यहाँहरुलाई koreanp.blogsome तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । koreanpblog@yahoo.com ब्‍लगर (डम्बर सुब्बा) द.कोरिया ,देउ कुमार सुब्बा (नेपाल)।

korea

nepal

June 19, 2007

चिठ्ठा विवाद: प्रहरीको गोली लागी एक युवकको मृत्यु

Filed under: nepal

झापा- बिर्तामोडमा निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै प्रहरीले गोली चलाउँदा एक युवकको मृत्यु भएको छ । चिठ्ठा सम्बन्धी विषयलाई लिएर शनिबार भएको घटनाको विरोध गर्दै बिर्तामोडमा प्रदर्शन जारी छ ।
प्रहरीले प्रदर्शनमा चलाएको गोली लागी इलाम साङरुम्बाका १५ वर्षीय सुवास खत्रीको मृत्यु भएको हो । उनी स्थानीय होटलमा कार्यरत थिए ।
प्रहरीको गोली लागी दुईजना गम्भीर घाइते भएका छन् । घाइते कोशीलाल चौधरी र उमाकान्त चौधरीको कञ्चनजङ्घा अस्पतालमा उपचार भइरहेको छ । घटनामा अन्य १० जना पनि सामान्य घाइते भएका छन् । घाइते हुनेहरुमा केही प्रहरीसमेत छन् ।
स्थानीय बासिन्दाको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले हवाइफायर गर्नुकोसाथै अश्रुँग्याँस समेत प्रहार गरेको छ । प्रदर्शनकारीले इलाका प्रहरी कार्यालयतर्फ अघि बढ्दै प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको प्रहरीको भनाइ छ ।
स्थिति तनावग्रस्त भएपछि स्थानीय प्रशासनले आइतबार दिउँसो पौने १ बजे देखि आठघण्टा निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञापछि पनि त्यहाँको स्थिति नियन्त्रणमा आउन सकेको छैन । आक्रोशित भीडले मुक्तिचोकमा रहेको आठदलको झण्डा जलाएका छन् भने चिठ्ठा आयोजक समितिका कोषाध्यक्ष कमल पोखरेलको घरमा सामान्य तोडफोड गरेका छन् ।
प्रदर्शनकारीहरुले यातायात सेवासमेत बन्द गराएका छन् । चिठ्ठा विषयको विवादमा शनिबार अनावश्यक प्रहरी हस्तक्षेप भएको भन्दै स्थानीय बासिन्दाहरुले आइतबार बिहानैदेखि जिल्लाको यातायात तथा बिर्तामोड बजार बन्द गराएका हुन् ।
विवादका क्रममा शनिबार भएको झडपमा केही व्यक्ति घाइते भएका थिए । घाइतेमध्ये तीनको अवस्था अझै गम्भीर रहेको छ । स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि उनीहरुलाई आइतबार भारतको सिलिगुढी लगिएको छ । केही महिनाअघि वितरण गरिएको चिठ्ठाको परिणाम गोप्यरुपमा शनिबार सार्वजनिक गरिएपछि ग्राहक र वितरकहरुबीच विवाद भएको थियो ।यसैबीच समाचार सङ्कलनका लागि गएका नेपाल एफएमका सम्वाददाता नारायण खड्का र अर्का पत्रकार यादव पौडेललाई प्रदर्शनकारीहरुले कुटपिट गरी घाइते बनाएका छन् । घाइते दुबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

Comments »

The URI to TrackBack this entry is: http://koreanp.blogsome.com/2007/06/19/p540/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

  • नेपाली म्यूजिक भिडियो

  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

    Number of online users in last 3 minutes
    eXTReMe Tracker