यहाँहरुलाई koreanp.blogsome तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । koreanpblog@yahoo.com ब्‍लगर (डम्बर सुब्बा) द.कोरिया ,देउ कुमार सुब्बा (नेपाल)।

korea

nepal

February 27, 2007

राजपरिवारको सम्पत्ति राष्ट्रीयकरण गर्न समिति गठन

Filed under: अन्‍य

सरकारले राजा ज्ञानेन्द्र र राजपरिवारको सम्पत्ति राष्ट्रीयकरण गर्ने प्रक्रिया अगाडि बढाएको छ। सोमबार बसेको मन्त्रीपरिषदको बैठकले सो प्रक्रियालाई अघि बढाउन भौतिक योजनामन्त्री तथा नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक) का गोपालमान श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा अन्य सदस्यहरूमा नेकपा एमालेका धर्मनाथ शाह र नेपाली काङ्ग्रेसका दिलेन्द्रप्रसाद बडु रहेका छन्।

सो समितिले राजा र राजपरिवारको सम्पत्ति राष्ट्रीयकरण गर्ने उपायहरू सिफारिस गर्ने बताइएको छ। आफूहरूलाई सो काम गर्न ३० दिन दिइएको बताउँदै समितिका अध्यक्ष वरिष्ठमन्त्री श्रेष्ठले "भूमी सुधार मन्त्रालयले यस सम्वन्धमा धेरै काम गरिसकेको छ त्यसैले हामीलाई दिइएको समयभित्र यो काम गर्न सकिन्छ यस बारेमा म राजदरबारसित कुरा पनि गरौंला र मलाई अवश्य नै सहयोग प्राप्त हुनेछ भन्ने लाग्दछ।

राजा र राजपरिवारको सम्पत्तिको पूर्ण विवरण अहिलेसम्म सार्वजनकि गरिएको छैन। गत साता प्रजातन्त्र दिवसका अवसरमा सन्देश दिएपछि राजा विभिन्न पक्षका आलोचनाको तारो बनेका छन्। अन्तरिम संसदले शाही सन्देशको भर्त्सना गर्दै राजामाथि कार्वाही गर्ने गत साता सर्वसम्मत‌ीबाट सरकारलाई निर्देशन दिएपछि, सोमबार बसेको मन्त्रीपरिषदको बैठकले शाही सन्देशलाई अनधिकृतको संज्ञा दिएको थियो।

February 22, 2007

ई.पि.एस.( Employment permit system ) नेपाललाई निश्‍िचत

Filed under: समाचार

डम्‍बर सुब्‍बा

दक्षिण कोरिया श्रम मन्त्रालयले २००७ विदेशी श्रमिक कार्य प्रणाली योजना आज सार्वजनिक गरेको छ । सो योजना अनुसार यस बर्षमा विदेशी श्रमिकहरु १ लाख ९ हजार झिकाउने भएको छ । त्यसको साथै अन्य ५ राष्टलाई पनि उक्त ई.पि.एस. (Employment permit system ) थप गरिएको छ । जसमा नेपाल बंगलादेश मियानमा किरकिस्तान र तोङतिमोरो रहेको छ ।

यस बर्षको योजना अनुसार ट्रेनिङ भिसा प्रणाली खारेज गरी सो को स्थानमा ई.पि.एस.प्रणाली मार्फत आयत गरिएको श्रमिकहरु द्धारा परिपूर्ति गरिने भनिएको छ । ई.पि.एस. को कोटामा ४९ हजार ६ सय अन्य राष्टलाई र ६० हजार गैर कोरियनवासीलाई दिने बताएको छ । यो भन्दा अधि १० राष्ट थिए भने हाल ५ राष्ट थपेर १५ राष्ट हुन पुगेको छ । कसलाई के कति कोटा दिने भन्ने बारेमा सम्बन्धीत राष्टको वायोडाटा , ईमान्दारीता, श्रमसहचारी संस्थाको आचरण, नियम कानून हेरेर पुन एग्रीमेन्ट गर्ने भनिएको छ ।

