यहाँहरुलाई koreanp.blogsome तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । kanchha73@yahoo.com ब्‍लगर (डम्बर सुब्बा) द.कोरिया ,देउ कुमार सुब्बा (नेपाल)।

korea

August 30, 2008

बाढीले पूवको जनजीवन अस्तव्यस्त

Filed under: अन्‍य

पूवमा लगातार वषर्ाका कारण सप्तकोशी नदीमा पानीको सतह बढेपछि कटान र क्षति झन बढेर जाने सम्भावना देखिएको छ । उता सुनसरी, सप्तरी, झापा र मोरङका विभिन्न खोलामा आएको बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ ।
कोशीबाढीले कटान भइरहेका स्पर मर्मत गर्न बिहीबार बनाएका संरचना पनि बगाएको छ । कोशीमा पानीको सतह दुइ फिट बढेको छ । यसैगरी तटबन्ध भत्काएर निस्केको कोशीको पानी घुस्कीस्थित सुनसरी खोलामा मिसिएको छ । पानीको सतह बढेपछि सुनसरीको हरिपुरमा भारतीय टोलीले थालेको डम्पिङ् निर्माण र चतरामा नेपाली टोलीले थालेको जाली लगाउने काम प्रभावित भएको प्रमुख जिल्ला अधिकारी दुगा भण्डारीले बताउनुभयो ।
रक्षा र भौतिक तथा निर्माण मन्त्री सम्मिलित उच्चस्तरीय टोलीले गरेको निरीक्षण भ्रमणपछि बुधबारदेखि बाँधको निर्माण तथा मर्मत थालिएको थियो । इनरुवा समाचारदाता राजन निरौलाका अनुसार २ दिनअघिदेखि लगातार आएको वषर्ाका कारण सुनसरी खोलामा आएको बाढीबाट जिल्लाको सीमावर्ती क्षेत्रका ८ गाविस प्रभावित भएका छन् ।
बिहीबार राति सुनसरी खोलामा आएको बाढीले बबिया, नरसिंह, जल्पापुर, वसन्तपुर, घुस्की, रामनगर भुटाहा र हरिनगरा गाविस जलमग्न बनाएको छ । बाढीबाट मानवीय क्षति नभए पनि घरमा पानी पसेपछि स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ जान थालेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यता सुनसरी खोलाको बाढीले नरसिंह गाविसको ३ नं. तथा वसन्तपुरका गाविसका वडा नं. ५, ७ र ८ का गाउँ डुबानमा परेका छन् । कोशी कटान रोक्न र थप क्षति हुन नदिन नेपाल र भारतीय टोलीले स्पर मर्मतको काम गरिरहेको बताइएको छ । यसैबीच सप्तकोशी बाढीका कारण विस्थापित भएर विभिन्न शिविरमा बस्दै आएका महिलाहरुको लागि इनरुवामा सुत्केरी स्याहार केन्द्रको स्थापना गरिएको छ । सुत्केरी महिलाहरुका लागि आवश्यक पर्ने न्यूनतम सेवा ओरेक नेपालले पुर्‍याएको छ ।
केन्द्रमा सुत्केरी भएको दिनदेखि ४५ दिनसम्मका महिलाहरुलाई १५ दिनसम्म निःशुल्क सेवा पुर्‍याउने केन्द्रकी अध्यक्ष रेणु राजभण्डारीले जानकारी दिनुभयो । बाढीका कारण विस्थापित भएर विभिन्न शिविरमा एक सयभन्दा बढी सुत्केरी र १ सय ५५ भन्दा बढी गर्भवती महिला रहेको जनाइएको छ । हालसम्म जिल्लामा २८ वटा शिविर रहेको दैवी प्रकोप उद्धार समितिले जानकारी दिएको छ ।यसैबीच केाशी नदीका कारण डुबानमा परी विस्थापित भई सप्तरी र सुनसरीका विभिन्न ठाउँमा आश्रय लिएकामध्ये अधिकांश पीडितहरु बिरामी पर्न थालेका छन् । अधिकांशमा हैजाको प्रकोप देखिएको छ । फोहोर पानीको प्रयोग तथा सरसफाइको अभावमा विस्थापितहरुमा पखालाको महामारी फैलिएको हो । कोशी नदीको बाढीबाट सुनसरीको हरिपुर, श्रीपुर, पश्चिम कुशाहा तथा सीमावर्ती भारतीय बजार वीरपुर, भीमनगर, भवानीपुर, हृदयनगरलगायतका स्थानबाट विस्थापित भई ५ हजार परिवारका करिब ३० हजार र्सवसाधारण सप्तरी तथा सुनसरीको दक्षिणी भेगमा आश्रय लिएर बसिरहेका छन् ।
