यहाँहरुलाई koreanp.blogsome तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । koreanpblog@yahoo.com ब्‍लगर (डम्बर सुब्बा) द.कोरिया ,देउ कुमार सुब्बा (नेपाल)।

korea

nepal

April 29, 2007

प्रहरीको गोली लागी एक जनाको मृत्यु

Filed under: अन्‍य

लहान/चुरे भावर एकता समाज नेपालका कार्यकर्ता र प्रहरीबीच शनिबार बिहान ६ बजे भएको झडपमा एक जनाको मृत्यु भएको छ भने १२ जना भन्दा बढी घाइते भएका छन् । चुरे भावर एकता समाजले वैशाख १० गतेदेखि अनिश्चित कालीन बन्द खुलाउन जनपथ तथा सशस्त्र प्रहरीको टोलीले पश्चिमबाट पूर्वतफ सवारी साधनलाई स्कर्टिङ गर्दै लाने क्रममा उक्त झडप भएको हो । प्रहरीको गोली लागी ढुग्रेखोला गाविस-४ मा पर्ने पूर्वपश्चिम राजमार्ग खण्डमा सोही गाविस-१ निवासी ४० वर्षीय बन्ठा भनिने मंगलबहादुर गुर्मछानको मृत्यु भएको छ । प्रहरीको गोलीबाट सख्त घाइते हुनेहरूमा सोही गाविस वडा नं. २ निवासी ३५ वर्षीय रमित लामाको तिघ्रामा र हरिवन गाविस-४ निवासी २२ वर्षीय उत्तम उप्रेतीको छातीमा गोली लागेको छ । उनीहरूको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । यसैगरी, प्रहरीको लाठी प्रहारबाट हरिवन गाविस-५ को सुखिपोखरीमा अवस्थित द ब्रदशर्स आयल स्टोर्सका कामदार नवराज रेग्मी, ढुंग्रेखेाला गाविस-४ का हरिप्रसाद पौडेल, देवराज पौडेल, हरिवन गाविस-६ का राधाकृष्ण मास्के, मोहम्मद सलिम मियाँ, कृष्ण मैनाली, सुब्बा लामा,पूर्ण खड्‍का र कमलेश थापा पनि घाइते भएका छन् । साथै, समाजका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागि प्रहरी निरीक्षक भरत विश्वकर्मा, सइ नविन सिंह, प्रहरी जवान हरिशंकर साह, रमेश विश्वकर्मा, लालबहादुर गुरुङ, नवलकिशोर यादव र दीपेन्द्र ठाकुर सामान्य घाइते भएका छन् ।

भारतीय अण्डा गाडियो

Filed under: अन्‍य

काँकडभिट्टा/अवैध रुपमा नेपाल भित्तयाइएको साढे ६ हजार मोल बराबरको भारतीय सेतो अण्डा शनिबार अधिकारीहरूले बरामद गरी नष्ठ गरेका छन् । सशस्त्र प्रहरीको राजश्व गस्तीले लुकाइ छुपाइ नेपाल ल्याएको एक हजार दुइ सय ६० वटा सेतो अण्डा बसबाट बरामद गरेको थियो । बरामद गरिएको त्यो अण्डा काँकडभिट्टास्थित पशु क्वारेन्टाइन कार्यालयको रोहवरमा खाल्डो खनी पुरिएको छ । घातक सरुवा रोग बर्ड फ्‍लू भारतको कोलकता लगायतका क्षेत्रमा पनि देखिएपछि अधिकारीहरूले भारतबाट पंक्षी तथा पंक्षी जन्य पदार्थ नेपाल ल्याउन प्रतिवन्ध लगाएका छन् । झापामा गएको फागुनदेखि त्यस्ता पदार्थमाथि प्रतिवन्ध लगाइएको छ ।