स्मरणीय छ कोरियामा ४ लाख विदेशी मजदूरहरु मध्ये ५० प्रतिशत मात्र वैधानिक रहेको छ । वैधानिक विदेशी मजदूरहरुलाई पनि मजदूर भन्ने अधिकार दिएको छैन । स्वतन्त्रबाट वन्चित गरिएको छ । जसले गर्दा कंम्पनीमा भेदभाव बढनुको साथै दासको झै व्यवहार गरी रहेको पाईन्छ भने अन्य अवैधानिक विदेशी मजदूर अमानविय धडपकड, मानव अधिकारको हनन् , मनपरीतन्त्रको कारण विभिन्न सामाजिक तथा मानवअधिकारवादी संघ संस्थाहरुले विरोध गरी रहेको छ ।

किरात याक्‍थुङ समितिको साधारण सभा हुने

Filed under: सुचना

यहि आउदो फेब्रुअरी २५ तारिखको दिन किरात याक्‍थुङ समितिको साधारण सभा हुने भएकोले सम्‍पुर्ण किरात याक्‍थुङ ( लिम्‍बू )हरूलाई सो दिन उपस्‍िथीत भई दिन बिनम्र अनुरोध गर्दछौ । साथै उक्त दिनमा छैटौ औ शताब्‍दी ताका लिम्‍बूवानको एकमात्र गीति नाटक " अम्‍लारीफुङ ( सुनाखरी फूल ) " को प्रदर्शन पनि गरीने भएको छ ।

स्‍थान : आन्‍याङ प्रबासी मजदूर गृह

समय : बिहान ९:०० बजे

February 21, 2007

हेल्‍पीङ फर पाँचथरको साधारण सभा सम्‍पन्‍न

Filed under: समाचार

उत्तम गुरूङ

                                       

दक्षिण कोरियाको राजधानी सिओलको उलचिरो ४ गा स्‍िथीत रहेको प्रवासी मजदुर युनियन ( MTU )को केन्‍द्रीय कार्यलयमा गत फेब्रुअरी १७ तारिखको दिन सम्‍पूर्ण पाँचथरबासीहरु भेला भई सोही दिन साधारण सभा गरीएको थियो । सो भेला द्धारा २००५.०३ मा स्‍थापना गरीएको ‘ हेल्‍पीङ फर पाँचथर ‘लाई पाँचथरको विकास,जातीय तथा लोक साँस्‍कृतिक उत्‍थान एवम सहयोग गर्ने र कार्य समितिलाई निरन्‍तरता,दिगो रूप दिन पाँचथरबासीहरुको बृहत भेलाले भिम प्रसाद साम्‍बाहाम्‍फेको अध्‍यक्षतामा १३ सदस्‍यीय कार्य समितिको चयन गरीएको छ।

जस अनुसार अध्‍यक्षमा भिम प्रसाद साम्‍बाहाम्‍फे , उपाध्‍यक्षमा नाईन्‍द्र विक्रम योङहाङ,सचिवमा एन ब.कुरुङबाङ,सहसचिवमा गगा प्रसाद आङदेम्‍बे,कोषाध्‍यक्षमा नरेन्‍द्र प्रसाद चेम्‍जोङ, सह कोषाध्‍यक्षमा हर्क प्रसाद आङदेम्‍बे,राष्‍िट्रय संयोजक तेज ब.तुम्‍बाहाम्‍फे सह संयोजक कमानसिंह कुरुङबाङ,अन्‍तराष्‍िट्रय संयोजक याम ब.शेर्मा,अन्‍तराष्‍िट्रय सह संयोजक गंगा प्रसाद साम्‍बाहाम्‍फे र सदस्‍यहरुमा क्रमश : रविन आङदेम्‍बे,विनिता सेलिङ,माया आङदेम्‍बे र अमृत साम्‍बाहाम्‍फे रहेको छ ।

त्‍यसै गरी सल्‍लाहकारमा चन्‍द्र नेम्‍बाङ, बम प्रसाद लावती ,अमर लिङदेन,कुल प्रसाद खत्री, गणेश खड्‌का सर्वसह‍मतिमा पारित गरिएको छ । सोही दिन ‘हेल्‍पीङ फर पाँचथर’ तदर्थ समिति दक्षिण कोरियाका अध्‍यक्ष चन्‍द्र नेम्‍बाङको अध्‍यक्षतामा संस्‍थाको विधान पनि पारित गरिएको थियो । अतिथिहरुमा अशोक भटटराई ( प्रगतीशील मोर्चा ) र मान ध्‍वज लामा ( नेपाल प्रवासी संघ ) रहनु भएको थियो ।

