत छन् । क्याम्पस जाने वातावरण नमिलेर, आर्थिक अवस्था कमजोर भएर र अन्य कारणबाट अध्ययन गर्न नपाएका गृहिणीहरू अहिले बालबच्चाहरूलाई स्कुल पठाएर आफू क्याम्पसतिर लाग्ने गरेका छन् । मकवानपुरका गृहिणीहरूले इच्छा भयो भने पढ्नलाई उमेरले छेक्दैन भन्ने उखानलाई चरितार्थ गरी देखाएका छन् ।
हेटौडा नगरपालिकाकी सुमन श्रेष्ठले एसएलसी उत्तीर्ण गरेको १७ वर्षपछि क्याम्पस अध्ययन गर्न थालेकी छिन् । छोराछोरी हुर्किएपछि क्याम्पस जाने वातावरण बनेको सुमन बताउँछिन् । १२ वर्षअघि एसएलसी पास गरेकी शान्ता सापकोटा घरमा बस्दा हिन्दी सिरियल हेर्ने समय अध्ययनमा लगाएको बताउँछिन् । उनका पति क्यामपसमै कार्यरत छन् भने दुई छोरी स्कुलमा अध्ययनरत छन् । क्याम्पसले गृहिणीहरूको समय र सरल शुल्कमा अध्ययन गराउन थालेकाले धेरै गृहिणी अध्ययनतिर लागेका हुन् ।
नेपालमै पहिलोपटक गृहिणीहरूका लागि मकवानपुर बहुमुखी कयाम्पसले कक्षा सञ्चालन गरेपछि गृहिणीहरूका लागि पढ्ने अवसर जुटेको हो । कक्षा सञ्चालन गर्न क्याम्पसलाई टोल विकास संस्था, नगर समन्वय समिति र हेटौंडा नगरपालिकाले सहयोग गरेपछि गृहिणीहरू क्याम्पसमा अध्ययन गर्न थालेका छन् ।
अध्ययन गर्ने गृहिणीहरूमध्ये २० वर्षअघि एसएलसी पास गरेका पनि छन् । अब हेटौंडामा बिहान छोराछोरी दिउँसो आमा र बेलुकी बाबुहरू क्याम्पस जान थालेका छन् । क्याम्पसले गृहिणीहरूको घरधन्दालाई असर नपर्ने गरी बिहान ११ बजे देखि ३ बजेसम्म कक्षा सञ्चालन गरिरहेको छ । टोल विकास संस्था, नगर समन्वय समितिका अध्यक्ष रमेशरत्न स्थापित क्याम्पसलाई आफ्नो संस्थाले गृहिणी शिक्षाको सोचका लागि उत्प्रेरकको काम गरेको बताउँछन् । उनका अनुसार गृहिणीहरूले कूल वाषिर्क शुल्कको ३३ प्रतिशतमात्र क्याम्पसलाई बुझाउनु पर्छ । बाँकी जिल्ला विकास समिति र नगरपालिकाले व्यहोर्ने गरेको छ । यसरी एक जनालाई बाषिर्क खर्च ५ हजार मात्र लाग्दछ ।
गृहिणी कक्षा सञ्चालन नेपालमै मकवानपुर क्याम्पसले नयाँ सोच ल्याएको सहायक क्याम्पस प्रमुख बच्चुराम अधिकारीले बताउनुभयो- ‘गृहिणी शिक्षा महिला सशक्तीकरणका लागि अतिआवश्यक छ ।’ विवाहित महिलामात्र अध्ययन गर्न पाउने, पुरुष र अविवाहित युवतीले अध्ययन गर्न नपाउने व्यवस्था क्याम्पसले गरेको छ । बिहे नगरेका युवती पनि आउन सक्ने हुनाले क्याम्पसले भर्ना लिदा विवाहदर्ता प्रमाणपत्र अनिवार्य गरेको छ ।

January 28, 2007

तीन कार्यवाहक राजदूत नियुक्त

Filed under: अन्‍य

काठमाडौं -कास)- सरकारले दक्षिण कोरियामा उपसचिव यादव खनाल, अस्ट्रेलियामा शंकर बैरागी र डेनमार्कमा धनञ्जय झालाई कार्यवाहक राजदूत नियुक्त गरेको छ । तत्कालका लागि अस्ट्रेलिया र डेनमार्कमा कार्यवाहकसहित तीन र दक्षिण कोरियामा 2 कर्मचारीको दरबन्दी सिफारिस भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