सप्तरीमा आश्रय लिएका विस्थापितहरुमध्ये करिब १२ हजार व्यक्तिमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । यस्तै बिर्तामोड समाचारदाता प्रेम आचार्यका अनुसार अविरल वषर्ापछि झापाका विभिन्न खोलामा आएको बाढीका कारण जिल्लाका सयौँ घरपरिवार विस्थापित भएका छन् ।
कन्काई माई, कमल खोला, बिरिङ खोला, देवनिया, बनियानी र अदुवा खोलामा आएको बाढीले सयौँ घर परिवार विस्थापित भएको स्थानीय बासिन्दाले बताएका छन् । कन्काई माईमा आएको बाढीले कुमरखोद-८ मा ४ घर बगाएको छ । त्यसैगरी त्यस क्षेत्रमा थप १६ घर डुबानमा परेको स्थानीय बासिन्दाले बताएका छन् । महाभारा-९ टुनुबस्तीमा स्थानीय बनियानी खोलामा आएको बाढीले ८ घर डुबानमा परेका छन् । डुबानमा पारेकामध्ये ४ घर भत्काएर अन्यत्र सारिएको स्थानीय राजेन्द्र गौतमले बताउनुभयो ।
यसैगरी कमल खोलामा आएको बाढीले धरमपुर-८ मा ३५ बिगाहा धानखेती कटान गरेको छ । यता बिरिङ खोलामा आएको बाढीले शरणामती २ र ३ मा ३५ घर डुबानमा परेको छ । डुबानमा परेकामध्ये पर्ूण्ारूपमा विस्थापित १५ घरलाई सुरक्षित स्थलतिर सारिएको बताइएको छ ।यस्तै अदुवा खोलामा आएको बाढीले अनारमनी-७ का ५० सुकुम्बासी परिवारका घर डुबानमा परेको छ । यस्तै सुरुङ्गा खोलामा आएको बाढीले त्यहाँको ४, ५ र ९ नं. वडाको जनजीवन प्रभावित पारेको छ । सुरुङ्गा बजार र गाविस भवनसहित २ सय बढी घर डुबाएको स्थानीय लीलाराज झापालीले बताउनुभयो । यसैगरी देवनिया खोला र मेवा खोलामा आएको बाढीले महेशपुर-४ मा १ सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । विस्थापितहरुलाई त्यहाँस्थित हिमाली उच्च माविको प्राङ्गणमा राखिएको बताइएको छ ।
यस्तै बिरिङ खोलामा आएको बाढी गाउँ पसी अर्जुनधारा गाविसमा ९ घर बगाएको छ । मोरङको उर्लाबारी र मधुमल्लाका दर्जनौँ घर परिवार यसअघि नै विस्थापित भइसकेका छन् । यसैगरी राजविराज समाचारदाता शिवहरि भट्टर्राईका अनुसार गत ३ दिनदेखि परेको अविरल वषर्ाका कारण खाँडो नदीमा आएको बाढीले सप्तरीको भीम बाँधमा कटान सुरु गरेको छ । भीम बाँध भत्किएमा त्यस क्षेत्रका करिब एक दर्जन गाविस जलमग्न हुने खतरा रहेको छ ।
तोपास्थित भीम बाँधको आधाभन्दा बढी भाग कटान भइसकेको छ । उक्त ठाउँमा पूरै बाँध कटान भए तोपा, कजौली, सकरपुरा, लौनिया, तिलाठी, रामपुरा मल्हनीयालगायतका एक दर्जन गाविस डुबानमा पर्ने स्थानीयवासीले बताएका छन् । उक्त क्षेत्रमा १० हजारभन्दा बढी मानिस बसोबास गर्दै आएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा जान प्रहरी चौकीमार्फत जानकारी गराएको प्रमुख जिल्ला अधिकारी जीवछ मिश्राले बताउनुभयो । कटानस्थलमा नियन्त्रणको काम सुरु भएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रजिअ मिश्राले बताउनुभयो ।
यसैबीच प्रधान सेनापति रुक्माङ्गत कटुवालले सप्तकोशी बाढी प्रभावित क्षेत्रको शुक्रबार निरीक्षण गर्नुभएको छ । निरीक्षण पछि उहाँले पर्ूर्वी पृतना मुख्यालय इटहरी पुगेर पर्ूवका सुरक्षा प्रमुखहरुसँग बाढीबाट भएको क्षतिको विवरण लिनुभएको थियो ।