April 26, 2007

रेडियो नेपाल माओवादीमय

Filed under: अन्‍य

माओवादीले सूचना तथा सञ्चार मन्त्रालय सम्हालेको तीन सातापछि रेडियो नेपालमा राजनीतिक नियुक्ति सुरु गरेको छ। सामान्यतया सरकार परिवर्तन हुनेबित्तिकै समाचारमूलक कार्यक्रम ‘घटना र विचार’ र परिवेशजस्ता राजनीतिक कार्यक्रम सञ्चालक टोली तत्काल फेरिने गरेकोमा यसपटक भने त्यसो भएन। तीन हप्तापछि मात्र माओवादीले यी दुवै कार्यक्रमको सञ्चालनको जिम्मा लिएको हो।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चारमन्त्री कृष्णबहादुर महराले पत्रकार सङ्घका अध्यक्ष महेश दाहाललाई गरेको नियुक्ति पारित गरेपछि सरकारी सञ्चारमाध्यममा माओवादीले नियुक्ति अघि बढाएको हो। माओवादीले रेडियो नेपालमा बिहान सञ्चालन हुने परिवेश कार्यक्रमको सट्टा ‘नव साङ्गीतिक अभियान’ नामक कार्यक्रम चलाउन सुरु गरेको छ। सो कार्यक्रमको संयोजन विष्णु सापकोटाले गरेका छन्। उनी यसअघि माओवादीद्वारा पूर्वाञ्चलमा सञ्चालित पूर्वी कमान्डको जनगणतान्त्रिक रेडियोका संयोजक रहेका थिए।

त्यस्तै रेडियो नेपालको कार्यक्रम घटना र विचारको सञ्चालन संयोजन सचिन रोक्काले गरेका छन्। उनी यसअघि माओवादीद्वारा सञ्चालित पश्चिम जनगणतान्त्रिक रेडियोका संयोजक थिए। घटना र विचार भने समावेशी बनाउने तयारी भइरहेको माओवादी स्रोतले जनाएको छ।

त्यस्तै माओवादीले हिजो बसेको मन्त्रिपरिषद्को बैठकमा आफूहरूले सम्हालेका मन्त्रालयमा सचिव फेर्न पाउनुपर्ने माग गरेका छन्। तर त्यसबारे भने मन्त्रिपरिषद् बैठकले निर्णय लिइनसकेको बताइएको छ।

नेपाल-कोरिया कल्चर एक्सचेञ्ज कार्यक्रम सम्पन्न

Filed under: अन्‍य

दक्षिण कोरियाको छनानस्थित छनान सिटी हलमा दुई देशबीचको कल्चर एक्सचेञ्ज कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका निर्देशक केशव सापकोटाले दिनुभएको जानकारीअनुसार नेपालबाट १४ जनाको साँस्कृतिक टोली १५ अप्रीलमा दक्षिण कोरिया आई यही २५ अप्रीलमा कोरियाको छनानस्थित छनान सिटी हलमा विभिन्न किसिमका साँस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए ।

जसमा प्रस्तुत गरिएका विभिन्न नृत्यमध्य मञ्जुश्री, धाननाच, झाँगर नाच, घाँटु नाच, शेर्पा नाच र समग्रमा नेपालमा रहेका सबै जातजातिको संस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरिएको थियो । उक्त साँस्कृतिक आदान-प्रदान कार्यक्रममा प्रमुख अतिथि कोरियाका लागि नेपाली कार्यबाहक राजदूत यादव खनाल रहनु भएको थियो भने अन्य अतिथिमा छनान महानगरपालिकाका उपप्रमुख, कोरिया वल्र्ड पिस फोरमका अध्यक्ष, सोनसिकका अध्यक्ष प्रमोद श्रेष्ठलगायतका हुनुहुन्थ्यो ।

त्यसैगरी कार्यक्रमका निर्देशक केशव सापकोटाले दिनुभएको जानकारीअनुसार कोरियामा दुई महिनासम्म रही कोरियाका विभिन्न सहरहरुमा नेपालको संस्कृति झल्कने किसिमका साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने भएको छ।

Nation Celebrated Democracy Day

Filed under: अन्‍य

24 April 2007 Kathmandu

Democracy Day was celebrated with a program organized by civil society at Durbar Square Kathmandu today. The program started with a rally from Kalanki, famously known as Loktantrik Chowk (Democracy Crossroad).