गुल्‍मी सम्‍पर्क समितिको साधारण सभा सम्‍पन्‍न

 

    

उत्तम गुरुङ

दक्षिण कोरियाको राजधानी सिओल स्‍िथीत रहेको योङृदोङफो पार्कमा बिभिन्‍न पेशामा आबद्ध गुल्‍मीबासीहरुको गत १९ तारिख सोमबारको दिन बृहत भेला भएको थियो । उक्त भेलाले २००६ मा स्‍थापना गरिएको ‘गुल्‍मी सम्‍पर्क समिति ‘ लाई निरन्‍तरता र दिगो राख्‍नको लागी सम्‍पूर्ण गुल्‍मेली साथीहरुको भावना र मर्म अनुसार श्‍याम शेरचनको अध्‍यक्षतामा ११ सदस्‍यीय कार्यसमितिको पुर्न गरिएको छ ।

जस अनुसार अध्‍यक्षमा श्‍याम शेरचन , उपाध्‍यक्षमा बिष्‍णु प्रसाद भण्‍डारी, सचिवमा दिपक खड्‌का,सहसचिवमा दान ब.जि.सी. कोषाध्‍यक्षमा बिष्‍णु केसी र सदस्‍यहरूमा क्रमश शंकर राणा,प्रितम भण्‍डारी,भानु थापा ,बिरेन्‍द्र श्रेष्‍ठ,रामु भण्‍डारी र लोकनाथ भण्‍डारी गरी ११ जनाको कार्यसमिति सोही भेला द्घारा चयन गरीएको छ ।

त्‍यसै गरी सोही भेला द्धारा ७ सदस्‍य सल्‍माहकार समिति समेत बनाएको छ। जसमा सल्‍लाहकारहरूमा क्रमश शिव ज्ञावाली,राम भण्‍डारी ( गोकुल ), बिष्‍णु थापा,गोकुल कुवंर,कृष्‍ण पाण्‍डे,मधु भट्‌टराई र केदार आचार्य रहनु भएको छ ।

नव गठित ‘गुल्‍मी सम्‍पर्क समिति ‘ ले दक्षिण कोरियामा रहेका अन्‍य विभिन्‍न संघ संस्‍याहरुसंग पारस्‍परीक सम्‍बन्‍ध कायम गर्दे दुख सुखमा सहयोग पुरयाउन कटटीबद्धता रही आफ्‍नो समितिको उद्देश्‍यलाई साकार तुल्‍याउन एक्‍यबद्धता रहने नव निर्वाचित अध्‍यक्ष श्‍याम शेरचनले बताउनु भयो ।

February 20, 2007

भारतीय रेल बिष्‍फोटनमा ६६ को मृत्‍यु

Filed under: समाचार

 

  

भारतका प्रधानमन्त्री मनमोहन सिंह र पाकिस्तानका राष्ट्रपति परवेज मुशरर्फ दुवैले भारतमा एउटा रेलमा गरिएको आक्रमणको भर्त्सना गरेका छन्। दिल्लीबाट यात्रीहरू लिएर लाहोर तर्फ जाँदै गरेको सम्झौता एक्सप्रेसमा विष्फोट भएपछि आगो लाग्दा कम्तिमा ६६ जना मारिएका थिए। पाकिस्तानका प्रधानमन्त्री शौकत अजिजले उक्त घटना प्रति दु:ख व्यक्त गरेका छन्। उनले ६० जना भन्दाबढी पाकिस्तानीहरूको ज्यान गएको र त्यत्तिकै संख्यामा मानिहरू घाइते भएकोमा आफु निकै दु:खी भएको बताए।

प्रधानमन्त्री अजिजले पाकिस्तानले उक्त घटनाको भत्सर्ना गर्ने जनाउँदै भारतीय अधिकारीहरूले गर्ने छानविनको जानकारी पाकिस्तानलाई दिइने आफुले आशा व्यक्त गरेको बताए। (more…)

February 19, 2007

‘’सुमनिमा सौगात'’ भव्‍यताका साथ सम्‍पन्‍न

Filed under: समाचार

 

  