January 16, 2007

माघे सक्रान्ती

माघे सक्रान्ती यस पाल निकै रमाईलो भयो । नेपालको पूर्वि माई किनारमा
लाग्ने माईमेला यस पाल हजारौ हजार मानिसहरुको भिड थियो ।
मेरो लागी यो मेला पहिलो पटक भएकोले केहि थाहा भएन । अरुको भनाई
अनुसार राजनितिक समस्याका कारण दिउसोमात्र लाग्ने गर्दथ्योरे तर
यस पाल भने दिउसो राती अझै पनि लागी रहेछ । पूर्वजाने बसहरु छिर्न
नसकेर आधा बाटैबाट फर्किरहेका छन । कतिमान्छे छन भन्ने मैलेत 
अनुमाननै गर्न सकिन तास जुवा ढाईस जाँड रक्सि खुल्ला रुपमै छन ।
अगाडी भने माओ बादीले  प्रतिबन्द लगाएको थियो रे तर मैले एउटा
भुल गरेको भिडिओ क्यामेरा लान भुलेछु । केहि फोटोहरु खिच्न पाईन
 यो ब्लग हेर्दै गर्नु होला म नेपालको नयाँ खबर सहित भिडिओ पनि
अपडेट गर्ने छु ।

नेपाली प्रगतिशील मोर्चा दक्षिण कोरिया गठन

Filed under: अन्‍य

 

      

उत्तम गुरुङ

१४ जनावरी २००७ का दिन कोरियाको सिउलस्थित एमटीयूको कार्यलयमा भएको बामपन्थीहरुको पहिलो भेलाले नेपाली प्रगतिशील मोर्चा दक्षिण कोरिया गठन गरेको छ । कोरियामा विभिन्न पेशा र व्यवसायमा सक्रिय रहेका नेपालीहरुले नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका लागि विभिन्न विचारधारा भएका सम्पूर्ण बामपन्थीहरु एक भई विभिन्न संगठनलाई निरन्तरता दिदै आएका बामपन्थी विचार भएका व्यक्तिहरुले मोर्चा गठन गरेका हुन् ।

भेलाका मुख्य अतिथिहरु गौरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य रुद्र शर्मा, नेपाली प्रवासी संघका अध्यक्ष मानध्वज लामा र प्रवासी मजदुर संघका उपाध्यक्ष काजीमान खापुङ, बौद्ध परिवारका अध्यक्ष नरेन्द्र गुरुङ हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै मुख्य अतिथि रुद्र शर्माले लेबी तिरेर घर घडेरी जोड्ने हैन र पजेरो चढ्ने हैन अब भने राष्ट्र निर्माण गर्ने सीप, जाँगर, र जोश आउनुपर्छ भन्नुभयो । त्यसैगरी आयोजक तथा नेपाल सम्पर्क समितिका उपाध्यक्ष ईश्वर केसीले बाध्यता र विवशताले हामी विदेशिन बाध्य भएको बताउँदै जबरजस्तीको राजा होइन अब भनेको जनताले चाहेको मान्छेबाट सत्ता संचालन भएको मोर्चाका अध्यक्ष सुमन राईले कम्युनिष्टहरु फुटाएर नभइ सबै जुटी एक भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले हिजोका नेताहरुले बाटो भुलेका कारण बामपन्थीहरु एक हुन नसकेको जनाउँदै पछिल्लो समयमा सम्पूर्ण बामहरु एक भई जानुपर्ने आवश्यकता सही सन्देश जाओस भनेर आफुहरुले मोर्चा स्थापना गरेको र अबको नेपालमा प्रत्येक नागरिकलाई राजनीतिक चेतना हुनुपर्ने, यसका लागि लोकतान्त्रिक गणतन्त्र सिवाय अरु विकल्प नरहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा आमन्त्रित अन्य अतिथिहरुले मोर्चालाई शुभकामना दिनु भएको थियो ।

