यहाँहरुलाई koreanp.blogsome तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । koreanpblog@yahoo.com ब्‍लगर (डम्बर सुब्बा) द.कोरिया ,देउ कुमार सुब्बा (नेपाल)।

korea

nepal

July 2, 2007

तराई फेरि बन्द, जनजीवन अत्यन्तै कष्टकर

Filed under: अन्‍य

विभिन्न समूहले छुट्टाछुट्टै माग राखेर आव्हान गरेको पूर्वी तराई बन्द आइतबार पनि जारी छ । विगत पाँच महिनादेखि निरन्तररुपमा गरिदै आएको तराई बन्दका कारण त्यहाँको जनजीवन अस्तव्यस्त हुनुका साथै अत्यन्त कष्टकर बन्दै गएको छ ।गृहमन्त्री कृष्णप्रसाद सिटौलाले पूर्वाञ्चलका सुरक्षा प्रमुखहरूलाई राजमार्ग खोल्नका लागि सुरक्षा संयन्त्र अपनाउन निर्देशन दिनुभए पनि बन्द राजमार्ग अझै ठप्प छन् ।
आफ्ना माग पूरा गराउन दबाव दिने भन्दै राजमार्गलाई निशाना बनाउने क्रम तराईमा बढिरहेको छ ।
ट्रक व्यवसायी सङ्घ, आदिवासी जनजाति महासङ्घको विद्यार्थी सङ्गठन र विष्फोट सिंह नेत्तृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाले पूर्वी तराईमा छुट्टाछुट्टै बन्दको आव्हान गरेका छन् ।
विभिन्न बहानामा विभिन्न पक्षले गरेको बन्दका कारण पूर्वी नेपालसँगको यातायात सम्पर्क विच्छेद भएको एक साताभन्दा धेरै भइसकेको छ । बन्दले मोरङ, सुनसरी, झापा, सिराहा, सप्तरी, सर्लाही, धनुषा, महोत्तरी, रौतहटलगायतका जिल्लाको जनजीवनमा प्रत्यक्ष असर पारेको छ ।

Comments »

The URI to TrackBack this entry is: http://koreanp.blogsome.com/2007/07/02/p544/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

  • नेपाली म्यूजिक भिडियो

  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

    Number of online users in last 3 minutes
    eXTReMe Tracker