Timrai Yaad Ma - Mamata

August 29, 2008

श्रीमान्ले हेला गरेपछि जीवनभर नबोल्ने व्रत

Filed under: अन्‍य

श्रीमानले सधैँ कुटपिट गर्नुका साथै हेला गर्ने गरेपछि बाग्लुङकी एक महिलाले जीवनभर मौनव्रत बस्ने प्रण गरेकी छिन् । सदरमुकामदेखि पश्चिम बर्ुर्तिबाङ्ग-५ की ४३ वषर्ीया अरुणा शेरचनले अब कहिल्यै पनि कसैसँग नबोल्ने भन्दै यस्तो व्रत शुरु गरेकी हुन् । दिनहुँ हेंला गरिरहने श्रीमान्ले पछि अर्कै श्रीमती बिहे गरेपछि आजीवन मौनव्रत बसेकी शेरचनले पत्रकारहरुसमक्ष कलमले लेखेर आफ्नो पीडा पोखिन्- ‘आफ्नो भन्नेलेे नै हंँला गरेपछि केका लागि बोल्ने भन्दै व्रत बसेकी हुँ ।’ सामान्य साक्षर शेरचनले हरेक व्यक्तिलाई कलमले लेखेर बताउने गर्छिन् ।

शेरचनले ९ महिनाअघिदेखि यस्तो व्रत सुरु गरेकी हुन् । श्रीमान् रामप्रसाद मादक पदार्थ सेवन गरी घरमा आई छोराछोरीलाई कुटपिट गर्ने, घरका सामान फाल्ने र दैनिकजसो कुटपिट गर्ने गरेपछि आफू दुखिया भएको महसुस गरी यस्तो व्रत सुरु गरेको उनको भनाइ छ । ‘आफनो भन्नेले नै हेँला गरे अब म कहिल्यै बोल्दिनँ’- उनले कापीमा लेखेर देखाइन् ।शेरचन दम्पति केही वर्षयता पर्वत सदरमुकाम कुश्मा बजारमा दैनिक ज्याला मजदुरी गर्दै आएका थिए । यसै क्रममा उनीहरुबीच झगडा चलेको र झगडा भएपछि अर्की श्रीमती बिहे गरेको छिमेकीहरु बताउँछन् । श्रीमान् अर्की श्रीमतीका साथ कुश्मामा नै छन् भने अरुणा आफ्नो भाइ विमलको कोठामा बस्दै आएकी छन् ।

उनका श्रीमान्का साथ दर्ुइ छोरी र एक छोरा छन् । ठूली छोरी मामाकहाँ बस्छिन भने अरु विद्यालय जान्छन् । आफू कहिले कोठामा बस्ने, कहिले मठमन्दिर जाने र धर्मकर्म गरेर दिन बिताउने गरेको अरुणाले लेखेर अभिव्यक्त गरिन् ।

यौन व्यवसाय गर्नेविरुद्ध मुद्दा

Filed under: अन्‍य

यौन व्यवसाय गरेको आरोपमा प्रहरीले काकड्भिट्टामा तीन जनालाई पक्राउ गरी र्सार्वजनिक मुद्दा चलाएको छ ।आइतबार साँझ यौन व्यवसाय गरेको आरोपमा प्रहरीले पक्राउ गरेका काकड्भिट्टाको रेश्मी होटलका सञ्चालक मिलन र्राई र होटेलमा काम गर्ने दर्ुइ महिलालाई र्सार्वजनिक अपराध ऐनअर्न्तर्गत मुद्दा चलाएको हो ।पक्राउ पर्नेमा होटल सञ्चालक मोरङ्गको लक्ष्मीपुरकी १८ वषर्ीया विनिता र्राई र पाँचथरको लुङ्गरूपाकी १८ वषर्ीया रेखा सुब्बा रहेका छन् ।इलाका प्रहरी कार्यालय काकड्भिट्टाका प्रहरी निरीक्षक यादव ढकालले पक्राउ परेका दुबैले यौन व्यवसाय गरेको स्वीकारेको जानकारी दिनुभएको छ ।विनिता र रेखाले श्रीमानले छाडेपछि छोराछोरीको पालनपोषण गर्न यौन व्यवसाय गरेको प्रहरीलाई बयान दिएका छन् ।

