यहाँहरुलाई koreanp.blogsome तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । koreanpblog@yahoo.com ब्‍लगर (डम्बर सुब्बा) द.कोरिया ,देउ कुमार सुब्बा (नेपाल)।

korea

nepal

June 6, 2007

कपोलकल्पित समाचारको भ्रममा नपर्न कोरियामा रहेका नेपाली संस्थाहरुको अनुरोध

Filed under: अन्‍य

दक्षिण कोरियामा कार्यरत झण्डै विभिन्न दर्जन नेपाली संघ संगठनले विज्ञप्ति जारी गरी दक्षिण कोरिया सरकार र नेपाल सरकारबीच सम्झौता नै नभइसकेको इपीएस प्रणालीको भ्रममा नपर्न आग्रह गरेका छन् ।

दक्षिण कोरिया सरकारले गत फेब्रुअरी अन्तिम साता निर्णय गरी सन् २००७ देखि ‘प्रक्रिया पूरा गरेमा’ नेपाललाई पनि इपीएस प्रक्रियामा लाने निर्णय गरे पनि हालसम्म नेपाल सरकारले सम्पूर्ण प्रक्रिया पूरा गरी नसकेकाले सम्झौतापत्र (एमओयू) मा दोहोरो हस्ताक्षर भएको छैन ।

विगत केही समयअगाडि देखि नै तथ्य स्रोत बिना नै विभिन्न लेख तथा समाचारहरु इपीएसको बारेमा आउँदै गरेका बखत यही जुन ०४ तारिखका दिन केही अनलाइन संचार माध्यममा ‘नेपालले इपीएस पाउने निश्चित भएपछि कोरियामा चहलपहल सुरु’ भन्ने शिर्षकमा छापिएको समाचारप्रति कोरियामा रहेका नेपालीहरुको साझा संस्थाको रुपमा रहेको नेपाली सम्पर्क समितिका साथै नेपाल बौद्ध परिवार, नेपाल मगर संघ, सोलुखुम्बू सम्पर्क समिति, स्याङ्जा परिवार, हेल्पिङ्ग फर पाँचथर, थुलुङ राई साँवा, भोजपुर परिवार, प्रगतिशील मोर्चा, प्रवासी संघ, किरात याक्थुङ्ग समितिलगायतका संस्थाहरुले विज्ञप्तिमार्फत बिना प्रसंग र कपोलकल्पित नाम साक्षी राखी एउटा व्यक्तिलाई चोख्याउनका लागि कोरियामा रहेका नेपालीहरुलाई मुछेर प्रकाशित गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको र त्यस्ता गम्भीर चासोका विषयमा विना अध्ययन र विना पुष्टिका समाचार प्रकाशन नगर्न आग्रह गरेका छन् ।

साथै उनीहरुले विज्ञप्तिमा त्यस्ता समाचारप्रति चनाखो रहनसमेत सम्बन्धित सबैमा आग्रह गरेका छन् । हजारौ नेपालीले रोजगार पाउने इपीएस प्रणालीको नामबाट हाल नेपालमा भइरहेको मानव तस्कर र भ्रामक समाचारले पाउने प्रश्रयलाई रोक्न तत्काल नेपाल सरकारले सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर गरी प्रक्रिया अगाडि बढाउन विज्ञप्तिमार्फत नेपाल सरकारसँगसमेत आग्रह गरेका छन् ।

Comments »

The URI to TrackBack this entry is: http://koreanp.blogsome.com/2007/06/06/p537/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

  • नेपाली म्यूजिक भिडियो

  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

    Number of online users in last 3 minutes
    eXTReMe Tracker