यहाँहरुलाई koreanp.blogsome तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । kanchha73@yahoo.com ब्‍लगर (डम्बर सुब्बा) द.कोरिया ,देउ कुमार सुब्बा (नेपाल)।

korea

July 6, 2008

अठार लाखको सभागृह अलपत्र

Filed under: अन्‍य

 धरान नगरपालिकाले निर्माण कार्य सुरु गरेको एक करोडको सभागृह भवन निर्माण योजना विगत २ दशकदेखि अलपत्र अवस्थामा रहेको छ । सो योजना पूरा नहुँदा नपाको लाखौंको रकम उपलब्धीहीन भएको छ । नगरपालिकामा जनप्रतिनिधि परिवर्तनसँगै ओझेलमा पर्दै गएको धरान-१४ स्थित निर्माणाधीन सभागृह २ दशकदेखि अलपत्र परेको हो ।

करिब ८ सय जना अटाउने क्षमता भएको सभागृह निर्माण गर्ने उद्देश्यले २०४४ सालमा योजना सुरु गरिएको र सो भवन निर्माणका लागि हालसम्म करिब १८ लाख रुपैयाँ खर्च भइसकेको तत्कालीन उपभोक्ता समितिका सचिव पदमनरसिंह श्रेष्ठले जानकारी दिनुभयो । डेढ बिगाहा क्षेत्रफलमध्ये करिब १ कठ्ठाको क्षेत्रफलमा निर्माण कार्य सञ्चालन भइरहेको उक्त सभागृहको निर्माण कार्य २०४५ सालको भूकम्पपश्चात् रोकिएको छ ।

योजना नै स्थगित भएपछि सभागृह निर्माण स्थलमात्र नभएर त्यस क्षेत्रको डेढ बिगाहा जग्गा नै प्रयोगविहीन भएको छ । भवन निर्माणका लागि जग उठाएर रड गाडिएको अवस्थामा त्यतिकै अलपत्र छोडिएपछि स्थानीयवासीले त्यहाँका रड निकालेर लान थालेका छन् । सभागृहको निर्माण गर्ने ठेक्का पाएको टेक कन्सल्टेन्सी कम्पनीले करिब २० लाख बराबरको खर्च देखाएर फाउण्डेसनमात्र उठाएको र ०४५ सालको भूकम्पपछि केही ठाउँमा चर्किएका कारण निर्माण कार्य कमजोर भएको भन्दै नगरपालिकाले निर्माण कार्य रोक्का गरेको थियो ।

निर्माणस्थलमा गाडी पार्किङ गर्ने ठाउँ नभएको र सभागृहस्थल धरान बजारबाट टाढा रहेको भन्दै तत्कालीन नगर प्रमुख ध्यानबहादुर र्राईले निर्माण कार्य रोकिदिएको पदमनरसिंह श्रेष्ठ बताउनुहुन्छ । ‘धरानको पूरा दृश्य हर्ेन सकिने ठाउँमा सभागृह बन्न लागेको थियो तर षड्यन्त्र गरेर योजना अलपत्र पारियो’- श्रेष्ठले भन्नुभयो ।

राजनीतिक खिचातानीका कारण अलपत्र परेको उक्त योजनालाई छुट्टै कामको प्रयोजनका लागि प्रयोग गरी त्यस ठाउँमा बहुजातीय सङ्ग्रहालय बनाउने प्रस्ताव राखी स्थानीय विकास मन्त्रालयमा अनुरोध गरिए पनि कार्यान्वयन नभएको स्थानीय र्सर्ूयप्रसाद उपाध्यायले बताउनुभयो । यसबारेमा तत्कालीन उपमेयर मनोज मेन्याङबो भने योजना आफूहरुले नरोकेको दावी गर्दै निर्माणस्थलमा सडक ‘स्लाइचिङ’ भएकोले त्यस ठाउँमा भवन निर्माण गर्दा कमजोर हुने भएकोले प्राविधिकहरुको सल्लाहबमोजिम नै निर्माण कार्य रोकिएको बताउनुहुन्छ ।

यता मेन्याङबोका कुरामा स्थानीयवासीहरु असहमति जनाउँछन् । उनीहरु भन्छन्- ‘२० लाख रुपैयाँ खर्च भइञ्जेल इञ्जिनियरले किन कमजोर हुन्छ भनेर थाहा पाएनन् ।’ नगरपालिकाका इन्जिनियर सुरज श्रेष्ठ भने आफू नगरपालिकामा आउँदा योजना रोकिसकिएकोले थाहा नभएको बताउनुहुन्छ । भूकम्पीय खतराका कारण भवन निर्माण कार्य रोकिएको भन्ने आफूले सुनेको मात्र उहाँले बताउनुभयो ।

निर्माण कार्य थालनी भए यता धरान नगरपालिकामा ध्यानबहादुर र्राई, मनोज मेन्याङबो र मनोनितको रूपमा कुमारबहादुर कार्कीसमेत गरी ३ जना नगर प्रमुख भएर आएका थिए । तर, त्यसलाई कुनै प्रयोजनको लागि उपयोग गर्ने सोच कसैले बनाएनन् । राज्यको ढिकुटीबाट १८ लाख उपयोगहीन हुँदासमेत कुनै निकायले त्यसलाई सदुपयोग गर्नपट्ट िध्यान पुर्‍याएका छैनन् ।

