आफनो कर्तव्य, काम गर्ने प्रवृती बिर्सिएको जानकारी
फोटो : उत्तम गुरुङृ
![]()
कोरियाका लागी नेपाली कार्यवाहक राजदूत यादव खनालले नेपालीहरुले कोरियामा आफनो कर्तव्य र काम गर्ने प्रवृती बिर्सिएको जानकारी प्राप्त भएको नेपालीहरु मेहेनत लगनशील ईमानदार छ भन्ने कोरिया सरकारलाई देखाउनु सक्षम भएमा आउदो पिडिहरुले कोरियामा काम गर्न सजिलो हुने बारेमा गत २५ तारिख क्यङृगी सिवा सिवाखोडदानमा आपतकालिन नेपाली सेवा समिति र नेपाल तामाड संघ द्धारा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा भन्नु भएको थियो ।
![]()
आपतकालिन नेपाली सेवा समिति र नेपाल तामाड संघका अध्यक्ष क्रमश अकल लामा र धन बहादूर तामाडको संयुक्त सभापत्तित्वमा आयोजना गरिएको उक्त कार्यक्रममा कोरिया स्थित नेपाली संघ संस्थाका पदाधिकारी लगायत अन्य ५० जना जति नेपालीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको शुरुवात नेपालको गौरमा भएको झडपमा मृत्यु हुने २९ जना नेपालीहरुको नाममा १ मिनेट मौन धारण गरेर गरिएको थियो ।
क्यङृगी सिवा सिवाखोड्दान स्िथित माईग्रन्ट सेन्टरका संचालक किमले "सिवामा रहेका नेपालीहरुसंगको पारस्परीक सम्बन्ध कायम गर्दे स्वदेश फर्कने नेपालीहरुको सहयोगमा नेपालमा गरीब अनाथ बालबालिका निशुल्क शिक्षा दिनको निम्ती स्कुल बनाउने लक्ष्य राखेको" बताउनु भयो ।
त्यसै गरी प्रवासी नेपाली पत्रकार संघका अध्यक्ष डम्बर सुब्बाले "नेपाली जनताको करबाट तलब पाउने नेपालको कर्मचारीले नेपालीहरुको हक हितका आवश्य गर्ने छ भन्नेमा आशावादी रहदै नेपालको रौताहटको गौरमा भएको हत्याकाण्डले नेपालको लोकतन्त्रवहालीमा खतरा उत्पन्न हुन सक्छ र त्यसलाई जोगाउन प्रवासमा रहेको नेपालीहरु पनि सचेत भएर एक्यबद्धताका साथमा बुलन्द आवाज निकाल्न आवश्यक छ" भन्नु भयो ।
नेपाल तामाड संघका सचिव मुना बहादुर तामाडले "३ बर्षको अवधी लिएर कोरिया आएर नेपालीहरु नेपालको राजनितकि द्धन्दको कारणस्वदेश फर्कनेहरुको संख्या कम मात्रमा रहेको" बताउनु भयो ।
गुल्मी समितिका अध्यक्ष दिपक खडकाले "भर्खरै स्थापना हुदै गरेको नेपाली दूतावासलाई कोरियामा रहेको संघ संस्थाहरुको समन्वय टिम बनाएर कार्यसंचालनका लागि सहयोग गर्ने प्रावधान बनाउनु पर्छ" भन्नु भयो ।
नेपाली सम्पर्क समितिका कोषाध्यक्ष कृष्णमणी आचार्यले कोरिया रहेको नेपालीहरुको बारेमा संक्षिप्तमा पढेर सुनाएका थिए ।
अन्तमा कार्यवाहक राजदुत खनालले मुलुकको हित नागरीक सम्झदारी बढाउन र विभिन्न किसिमका समस्या समाधानको लागि कोरियामा रहेका संघ संस्थाहरुको नेतृत्व गर्ने टोलीसंग अन्र्तकि्रया कार्यक्रम राख्ने बताउनु भयो ।