भेलाले नेकपा एमालेका सुमन राईको अध्यक्षतामा ११ सदस्यी नेपाली प्रगतिशील मोर्चा दक्षिण कोरिया गठन गरेको छ । यसरी गठित समितिका पदाधिकारीहरुमा उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः एमालेका कृष्णमणि आचार्य, किरात मुक्ति मोर्चाका लक्ष्मण कुमार राई, मनोहरलाल श्रेष्ठ जनमोर्चा, सुरेन्द्र विक्रम सिंह माओवादी र सुरेन्द्र लिम्बू एमाले रहेका छन् । त्यसैगरी सदस्यहरुमा अशोक राई एमाले, गोकर्ण कुँवर माओवादी, खेम घर्तीमगर नेकपा मसाल, गगन पुन माओवादी र चन्द्र सेन राई एमाले रहेका छन् । त्यसैगरी समितिले सात सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको छ । जसमा सद्ध शर्मा, काजीमान खापुङ, डेबिड राई, केबी गुरुङ, जगतनाथ ओली, ईश्वर केसी र मानध्वज लामा रहनु भएको छ । सो कार्यक्रमको सञ्चालन सचिव मनोहरलाल श्रेष्ठले गर्नु भएको थियो ।

January 9, 2007

धेरै समय पश्चात

धेरै समय पश्चात तपाईहरु समक्ष नेपालको हाल खबर लिएर मेरो देखाई भोगाई र अनुभवहरु तपाईहरु समक्ष समावेस गर्नलागी रहेछु । १४ बर्ष कोरिया बसेर नेपालमा शान्ती छायो भनेर म नेपाल फर्किए नेपाल पनि केहि बिकास भयो होला भनेर सोचेको थिए तर ठिक बिपरितपोरहेछ । न अनुसासन न बिकास धुलै धुलोको घर बाटो थोत्रो गाडी जहा पायो त्यहि बाटो क्रस गाई भैसी पनि त्यहि रिक्सा साईकल पनि त्यहि हरे अचम्म लाग्यो सुरुमा त तर केहि दिन बिते पछी बानी भईएछ । देस गुनको भेष भनेझै आफु पनि त्यस्तै हुन पुगीयो । हप्तामा १ देखी २ पटक सम्म चक्का जाम दिनमा २ देखि ३ पल्ट सम्म लोड सेटिङ के गर्ने देसको हालत यस्तो रहेछ । केहि समाचारहरु हेरौ भनेर साईवरमा बसेकोत केको १ पेज खोलिनलाई १५ मिनट पर्खनु पर्ने सास थुनेर त्यतिकै पैसा तिरेर निस्कीए तर आज भोलि भने अलि बानि भईएछ । जान थालेको छु । कोठामा पनि नेट त जोडेको छु तर रातिकोमात्र त्यो पनि ९ बजे पछाडी सारै डिलो नेटले गर्दा केहि काम पनि भने जस्तो गर्न नसकिदो रहेछ । हुन पनि के बिकास होस गर्ने भन्दा बिगार्ने बढी देसको आयश्रोत भनेको बिदेसी सहयोग र बिदेसमा काम गर्न गएर ल्याएको पैसा भन्दा केहि छैन । लौत आजलाई कहिले काही समय हुदा यो ब्लग पनि हेदै गर्नु होला म अपडेट गर्दै गर्ने छु ।

January 8, 2007

नेपाली जनसम्पर्क समिति ने.का.द्धारा जलपान समारोह सम्‍पन्‍न

Filed under: अन्‍य


नेपाली जन सम्‍पर्क समिति (नेपाली क्राँग्रेस) को आयोजकत्‍वमा गत ७ तारिख आईतबारको दिन नयाँ बर्ष २००७ तथा देशमा भएको शान्‍ती सम्‍झौताको खुशीयालीमा कोरियामा रहेको सम्पुर्ण नेपाली संघ संस्‍थाको पदाधिकारी तथा लोकतन्‍त्रवादीहरूको उपस्थितिमा अन्याङ् सिटिको प्रवासी मजदूर गृहमा जलपान समारोह सम्‍पन्‍न भएको थियो ।सोही अवसरमा नेपाली जनसम्पर्क समिति क्योङीगी शाखा गठन गरिएको थियो ।

January 5, 2007

Fallen Object

Filed under: अन्‍य

 

                                 

A metal object is held in a container by Freehold Township Police Lt. Robert Brightman during a news conference in Freehold Township, N.J., Wednesday, Jan. 3, 2007. No one was injured when object crashed through the roof of a township home Tuesday and authorities have not identified the object. Federal officials sent to the scene said it was not from an aircraft. (AP Photo/Mike Derer)/2007-01-05 05:38:06/

  • नेपाली म्यूजिक भिडियो

  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

    Number of online users in last 3 minutes
    eXTReMe Tracker