धरान-८ स्थित सभागृह निर्माण गरिए तापनि सो ठाउँमा गरिएको लगानी बालुवामा पानीसरह भएको छ । नगरपालिकाले उक्त खाली जमिनसमेत उपभोगमा ल्याउन नसकेको स्थानीयवासी बताउँछन् ।  त्यहाँ गाडिएका रड अझै काम लाग्ने छन् तर दिनहुँ चोरी हुँदा नगरपालिकाले संरक्षण गर्न चासो देखाएको छैन । योजनाका विषयमा आफूलाई कुनै जानकारी नभएको र आफूले स्थलगत रूपमा अध्ययन गरी त्यसलाई उपयोग गर्ने सोच बनाउने नगरपालिकाका कार्यकारी अधिकृत खड्गबहादुर चापागाईंले बताउनुभयो ।

युवतीको वीभत्स हत्या

Filed under: अन्‍य

धरान-१२ चतरा लाइनस्थित सिराज लजमा शुक्रबार राति एक युवकले युवतीको वीभत्स हत्या गरेका छन् । युवतीको हत्यापछि युवकले समेत आत्महत्या गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । भोजपुरको दोभाने-४ घर भई भक्तपुर कमर्स क्याम्पसमा बीबीएस तेस्रो वर्षा अध्ययनरत २४ वषर्ीय विकास र्राईले दोभाने-९ घर भएकी धरान-१७ स्थित फुपुको घरमा बस्दै आएकी संगीता र्राईको वीभत्स तवरले छुरा प्रहार गरी हत्या गरेका हुन् ।

संगीताको घाँटीमा छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी गराएको छ । लजको कोठामा राति संगीताको हत्यापछि विकासले पनि आत्महत्या गरेको प्रहरीले अनुमान गरेको छ । शुक्रबार साँझ सिराज लजमा बास बस्न पुगेका विकास बेहोस अवस्थामा र संगीता मृत अवस्थामा शनिबार बिहान फेला परेका थिए । लज सञ्चालक तुम्ला श्रेष्ठले शनिबार बिहान कोठामा रक्ताम्य अवस्थामा उनीहरु फेला परेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

घटनास्थल पुगेका प्रहरीले संगीतालाई मृत अवस्थामा फेला पारेका थिए भने बेहोस अवस्थामा फेला परेका विकासलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएका थिए । विकासको पेटमा छुराले काटिएको र आन्द्रा बाहिरै निस्किएको थियो । विकासलाई उपचारका लागि प्रहरीले प्रतिष्ठान पुर्‍याएलगत्तै उनलाई प्रतिष्ठानले मृत घोषित गरेको थियो । घटनास्थलबाट एउटा छुरा, विषादीको बट्टा, एउटा मोबाइल, ४ सय ५० रुपैयाँ नगद, परिचय-पत्र र विकासले संगीतालाई केही समयअघि लेखेको एउटा चिठ्ठी फेला परेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक बद्रिविक्रम थापाले जानकारी गराउनुभयो ।

मृतकका आफन्त आई नसकेकाले उनीहरुको शव पोष्टमार्टमका लागि वीपी प्रतिष्ठानमै राखिएको थापाले बताउनुभयो । उहाँले प्रारम्भिक अनुसन्धानका क्रममा विकास र संगीताबीच पुरानो सम्बन्ध रहेको र आपसी मनमुटावका कारण विकासले संगीताको हत्यापछि विष सेवन गरी आत्महत्या गरेको अनुमान गरिएको बताउनुभयो । विकासको मुख र शरीरमा विषादीको गन्ध आएकाले संगीताको हत्यापछि विकासले विषादी सेवन गरेर आत्महत्या गरेको हुनसक्ने थापाले बताउनुभयो ।

थापाले संगीता कराँते खेलाडी रहेको र भारतमा सम्पन्न प्रतियोगितामा भाग लिएर भर्खरै नेपाल फर्किएको अनुसन्धानका क्रममा खुल्न आएको जानकारी गराउनुभयो । घटनाको विषयमा थप अनुसन्धान अघि बढाइएको समेत उहाँले बताउनुभएको छ । लज सञ्चालक श्रेष्ठले विकास र संगीता शुक्रबार साँझ साढे ६ बजे लजमा आएको र उनीहरुले ठेगाना काठमाण्डौ बताएको जानकारी गराउनुभयो । बेलुकाका लागि खाना अर्डर गरे पनि दुबैले खाना नखाएको उहाँले बताउनुभयो । श्रेष्ठले विकास र संगीताबीचको व्यवहार श्रीमान र श्रीमतीको जस्तो आफूले पाएको पनि बताउनुभयो

  • नेपाली म्यूजिक भिडियो

    lampnis
  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

    de
    Number of online users in last 3 minutes
    eXTReMe Tracker