उनीहरुले बयानका क्रममा काकड्भिट्टा, दमक र बिर्तामोडका विभिन्न होटलमा यौन व्यवसाय सञ्चालन भइरहेको समेत खुलासा गरेका छन् ।होटल सञ्चालकले ग्राहकबाट लिने रकमबाट आधा रकममात्रै यौन व्यवसायमा संलग्न महिलालाई दिने गरेको पनि उनीहरुले बयानका क्रममा खुलासा गरेका छन् ।इप्रका काकड्भिट्टाका प्रहरी निरीक्षक यादव ढकालले पक्राउ परेका सबैलाई र्सार्वजनिक अपराध ऐनअर्न्तर्गत मुद्दा चलाई कारवाही अघि बढाएको बताउँदै उनीहरुलाई ५ सयदेखि २८ हजार रूपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको जानकारी समेत दिनुभएको छ ।

बाह्र हजार बालबालिका भारतमा बेचिए

Filed under: अन्‍य

राष्ट्रिय मानवअधिकार आयोगले नेपालबाट छिमेकी मुलुक भारतमा १८ वर्षुनिका वाषिर्क करिब १२ हजार बालबालिका बेचबिखन हुने गरेको जनाएको छ । आयोगले तयार पारेको ‘महिला तथा बालबालिका बेचबिखन/ओसारपसार सम्बन्धी प्रतिवेदन’ का अनुसार नेपाल र भारतको बीचमा खुला सीमानाका कारण बेचबिखन गर्ने कार्य नियन्त्रण गर्न थुप्रै चुनौती रहेको छ ।

बेचबिखनमा पर्नेमा बालबालिका, किशोरीदेखि प्रौढसम्म रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ४० प्रतिशत १४ वर्षुनिका बालबालिका रहेका छन् । नेपाली महिलाहरु खाडी मुलुकमा समेत बेचबिखन हुने गरेको बताइएको छ । चेलिबेटी ओसारपसार तथा बेचबिखनविरुद्ध राष्ट्रिय समाधीक्षक पदमा माथेमाले काठमाण्डौ उपत्यकामा रहेका क्याविन तथा डान्स रेष्टुराँमा करिब ४० हजार महिला कार्यरत रहेको र जसमध्ये ५० प्रतिशत चरम यौन शोषणमा पर्ने गरेको बताउनुभयो । ‘क्याविन तथा डान्स रेष्टुराँमा कार्यरत महिला यौनशोषण र बेचबिखनमा पर्ने सबैभन्दा बढी जोखिम समूहमा छन्’- उहाँले बताउनुभयो ।

यसैगरी सो प्रतिवेदनमा डिसेम्बर २००६ देखि जुन २००७ सम्म नेपालबाट १ हजार ३ सय ५५ जना बालबालिका हराएकामध्ये ३६ प्रतिशत फेला पर्न नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  नेपालबाट वाषिर्क करिब ५ सय जना महिला हराउने गरेका र ७० प्रतिशत फेला नपर्ने गरेको तथ्य पनि प्रतिवेदनले र्सार्वजनिक गरेको छ । वाषिर्क करिब ७ सय जना बालबालिका र्सकसका लागि भारतमा बेचिने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

August 28, 2008

मिलनको नेपालीपन

Filed under: अन्‍य

"कान्छी हे कान्छी

कान्छीको गीत बोलन"

छ वर्षघिको मात्र कुरा हो यो चर्चित गीतलाई रिमिक्स भर्सनमा गाएर एकाएक भारतीय नेपालीहरुमाझ चर्चामा आएकी गायिका हुन्-मिलन नेवार । भारतका विभिन्न राज्यहरुमा लाखौं नेपालीहरु रहे पनि खासमा दार्जिलिङ र सिक्किमकै कुरा हामी बढी सुन्ने गर्दछौं । अझ भनौं सांगितिक हिसाबले भन्ने हो भने दार्जिलिङ, सिक्किमका थुप्रै स्रष्टाहरुले नेपाली संगीत क्षेत्रमा ठूलो योगदान दिएका छन् । अम्बर गुरुङ्ग, अरुणा लामा, गोपाल योञ्जन, कर्म योञ्जन, डेजी बराइलीदेखि थुप्देन भुटिया, सुरेश कुमारजस्ता थुप्रै सांगितीक स्रष्टाहरुले नेपाली संगीतमा आप\mनो योगदान दिएका छन् ।

जसको कारणले पनि नेपालबाहिर प्रवासी नेपाली संगीत क्षेत्रको कुरा आउँदा दार्जिलिङ, सिक्किमको कुरा आई नै हाल्छ तर त्यति चर्चामा तथा सर्म्पर्कमा नआए पनि भारतको आसाम राज्यमा पनि नेपाली संगीतकर्मीहरुको छुट्टै पहिचान छ भन्दा तपाईं हामीलाई अचम्म लाग्न सक्छ ।