The rally took around of Kalimati, Teku, Tripureshwore, Shahid Gate and finally concluded into a mass gathering upon reaching Durbar Square. Along with FNJ President Bishnu Nisthuri, various political leaders, Maoist Supremo Prachanda, civil society members, artists and others expressed their views about the political situation of this one year after the restoration of Democracy.

At the program president Nisthuri stressed on his disappointment on the long transitory period of nation and said that he soon wants to see the nation as a Republic one. Similarly,

FNJ organized a photo exhibition in a program organized by civil society on 23rd April at Durbar Square. The exhibition portrayed the pictures of people’s movement.

April 24, 2007

पाँच ट्रक सेना लिएर राजा पञ्चवलीमा, दरबारदेखि दक्षिणकालीसम्मै गस्ती

Filed under: अन्‍य

 

 

                            

मुलुकभर आज लोकतन्त्रको खुशीयाली मनाइँदैगर्दा राजा ज्ञानेन्द्र भने परम्परालाई निरन्तरता दिंदै पञ्चबली दिन स-परिवार दक्षिणकाली पुगेका छन्।

स्व. गिर्वाणयुद्ध विक्रम शाहको पालादेखि प्रत्येक वर्षवैशाख शुक्ल अष्टमीका दिन दरबारले दक्षिणकाली मन्दिरमा भव्य पूजा गर्दै पञ्चबली दिने परम्परा रहँदै आएको बताइन्छ। यस वर्षसंयोग पनि गजबकै परेको छ, जनता राजाबाट अधिकार खोसेर लोकतन्त्रको उत्सव मनाइरहेका छन् भने राजा ज्ञानेन्द्र चाहिं माता दक्षिणकालीको शरणमा पुगेका छन्।

दरबारका आसेपासे र ज्योतिषको सल्लाहअनुसार शासन सत्ता चलाउने राजा ज्ञानेन्द्रलाई ज्योतिषीले असार २३ सम्म ग्रह दशा नराम्रो रहेकाले अत्यधिक पूजा-आजामा लाग्न सुझाव दिएको कुरा सार्वजनिक भैसकेको छ। वैशाख शुक्ल अष्टमीका दिन आज दक्षिणकाली मन्दिर गएका राजा ज्ञानेन्द्र र परिवारको सुरक्षार्थ संयुक्त सुरक्षाफौज परिचालन गरिएको छ।

लोकतन्त्र आएपछि व्यारेकबाट ननिस्केको नेपाली सेना आज पहिलो पटक हतियार सहित राजाको सुरक्षार्थ निस्केको छ। राजदरबारदेखि दक्षिणकाली मन्दिरसम्म नै सवारीमा सेनाका अतिरिक्त सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरिएको छ। बिहान १० बजे राजा जाँदा बल्खुदेखि दक्षिणकालीसम्मकै बाटोमा हिंडडुलमा समेत प्रतिबन्ध लगाइएको थियो भने यातायातसमेत ठप्प पारिएको थियो।

आज बिहानै दक्षिणकाली क्षेत्रमा पाँच ट्रक सेना उतारिएको स्थानीय प्रत्यक्षदर्शीले  बताए। सेना र सशस्त्र प्रहरीको वम डिस्पोजल टोलीले बिहानै दक्षिणकाली क्षेत्रको निरीक्षण समेत गरेर फर्केको थियो। आज बिहान १०:१५ बजे नारायणहिटीबाट राजा-रानी स-परिवार दक्षिणकाली गएका र सर्वसाधारण सरहलाइनमै बसेर पञ्चबलीसहित पूजाआजा गरी दिउँसो २ बजेतिर फर्कने कार्यक्रम रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ।