किराँत राई परिवार द्धारा आयोजित ‘’सुमनिमा सौगात'’ कार्यक्रम सिओलको ओलम्‍पीक पार्क स्‍िथीत रहेको एथलेटिक्‍स स्‍टेडीएममा भव्‍यताका साथ सम्‍पन्‍न भएको थियो । त्‍यस कायर्क्रममा द.कोरियामा रहेका ७०० जति नेपालीहरु उपस्‍िथीत रहेको थियो । उक्त कायर्क्रम किराँत राई परिवारको छैटौ बार्षिक जन्‍मोत्‍सव तथा कोरियाको नव बर्षको उपलक्ष्‍यमा आयोजना गरीएको थियो ।

  

सो कायर्क्रमको पहिलो चरणमा आयोजक कमिटिका अध्‍यक्ष शम्‍भु राई र आन्‍याङ प्रवासी मजदुर गृहका संचालिका किम हे ग्‍यङले दाग बत्ती बालेर कायर्क्रमको शुरुवात गरिएको थियो । राईहरुको कुलको ‘’चण्‍डी नाच" पनि प्रर्दशन गरिएको थियो ।

  

नेपालबाट आमन्‍त्रीत ख्या‍ती प्राप्‍त कलाकार ब्‍याड १९७४, चर्चित लोक गायिका राधा राई , चर्चित नायिका पुजना प्रधान लगायत स्‍थानिय कलाकारहरुले आफ्‍नो कला प्रस्‍तुत गरेर नेपाली दर्शकहरुलाई मन्‍त्रमुग्‍धको साथै आफ्‍नो थकित प्रवासी जीवन बिर्सने क्षण बनाई दिएका थिए ।

February 18, 2007

ब्रिटनी स्‍पेयरस्‌ले किन कपाल खौरिए ?

 

  

विश्‍व प्रसिद्ध सेक्‍सी पप गायिका ब्रिटनी स्‍पेयरस्‌ले आफ्‍नो कपाल आफैले खौरिए छ । किन यस्‍तो गर्नु पर्ने बाध्‍यता थियाे आफ्‍नो फेनहरु मात्र नभएर विश्‍व भरीका संगीतप्रेमीहरुलाई आश्‍चर्यमा पारेका छन ।

स्‍मृती साँस्‍कृतिक सौगात भव्‍यताका साथ सम्‍पन्‍न

Filed under: समाचार

 

  

नेपाली सम्‍पर्क समितिको १३औ बार्षिक जन्‍मोत्‍सव तथा द.कोरियाको नयाँ बर्षको उपलक्ष्‍यमा सउलको दोङृगुग युनिभरसिटिको सभाहलमा आयोजना गरिएको स्‍मृति साँस्‍कृतिक सौगात कार्यक्रम भव्‍यताका साथ गरिएको थियो । सो कार्यक्रममा द.कोरियामा विभिन्‍न पेशामा समबद्ध अन्‍दाजी १ हजार नेपालीहरुको सहभागिता रहेको थियो ।

  

उक्त कार्यक्रमलाई दुई भागमा बिभाजन गरिएको थियो । कार्यक्रमको शुरुवात आमन्‍ित्रत द.कोरियाका बिभिन्‍न सँघ संस्‍थाबाट पाल्‍नु भएका कोरियन पदाधिकारीहरु र नेपाली सम्‍पर्पक समितिका अध्‍यक्ष बम लावतीले संयुक्तरुपमा दाग बत्ती बालेको थियो र नेपाल तथा कोरियामा दिवंगत भएका नेपालीहरुको नाममा १ मिनट मौनधारण गरिएको थियो । साथै नेपाली सम्‍पर्क समितिको स्‍थापना पश्‍चयात गरिएको नेपाली लोक साँस्‍कृतिक कायर्क्रमको झलक र १९९० देखि घाईते भई अपाङग हुनेहरुको फोटो , मृत्‍यु हुनेहरुको फोटोको साथै नामावाली भिजलद्धारा प्रदर्शन गरिएको थियो ।

  

सो कायर्क्रममा उपस्‍िथीत कोरियन नेटवर्कका अध्‍यक्ष किम दोङ हुनले १९९३ देखि नेपाली सम्‍पर्क समिति र नेपालीहरूसंग परिचय भएको र हाल सम्‍म ७०० भन्‍दा बढि घाईते,अपाङग र ८१ जनाको मृत्‍यु भई सकेको जानकारीले नरमाईलो,मन खिन्‍न हुनुको साथै आत्‍माग्‍लानी भएको बताउँदै नेपाली लगायत अन्‍य प्रवासी मजदुरहरुको मानव अधिकार,मजदुर अधिकार प्राप्‍त गर्न भेदभावको अन्‍त नभए सम्‍म संर्घषमा एक्‍यबद्घता रहने जनाउनु भयो ।