नेपालीहरुको राम्रै उपस्थिति रहेको यो राज्यको चर्चित गायिकाको रूपमा अहिले मिलन नेवार एकदमै चर्चित छन् । केही साताअघि आप
\mनो आफन्त भेट्न धरान आएको बेला उनीसित भेट भएको थियो । छ वर्षो छोटो सांगीतिक यात्रामा उनको एल्बमको नाम सुन्दा तीन छक्क नै पर्नुपर्‍यौ । नेपालीमात्र नभएर आसामी, राजस्थानी, आदिवासी भाषामा गरी उनको दर्ुइ दर्जनभन्दा बढी एल्बम बजारमा आइसकेको छ भने ५०० वटा भन्दा बढी गीत उनले आप\mनो स्वरमा रर्ेकर्ड गराइसकेकी छिन् । उमेरले अढाइ दशकमात्र पुग्न लागेकी गायिका मिलन नेवारले नेपाली एल्बमहरुमा कान्छी, माया, मेरो मन, झझल्को, जीवनसाथी, सौगात, आशा, मायाको इन्द्रेणी बजारमा ल्याइसकेकी छिन् । भर्खरै रिलिज गरिएको ‘मायाको इन्द्रेणी’ एल्बम अहिले आसामको टप लिष्टमा पर्दछ । त्यस्तै उनको आसामी लोक एल्बममा आकु अउपमा, अञ्जुमनी, गमुसा, रंगिली सँगै आसामी आधुनिक गिती एल्बम सकुपानी, लाजुकी गाभारु, कुंवली र मिलन रिंग रहेका छन् ।

राजस्थानी गीतहरुसमेत गाएर राजस्थानमा समेत लोकप्रिय मिलनका लगन श्यामसँग लागी, घुमे घोरलीयो बाबेरो, बुलावे बाबो आजारे, थारो भरोसे दिनानाथ, पर्चो बाबैरो लगायतका राजस्थानी भजनहरु र घुमर, झिणोघुम्टो, रुमाझुमा, काकापरणाले लगायतका राजस्थानी एल्बम छन् ।

आसामसँगै राजस्थानमा पनि उत्तिकै लोकप्रिय मिलनले दार्जिलिङ, गान्तोक, सिलिगुडि, कालिम्पोङ, कलकत्ता, मुर्म्बई, कर्ण्ााटक, राजस्थान, सिलौङ्ग मेघालय र आसामको राजधानी गुहाटी, टेवाङलगायत विभिन्न शहरहरुमा आप
\mनो सांगितीक प्रतिभा देखाइसकेकी छिन् ।उनले आप\mनो पहिलो स्टेज शो भने पर्ूर्वी नेपालको शहर धरानमा गरेकी थिइन् । शायद ७ वर्षगाडि होला, धरानको देशिलाइनमा सम्पन्न दोभान साँझमा मैले पहिलोपल्ट स्टेजमा गाएकी थिएँ’-गायिका मिलन सम्भFmदै भन्छिन् । त्यसबेला सो कार्यक्रममा धरानको दाइ प्रकाश जोशीको सहयोगमा उनले दोभान साँझमा गाएकी थिइन् । त्यस लगत्तै उनले धरानको म्युजिक मेडियो स्टुडियोमा भोजपुरी फिल्मको ‘निसा आगई’ बोलको गीतमा स्वर दिने मौकासमेत पाइन् । स्टेजमा गायनसँगै स्टुडियोमा रर्ेकर्ड समेत गर्ने मौका पाएपछि मिलनले आप\mनो सानोदेखिको सौखलाई व्यवसायमा बदल्ने विचार गरिन र आसाम घर पुगेपछि लगत्तै एक वर्षछि एल्बम ‘कान्छी’ बजारमा ल्याइन् । सो एल्बमको ‘कान्छी हे कान्छी’ गीतले उनी रातारात आसामी नेपालीहरुमाझ चर्चित बनिन् ।

