यहाँहरुलाई koreanp.blogsome तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । koreanpblog@yahoo.com ब्‍लगर (डम्बर सुब्बा) द.कोरिया ,देउ कुमार सुब्बा (नेपाल)।

korea

nepal

June 27, 2007

कर्णाली उज्यालो कार्यक्रम शुरू, नौ जिल्लामा साठी हजार सौर्य टुकी वितरण हुने

Filed under: अन्‍य

सरकारले गत साउनको बजेट वक्तव्यमार्फत घोषणा गरेको ‘कर्णाली उज्यालो कार्यक्रम’ असारको पहिलो साताबाट बल्ल शुरू भएको छ। राष्ट्रिय विद्युत् प्रसारण लाइन, लघु जलविद्युत् र सौर्य प्रणालीबाट अहिलेसम्म नजोडिएको कर्णालीका ५ जिल्ला र कर्णालीसँग सिमाना जोडिएका ४ गरी ९ जिल्लामा यो कार्यक्रम शुरू भएको हो। कर्णालीको डोल्पा, हुम्ला, जुम्ला, कालीकोट र मुगु एवम् यो अञ्चलसँग सिमाना जोडिएको जाजरकोट, बझाङ, अछाम र बाजुरा जिल्लामा कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत सोलारबाट चल्ने दुईवटा १२/१२ वाटका बत्ती -सोलार टुकी) को वितरण शुरू गरिएको छ।
यो कार्यक्रमअन्तर्गत ४ हजार ५ सय रुपियाँ लागत पर्ने सोलार प्यानलसहितको उक्त बत्ती स्थानीय जनताले २ सय २५ रुपियाँ तिरेर प्राप्त गरेका छन्। कर्णाली उज्यालो कार्यक्रमको शुरूआत डोल्पाको जुफालबाट गरिएको छ।
सरकारको यो कार्यक्रमबाट कर्णाली र योसँग सिमाना जोडिएका गरी ९ जिल्लाका ६० हजार परिवारले दुईवटा बत्ती बाल्ने एवम् रेडियोसमेत सुन्न पाउनेछन्’ -वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका ऊर्जा अधिकृत राजीव मुनकर्मीको भनाइ छ। यो कार्यक्रमबाट मट्टीतेलको टुकीसमेत बाल्न नपाएका कर्णालीका बासिन्दाको स्वास्थ्यमा सुधार हुनुका साथै विद्यार्थीले साँझको समयमा पढ्ने सुविधासमेत पाउनेछन्।
ऊर्जा अधिकृत मुनकर्मीका अनुसार यो कार्यक्रमको मुख्य उद्देश्य नै विकट भेगमा उज्यालो र सूचनाको पहुँच पुर्‍याउने हो। पहिलो चरणमा यो कार्यक्रमले दलित, विपन्न र जलविद्युत्बाट विमुख भएकाहरूलाई समेटेको छ। कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत डोल्पामा १ हजार ५ सय ९०, जुम्लामा ६ हजार ८ सय, कालीकोटमा १३ हजार ७ सय ६०, मुगुमा ५ हजार २ सय र हुम्लामा ३ हजार ६ सय ५० सौर्य टुकी वितरण यो आर्थिक वर्षभत्र सम्पन्न गर्ने लक्ष्य वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लिएको छ।
तर मुगुका लागि छुट्टाइएको कोटा थोरै भएको जनाउँदै जिल्ला विकास समितिले थप सोलार टुकी दिएमा मात्र यो वर्षवितरण गर्ने निर्णय गरेका कारण अहिलेलाई वितरण कार्य स्थगित गरिएको छ।
त्यस्तै कर्णालीसँग सिमाना जोडिएको जाजरकोटमा ६ हजार, बाजुरामा ५ हजार, बझाङमा ७ हजार र अछाममा ११ हजार सौर्य टुकी वितरण कार्य शुरू भएको छ।
कार्यक्रमअन्तर्गत वितरण भएको सौर्य टुकीअन्तर्गतको सोलार प्यानलमा १० वर्ष ब्याट्रीमा २ वर्ष बत्तीमा १ वर्षको वारेन्टी छ। एक वर्षम्म टुटफुट वा बिग्रेमा निर्माता कम्पनीले नै शुल्कबिना नै मर्मत गर्ने सर्त रहेको बताइएको छ।

Comments »

The URI to TrackBack this entry is: http://koreanp.blogsome.com/2007/06/27/p543/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

  • नेपाली म्यूजिक भिडियो

  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

    Number of online users in last 3 minutes
    eXTReMe Tracker