सामाजिक सुधारमा फाल्गुनन्द लिङदेनको योगदान
अमृत सुब्बा
समयको बहाक र अरू-अरू मानव समाजको संसर्गले गर्दा आदिवासी किरातीहरूमा पनि धार्मिक विखण्डन र सामाजिक विचलन शुरू भयो किरातीहरूले आफ्नो मान्यता स्थापना र सामाजिक नियमहरू बिर्सन थाले, आफ्नो पहिचान भुल्न थाले किरात प्रदेशमा धार्मिक र सामाजिक अन्यौल सुरू भयो किरातीहरू अधिकांश रूपमा दिग्भ्रमित भएर अल्मलिएको थियो । ‘जहाँ समस्या त्यहाँ उपाय’ भने झै इलाम जिल्ला इमाङ गाविस-५ चुक्चिनाम्बा गाउँमा एउटा साधारणकिसान कै घरमा जन्म लिएर सामान्य मानिस सरह जीवन यापन गर्दै मुहिगुम अङसीमाङ फालगुनन्द लिङ्देनले किरात समाजलाई सुधारको बाटोमा लैजाने कोशिस गर्नु भयो किरातीलाई सत्मार्गमा लैजाने प्रयत्न गर्नु भयो । उहाँले कुनै पनि औपचारिक शिक्षा ग्रहणतथा गुरूबाट दिक्षित भएको पाइँदैन । तर, उनमा जुन ज्ञानरूपी भण्डार र शक्ति थियो त्यो अलौकिक थियो आफ्नो विकृति, विसंगतिले चुर्लम्म डुबेको समाजलाई त्यही शक्तिले सुधारको मार्गमा तार्ने काम गर्नु भयो । मुहिगुम अङसीमाङले खास गरेर पूर्व लिम्बूवान क्षेत्र हँुदै बिस्तारै भारत, सिक्किम, भुटानसम्म सुधारको मार्गमा तान्नु भएको देखिन्छ । उहाँले मुख्य रूपमा हत्या, हिंसा त्याग्ने शिक्षा दिनुभयो । शरिर, मन र वचनले पनि मान्छेले हिंसा गर्दछ भन्ने कुरामा पनि ज्ञान दिनु भयो । असत्य मार्ग त्यागेर सत्यको मार्गमा लाग्न अभिप्रेरित गर्नु भएको थियो । उहाँले जाँड रक्सीको प्रयोग घटाएर चरित्रको सुधारमा जोड दिनु भएको थियो । वि.स. १९८८ साल वैशाख २४ गते लिम्बूवानको थुम-थुमका सुब्वा, साहु माहाजन, बुद्धिजीवी, भक्तजन सर्वसाधरण्लाई पाँचथरको चोक्मागु गाविस लवरेकुटी माङहिम (मन्दिर) मा जम्मा गरी लिम्बूवानमा रहेको सामाजिक शोषणर धार्मिक विचलनको एकरूपताको लागि १० बुँदे मुचुल्का लेखी/लेखाइ सहि छाप गर्नु/गराउनु भएको भेटिन्छ । त्यसैबेलामा लिम्बूवानमा रहेको छोरी को विवाह कार्यमा सोत रित खाने, जारी विवाह गर्ने संस्कारलाई निरूत्साहित गर्नु भएको थियो । छोरीको विवाह गर्दा सुनाउली रूपाउली नखानु/नलिनु छोरा सरह विवाह कर्म गर्नु भन्नु भएको थियो । छोरीलाई पनि शिक्षादीक्षा दिनु, कपास काटी तान बुनेर आफै प्रयोग गर्नु भनि आर्थिक सुधारका पक्षमा पनि बोल्नु भएको थियो । मृत्य संस्कार र जन्म संस्कार तथा कूल पितृ पुज्दा वा कुनै पनि धार्मिक, सामाजिक कार्य गर्दा अत्याधिक जाँड रक्सी तथा बली पूजा गर्ने परम्परा रहिरहेको अवस्थामा त्यसलाई निरूत्साहित गरी नैवेद धुव वत्तलिे गर्ने/गराउने भनी उल्लेख गरिएको पाइन्छ । यसबाट शिक्षाको प्रचारका साथै सामाजिक सुधारका प्रयास थाल्नु भएको थियो, सुब्बाहरूको अगुवाइमा सर्वसाधरणकिरात समुदायामा मुद्दा मामिला र झैंझगडाका विषयमा पनि ठूलो सुधार भएको देखिन्छ । सानु स्वर तर कठोर मिजासका गुरूका सामु कसैले पनि अनावश्यक प्रश्न र जिकीर गर्ने हिम्मत गर्दैनथे र सबैमा गुरूप्रति आघात श्रदाभक्ति थियो । त्यो समयको निरङ्कुश राणा शासकहरूको विगविगीमा कुनै परम्परागत शिक्षा-दीक्षा बिना नै माहागुरू फाल्गुनन्दले आफ्नो समाजमा धार्मिक सुत्रहरूको स्थापना र प्रचार-प्रसार गर्नुभएको देखिन्छ, आजको जस्तो मातृभाषाको अभियान सुरू नभएको अवस्थामा वहाँले धार्मिक अनुष्ठान र शिक्षाका क्षेत्रमा व्यापक मात्रमा आफ्नो मातृभाषा तथा किरात लिपिको प्रचार-प्रसार र प्रयोग गर्नु भएको पाइन्छ । किरात भाषा तथा लिपिमा कर्मकाण्डको निर्माणगर्नु भयो । धर्मको नाममा सामाजिक र धार्मिक शोषण्को उछितो काढ्नु भयो । सामाजिक र धार्मिक शोषण्को अन्त्य गर्ने अभियान थाल्नु भयो । जसले किरात वशंमा ठूलो सुधारको मार्ग खुल्यो, चेतनाको विकास हुन थाल्यो, राज्यव्यवस्था सरल र सहज थिएन । त्यसबखत राणा शासनको चरम सिमाको शोषणदमन थियो । उहाँले राणा शासनविरूद्ध कुरा गर्नु भएन कुनै राजनीतिक शिक्षा पनि दिनु भएन तर समाज सुधार र धार्मिक कुराको भन्ने व्यापक प्रचार-प्रसार गर्नु भयो, शिक्षाको महत्व बुझाउनु भयो यसबाट समाज बिस्तारै परिवर्तनको दिशातिर उन्मुख हुदैं गयो । महिगुम आङसीमाङ फालगुनन्दले दिएर जानु भएको धर्म र सामाजिक शिक्षा मातृभाषाको महत्व र नैतिकता विषयमा आज हामीले भुल्न थाल्यौं । उहाँको धार्मिक दीक्षाहरूको ह्रास आउन थालेको जस्तो लाग्छ , नैतिक शिक्षाको विचलन हाम्रा समाजमा धर्मका नाममा पाखण्ड र शिक्षाको नाममा व्यापार सुरू भएको छ नैतिकताको खडेरी चलिरहेको अवस्थामा माहागुरू फल्गुनन्द लिङ्देनको अभाव भइरहेको अवस्था वा अपूरो रहेको कार्यलाई निरन्तरता दिनको लागि उनै लिङदेन वंशमा अङसीमाङ परमानन्द सेइङ र गुरू माता पवित्रहाङमा साम्बा लिङदेनको जन्म भइ सो कार्यको निरन्तरताका साथ काम भइरहेको किरात धर्मका भक्तजनहरू सम्झिरहेका छन् । हरेक वर्षको बैशाख २४ गते उनैको सम्झनामा समाज सुधार दिवस मनाइरहेका छन् ।