अहिले उनी भारतीय प्रवासी नेपालीहरुमाझ पनि निकै लोकप्रिय छिन् । उनको माया बस्यो, वनमा फुल्यो फुल, कान्छी है कान्छी, हातमा मोबाइल फोन, कालो धुँवा उडाउँदै लगायतका थुप्रै गीतहरु चर्चित छन् । विशेषगरी सेन्टिमेन्टल मेलोडी गीतहरु सुन्न मन पराउने गायिका मिलनलाई फुर्सदको क्षणमा नारायणगोपाल, तारादेवी र लता मंगेशकरका गीत सुन्न मनपर्छ । उनी गाउन भने हरेक प्रकारका गीत गाउन रुचाउँछिन् । कलकत्ताबाट संगीतमा विरासत समेत गरेकी मिलन एक भाई र दर्ुइ बहिनीकी जेठी दिदी हुन् । आमा अम्बिका नेवार र बाबा गणेश नेवारको सन्तानको रूपमा जन्मेकी मिलनको पारिवारिक पृष्ठभूमी सांगीतिक नभए पनि ठूली आमा डुकुना नेवारको प्रेरणा र आमाबाबाको सहयोगले आफूले सफलता पाएको बताउन उनी चुक्दिनन् । उनकी ठूली आमा डुकुना नेवार पनि आसाम क्षेत्रको स्थापित गायिका नै मानिन्छ । आसाममा नेपाली संगीतको राम्रो भविष्य देख्ने गायिका मिलनका अनुसार उनको पहिलो एल्बम कान्छीको अडियो क्यासेट मात्र १ लाखभन्दा बढी बिक्री भएको थियो । त्यस्तै उनले भर्खरै बजारमा ल्याएको ‘’मायाको इन्द्रेणी’ को अडियो २५ हजारभन्दा बढी बिक्री भइसकेको छ ।

त्यहाँका लोकल टेलिभिजन च्यानल, रेडियो तथा पत्रिकाहरुमा नेपाली भाषा, नेपाली संगीतलाई पनि उतिकै महत्व दिने गरेको ले मिलन जस्ता थुप्रै नेपाली भाषी कलाकर्मीहरुलाई सजिलो भएको छ । बलिउडमा समेत स्थापित भइसकेका जुविन गार्ग, तिलक नेवार, मिलन नेवार आसामको संगीतक्षेत्रका स्थापित नामहरु हुन् ।

सन् २००३ मा अखिल भारतीय संगीत प्रतियोगितामा गजलमा दोस्रो र लोकसंगीतमा पहिलो स्थानमा आएकी गायिका मिलनको प्रशंसा त्यस प्रतियोगिताका निर्ण्ाायकहरु नौसाद, पिनाज मसानी, सुशिला रानीपक्ते जस्ता भारतीय संगीतका हस्तीहरुले गरेका थिए ।

सफलताको लागि आत्मविश्वास अत्यन्त आवश्यक रहेको बताउने मिलन नेवारलाई नेपालको संगीत क्षेत्रमा समेत काम गर्ने आकांक्षा रहेको बताउँछिन् । हुन त उनले केही साताअघिमात्र काठमाण्डौ रहेको बेला वि.वि. अनुरागीको संगीतमा किशोर रानामगरको निर्देशनमा बन्न लागेको फिल्म ‘बार डान्स’को ‘यो तन मेरो’ बोलको गीतमा स्वर दिने मौका पाएकी छिन् । उनी खुशी हुँदै भन्छिन्-नेपाली संगीत क्षेत्रका लागि नेपालबाट समेत केही गर्ने इच्छा छ ।

आफूले जुनसुकै ठाउँमा जुनै भाषामा गीत गाए पनि नेपाली भाषाको गीत झन नेपालीहरुसामु नै सुनाउन पाउँदा आफूलाई बैग्लै आनन्द आउने उनको अनुभव छ । नेपालीहरुमाझ गीत गाउँदा आफू नेपालमै रहेको महशुस हुने बताउने मिलन चाँडै नेपालका विभिन्न शहरहरुमा स्टेज शोसँगै एउटा उत्कृष्ट नेपाली एल्बम समेत पस्कने योजनामा छिन् । उनको नेपाल र नेपालीप्रतिको लगावलाई हर्ैदा उनको योजनाले छिट्टै साकार रूप लिने छ भन्ने विश्वास गर्न सकिन्छ र उनलाई हाम्रो पनि अग्रिम शुभकामना ।

वैकल्पिक राजमार्गको बनाउन माओवादीले पहल गर्ने

Filed under: अन्‍य

चतरा /  चतरा-रामपुर-फत्तेपुर सडकलाई वैकल्पिक राजमार्गको बनाउन माओवादीले पहल  गर्ने भएको छ । माओवादीका केन्द्रीय नेता र सभासद्हरुले मंगलबार सम्भाव्यताका विषयमा चतरा पुगेर स्थलगत अध्ययन पछि बैकल्पीत राजमार्ग बनाउन सरकारसग कुरा राख्ने बताएका हुन ।