  

नेपालबाट आउनु भएका ख्यातिप्राप्त कलाकारहरुले आफ्नो कला प्रस्तुत गर्नुभएको थियो । दोङगुक युनिभर्सिटीमा सम्पन्न भएको कार्यक्रममा नेपालका ख्यातिप्राप्त हाँस्यकलाकार मनोज गजुरेल, चिर्चित गायक शंभु राई, नायिका रेजिना उप्रेती, गायक यशकुमार, दुर्गा गुरुङ, विष्णु खत्रीलगायतले आफ्नो कला प्रस्तुत गर्नुभएको थियो

  

सोही दिन तनहु प्रवासी उद्धार समितिको भाग्‍यशाली चिठठा पनि नेपालबाट पाल्‍नु भएका कलाकारहरुको हातबाट खोलिएको थियो तर सो दिन चिठठा परेका सम्‍बन्‍धीत व्‍यक्ती एक जना पनि थिएन । समितिको नियम अनुसार आधा कटटी टिकट अनिवार्य रुपमा हुनु पर्ने बताएको छ । सम्‍पूर्ण पुरस्‍कारहरु समितिमा सुरक्षित रहेको सो समितिका अध्‍यक्ष राजु दर्लामिले बताएको छ।

February 16, 2007

सुम्निमा सौगात साँस्कृतिक कार्यक्रमका लागि नेपालबाट आमन्त्रित कलाकारहरु कोरियामा

Filed under: समाचार

दक्षिण कोरिया ३ फागुन २०६३ 

उत्तम गुरुङ

                         

                                   

दक्षिण कोरियामा कार्यरत किरात राईहरुको संस्था किरात राई परिवारको छैठौ वार्षिक साधारणसभालाई भव्यतापूर्वक सम्पन्न गर्न आयोजना गरिन लागेको सुम्निमा सौगात साँस्कृतिक कार्यक्रमका लागि नेपालबाट आमन्त्रित कलाकारहरु आज बिहान कोरिया आइपुग्नु भएको छ। प्रवासी भूमि दक्षिण कोरियामा परिश्रम गर्दा-गर्दा थकित भएका नेपालीहरुलाई संगीतको माध्यमबाट मनोरञ्जन प्रदान गर्न र नेपालको सम्झना गराउनका लागि वर्तमान नेपाली युवा पिढीको मुटुको ढुकढुकी छुन सफल नेपालको चर्चित साँगीतिक ब्याण्ड १९७४ एडीका कलाकारहरु, चर्चित नायिका एवं डान्सर पुजना प्रधानका साथै गायिका राधा राईका साथमा किरात राई परिवारले ‘सुम्निमा सौगात’ नामक साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।

जसमा कोरिया आइपुग्नु भएका कलाकारहरुमा १९७४ एडी ब्याण्डका एडीरन प्रधान, फिरोज स्याङ्तान, मनोज केसी, निराकार याक्थुङ्वा, संजयकुमार श्रेष्ठ, नायिका एवं डान्सर पुजना प्रधान र गायिका राधा राई आज कोरियाको अन्तर्राष्ट्रिय विमानस्थल इन्छनमा उत्रनु हुँदा किरात राई परिवारका अध्यक्ष शम्भु राईले पुष्पगुच्छा प्रदान गरी स्वागत गर्नुभएको थियो । साथका किरात राई परिवारका सल्लाहकार सुमन राई, साधारण सदस्य कहरमान राई र गंगा राईसहित अन्य सहभागीहरु स्वागत गर्नका लागि इन्छन पुगनु भएको थियो ।

किरात राई परिवारको यही १८ फेब्रुअरीमा हुन गइरहेको सुम्निमा सौगात साँस्कृतिक कार्यक्रममा कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सहभागी भई कार्यक्रम सफल बनाई दिनुहुन किरात राई परिवार दक्षिण कोरियाले हार्दिक अनुरोधसमेत गरेको छ।

  • नेपाली म्यूजिक भिडियो

  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

    Number of online users in last 3 minutes
    eXTReMe Tracker