यसअघि शिवरात्रिमा पशुपति जाँदा राजामाथि ढुंगा हानिएपछि आज दक्षिणकाली क्षेत्रमा सेना तैनाथ गरी सुरक्षा व्यवस्था कडा पारिएको स्रोत बताउँछ।

लोकतन्त्र दिवसमा विविध कार्यक्रम

Filed under: समाचार

 

                   

लोकतन्त्र आएको एक वर्षपुगेको खुशीयाली मनाउँदै आज सरकार र नागरिक समाजले राजधानीमा छुट्टाछुट्टै कार्यक्रम गर्दै छन्।

आज बिहान १०:३० बजे सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सकरारका मन्त्री, संवैधानिक निकायका प्रमुख, सैनिक प्रमुख, प्रधानन्यायाधिशलगायतका विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो। उपत्यकावासी सबैलाई आजको विशेष कार्यक्रममा सहभागी हुन सरकारले यसअघि नै आग्रह गरिसकेको छ।

लोकतन्त्र दिवसका दिन आज सैनिक मञ्च टुँडिखेलमा सैनिकहरुले कवाज प्रदर्शन गर्नुका साथै हेलिकोप्टरबाट पुष्पवृष्टि गरी विभिन्न मांगलिक धुन समेत बजाएका थिए। समारोहमा उपत्यकवासी र्सवसाधारणको समेत उल्लेख्य उपस्थिति देखिन्थ्यो।

                   

त्यसैगरी आजै नागरिक समाजका तर्फबाट राजधानीको कलंकी चोकबाट दिउँसो १२ बजे जुलुस सहित नगर परिक्रमा गर्ने र बसन्तपुरमा पुगेर लोकतान्त्रिक सभाको आयोजना गरिने कार्यक्रम छ। सभालाई माओवादी अध्यक्ष प्रचण्ड, एमाले महासचिव माधव नेपाल, सरकारका वरिष्ठ मन्त्री रामचन्द्र पौडेल नागरिक समाजका अगुवाहरुले सम्बोधन गर्नेछन्।

त्यसैगरी लोकतन्त्रको आन्दोलनमा नागरिक समाजका तर्फबाट सहभागी कलाकार, चित्रकारले पनि आज भाग लिंदैछन्। बाल बलाकार रुविन गन्धर्व, प्रसिद्ध हास्य जोडी मह, हास्य कलाकार मनोज गजुरेल, लोककवि अर्जुन पराजुली, गायक रामेश, रायनलगायतले आजको कार्यक्रमलाई थप आकर्षक बनाउने भएका छन्। लोकतन्त्रका अवसरमा आज देशभर नै शहिदका सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।

आज बिहान ७ः३० मा कलंकीमा शहीद भएका प्रद्युम्न खड्काको स्मृतिमा स्युचाटार वासीले पाठपूजा एवं श्रद्धाञ्जली सभा गरेका छन्। बेलुकी कलंकी चोकमा द्विप प्रज्ज्वलन समेत गरिने छ।

त्यसैगरी राजधानीको उत्तरपूर्वी गाविस गागलफेदीमा लोकतान्त्रिक शहीद उद्यान निर्माण कार्यको शुभारम्भ एमाले महासचिव माधव नेपालले गर्नुहुनेछ। त्यसैगरी कीर्तिपुरवासीले लोकतन्त्रको लागि गरेको आन्दोलनको सम्झना गर्दै एमालेले आज किर्तिपुरमा नगर कार्यालय स्थापना गर्ने जनाएको छ।

छुसकको अवसरमा नेपाल-कोरिया साँस्कृतिक मञ्चको कार्यक्रम

Filed under: अन्‍य

कोरियाको महान पर्व छुसकको अवसरमा नेपाल-कोरिया साँस्कृतिक मञ्च (एनकेसीएफ) ले दक्षिण कोरियामा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