सप्तकोशीको बाढीले पूव-पश्चिम राजमार्गको लौकही भण्टाबारी सडक खण्ड बगाएपछि चतरा-फत्तेपुर-रामपुर सडक खण्डलाई वैकल्पिक राजमार्गको रूपमा प्रयोगमा ल्याउन तत्काल पहल गर्ने े माओवादीका केन्द्रीय सदस्य एवम् कोचिला राज्य समिति इञ्चार्ज हरिबोल गजुरेल ‘शितलकुमार’ले जानकारी दिनु भयो । ‘पहिले देखि यहा बाट सडक खोल्ने कुरा भएको हो, यसका लागि हामी पहल गछौ’-गजुरेलले भन्नु भयो ।

सप्तकोशी नदीमा बेल्रि्रीज वा बेलुन ब्रिज निर्माण गरेर चतरा-रामपुर-फत्तेपुर सडकलाई वैकल्पिक राजमार्गका रूपमा प्रयोगमा ल्याउन आफूले प्रधानमन्त्री एवम् पार्टर्ीीध्यक्ष प्रचण्डसँग कुराकानी गरिसकेको र प्रधानमन्त्री समेत सकारात्मक रहेको गजुरेलले बताउनु भयो । पूव-पश्चिम राजमार्ग सुचारु हुन समय लाग्ने भएकाले आमजनतामा परेको समस्यालाई मध्यनजर गर्दै सप्तकोशी नदीमा बेल्रि्रीज वा बेलुन ब्रिज निर्माण गरेर सो सडकलाई तत्काल वैकल्पिक राजमार्गको रूपमा प्रयोगमा ल्याउन गजुरेलले सरकारसँग माग समेत गर्नुभएको छ ।

बाढीग्रस्त क्षेत्रको भ्रमण र राहत वितरणका लागि आउनुभएका माओवादी केन्द्रीय सदस्य हितमान शाक्य सुमन, सभासद्हरु झक्कुप्रसाद सुवेदी, ओमसरी र्घर्ती र यसोदा सुवेदीलगायतका नेताहरुले मंगलबार चतराको स्थलगत अध्ययन गर्नु भएको थियो ।

बेल्रि्रीज वा बेलुन ब्रीज निर्माण गरेर सो सडकलाई वैकल्पिक राजमार्गको रूपमा प्रयोगमा ल्याउन प्रधानमन्त्री एवम् पार्टर्ीीध्यक्ष प्रचण्डसित कुराकानी गर्ने माओवादी नेता हितमान शाक्यले बताउनु भयो । यसै वीच मंगलबार नै उद्योगी-व्यवसायीले सो सडकलाई वैकल्पिक राजमार्गको रूपमा प्रयोगमा ल्याउन चतराको स्थलगत भ्रमण गरेका थिए ।

उद्योगी-व्यवसायीले सप्तकोशी नदीमा बेल्रि्रीज वा बेलुन ब्रीज निर्माण गरेर सो सडकलाई वैकल्पिक राजमार्गको रूपमा प्रयोगमा ल्याउन सकिने बताउँदै त्यसका लागि सरकारलाई दबाव दिने बताए । पूव-पश्चिम राजमार्ग अवरुद्ध हुँदा पूवका उद्योग धन्दा र कलकारखाना पूण्ारूपमा बन्द हुने अवस्था आएकाले बेल्रि्रीज वा बेलुन ब्रीज निर्माणका लागि पूवका उद्योगी-व्यवसायीले सरकारलाई दबाव दिने उद्योग वाणिज्य सघ सुनसरीका बाणिज्य सचिव गिरीधारी साप्कोटाले बताए ।

सुनसरीका स्थानीय विकास अधिकारी गुरु सुवेदीले वैकल्पिक राजमार्गका रूपमा सो सडकलाई प्रयोगमा ल्याउन अध्ययन सुरु गरिएको जानकारी दिनुभएको छ । हाल पूव पश्चिम राज मार्ग अवरोध भए पछि राजधानी लगायतको पश्चिमी यात्रा सुनसरीको चतरामा जोखिम पूण्ा डुगा यात्रा गरेर रामपुर, फत्तेपुर हुदै राजमार्ग यात्रीहरु निस्कीने गरेकाछन । कच्ची बाटो मर्मतको अभावले हिलोले यात्रा कष्ठदायी हुने गरेको यात्रीहरुले बताएकाछन ।

इन्;mे्लाइटिसबाट दसको मृत्यु

Filed under: अन्‍य

विराटनगर /   जापानी इन्सेफ्लाइटिस रोगबाट पीडित भई कोशी अञ्चल अस्पतालमा उपचारका लागि आएकामध्ये हालसम्म १० जनाको मृत्यु भएको कोशी अञ्चल अस्पतालले जनाएको छ । उक्त रोग गत वैशाख महिनादेखि फाटफुटरूपमा सुरु भएर उपचार गराएर बिरामी घर र्फकने भए पनि अहिले त्यसको प्रकोप बढेर मंगलबारसम्ममा उपचारका लागि ९७ जना भर्ना भएकामध्ये १० जनाको मृत्यु भएको छ ।

हाल ५ जनाले उपचार गराइरहेको र अन्य उपचारपछि घर फर्किएको अस्पताल रर्ेकर्ड शाखाका गोविन्द कटुवालले बताउनुभयो । उक्त रोगबाट पीडित झापादेखि पश्चिम जनकपुरसम्मका साना बालबालिका देखि ५२ वर्षउमेरसम्ममा भए पनि त्यसबाट बढी प्रभावित भने मोरङ्ग जिल्ला रहेको अस्पतालले जनाएको छ ।

विगतमा सो रोगबाट रोकथाम गर्न एवम् बच्न नगर क्षेत्रमा विराटनगर उपमहानगरपालिकाबाट तथा ग्रामीण क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालयले रोग निरोधक औषधि र्छकंदै आएको भए पनि सम्बन्धित निकायबाट हालसम्म पनि औषधी र्छकने काम सुरु नहुँदा रोगीको सङ्ख्या अझ बढ्नसक्नेप्रति अस्पतालले चिन्ता व्यक्त गरेको छ । वषर्ायाममा नगर क्षेत्रमा रोगव्याधि र्सन नदिन प्रत्येक वर्षनियमितरूपमा उपमहानगरपालिकाले सडक छेउको नाला तथा वरिपरिका झार जङ्गल हालसम्म पनि सफाइ नगर्नाले पनि रोगीको सङ्ख्या बढ्नसक्ने स्वास्थ्यकर्मीले बताएका छन्

August 10, 2008

मृतक राना मगरको अन्तिम दाह संस्कार गरियो

Filed under: समाचार

रोजगारीको सिलसिलामा दक्षिण कोरियामा आई गत जुलाई २७ तारिखको दिन उईजङृबुको सङृमो अस्पतालमा उपचारको क्रममा मृत्यु हुन पुगेका पुख्यौली घर स्याङृजा हाल काठमाण्डौको लाजिम्पाट निवासी शुशील राना मगरको आज अगस्त १० तारिख आईतबारको विहान ८ बजे फेक्चेको आर्यघाटमा अन्तिम दाह संस्कार गरियो । 

सो दाह संस्कारमा कोरिया स्थित विभिन्न संघ संस्था प्रतिनिधिहरु लगायत अन्य नेपालीको बृहत मात्रामा उपस्थित रहेको थियो । उपस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा लगायत अन्य नेपालीले मृतकको आत्माले चिरशान्तीको कामना गर्ने १ मिनट मौनधारण गरिएको  थियो । साथै मृतकको अस्तु परिवारलाई बुझाई दिन भनी आजै नेपाली जन गायक जेबी टुहुरेको हातमा नेपाल पठाएको छिमेकी विनोद गुरुडले बताउनु भयो । 
 

सरकार गठनमा ढिलाइ भएकामा सभासदद्वारा चिन्ता

Filed under: अन्‍य

संवाददाता

सभासदहरुले नयाँ सरकार गठनमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरेका छन् । व्यवस्थापिका-संसदको हैसियतमा आज आइतबार बसेको संविधानसभाको बैठकको शून्य समयमा बोल्दै सभासद्हरुले सरकार गठन प्रक्रियामा ढिलाइ हुँदा मुलुकमा सामाजिक असुरक्षा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

सभासद्हरुले पेट्रोलियम पदार्थको बिक्री वितरणमा सहजताको व्यवस्था गर्नुपर्ने, बाढीपीडितलाई राहत व्यवस्था गर्नुपर्ने, किसानको ऋण मिनाहा गर्नुपर्ने तथा हुलाकी सडक निर्माण गर्नुपर्ने माग गर्नुभएको थियो ।

 

यसैगरी सभासद्हरुले ‘सोफी’ नामक मदिरा नष्ट गर्नुपर्ने, डोटी जिल्लामा रहेका दलितको अधिकार सुरक्षित हुनुपर्ने, घाइते, अपाङ्ग र सहिद परिवारलाई राहत वितरण गर्नुपर्ने, अपाङ्ग आयोगको गठन गर्नुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गर्नुभएको थियो ।

  • नेपाली म्यूजिक भिडियो

    lampnis
  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

    de
    Number of online users in last 3 minutes
    eXTReMe Tracker