कोरियाको महान पर्व छुसकको अवसरमा २००७-९-२५ तारिखका दिन कार्यक्रम आयोजना गरिने जानकारी आयोजक संस्थाका अध्यक्ष प्रेम गुरूङले दिनु भएको छ । आयोजक एनकेसीएफले प्रवासी भूमिमा रहेर पनि देशको संस्कृतिको प्रवर्द्धन, विस्तार र पहिचान गराउन र लोप हुँदै गएको नेपालको संस्कृतिको जगेर्ना गर्नका लागि प्रवासी भूमि दक्षिण कोरियामा स्थपित मञ्चले यहाँ रहेर पनि आफ्नो देशको साँस्कृतिक पहिचान यहाँका विभिन्न स्थानमा गराउँदै आएको जानकारी गुरूङले दिनु भएको छ ।

उहाँले दक्षिण कोरियाको महान पर्व छुसक, सान्नालको लामो विदामा कुनै साँस्कृतिक कार्यक्रम नगरेको हुनाले यस पटकको छुसकमा सेप्टेम्बर २५ तारिखका दिन दिन नेपाल-कोरिया साँस्कृतिक मञ्च दक्षिण कोरिया विशेष साँस्कृतिक कार्यक्रम गर्न लागिएको मञ्चका अध्यक्ष प्रेम गुरुङले बताउनुभयो । त्यसको लागि नेपालबाट ख्यातिप्राप्त कलाकारहरु झिकाउने जानकारी पनि प्राप्त भएको छ ।

आयोजक संस्थाले त्यस दिन कुनै पनि संघ/संस्थालाई कार्यक्रम नजुधाई दिनहुनु आव्हान गरेको छ । अध्यक्ष प्रेम गुरुङले दक्षिण कोरियामा रहनु भएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनी र संघ/संस्थाबाट यस अघि जस्तै सहयोगको अपेक्षा गर्नु भएको छ ।

Journalist threatened

Filed under: अन्‍य

22 April 2007 Makwanpur ,

Nepal Santosh Neupane, Editor/Publisher of "Narayani Express National Daily" published from Hetauda was threatened by Maoist on 22 April at Mahari Bazaar, Hetauda. Neupane was threatened for publishing various news related to the Maoists.

The news that the daily published are, about the conflict between Maoists and locals on 16 April at Bashmadi of Makawanpur and about the clash between timber contractor and Young Communist League (YCL) on collecting money from local bazaar on 18 April. The newspaper on 20 April had also disseminated the news about robbing and attacking the house of three people that were imprisoned by Maoists.

They were released on 19 April form Southern Regional Jail of Maoists located at Hatiya village of Makawanpur . After the publication of these news, the Maoists interrupted the vehicular activity at Manahari Bazaar, Makwanpur, demanding that editor Neupane should come to the bazaar and ask for forgiveness. The issue was solved after an all party meeting.

An unidentified person who called himself to be a Maoist on 22 April threatened Neupane through telephone to take his life and to set the publication house on fire. Neupane also informed that he has been receiving threats in the past whenever he disseminated news against the Maoists.

Federation of Nepalese Journalists (FNJ) has condemned the incident and has expressed its serious concern over the continous threats against journalists for writing news.

FNJ also called the Maoists to be committed towards freedom of press and expression. It has also urged the government to ensure safety and security of the journalists and to take immediate action against the guilty.

Journalists threatened

Filed under: समाचार

23 April 2007 Rasuwa , Nepal

Krishna Thapa, correspondent of Kantipur daily was threatened by Minnath Devkota, Chairman of Rasuwa Hospital Development Committee on 19 April at Dunchhe, Rasuwa, Central Region of Nepal.

Devkota threatened him for not covering the news of health camp organized by the Rasuwa Hospital . Devkota said "I will kill these types of journalists - what are you thinking about me?" Federation of Nepalese Journalists (FNJ) condemned the act and has urged the respected people to respect press freedom and freedom of expression.

The federation has also urged to not to force the journalists to disseminate the news as per the self interest of a person or organization.

  • नेपाली म्यूजिक भिडियो

  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

    Number of online users in last 3 minutes
    eXTReMe Tracker