यहाँहरुलाई koreanp.blogsome तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । kanchha73@yahoo.com ब्‍लगर (डम्बर सुब्बा) द.कोरिया ,देउ कुमार सुब्बा (नेपाल)।

korea

October 31, 2008

राष्ट्रसंघीय महासचिव वान कि मुन नेपाल आईपुगे

Filed under: अन्‍य

संयुक्त राष्ट्र संघका महासचिव वान कि मुन दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौ आइपुग्नु भएको छ। भारतको नयाँ दिल्ली हुँदै राष्ट्र संघीय विशेष विमानमार्फत काठमाडौ आइपुग्नु भएका महासचिव वानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री उपेन्द्र यादवले स्वागत गर्नुभएको थियो ।उहाँ राष्ट्र संघको विशेष विमान सीआरजे-२०० मार्फत काठमाडौं आइपुग्नु भएको हो । महासचिव वानले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुहुनेछ । महासचिव वान प्रधानमन्त्री प्रचण्डले होटल याक एण्ड यतिमा आयोजना गर्नुहुने रात्रीभोजमा सरिक कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। महासचिव वान नेपाली हिमश्रृङ्खला अवलोकनका लागि शनिबार बिहान ६.३० बजे नेपाली सेनाको हेलिकोप्टरबाट माउन्टेन फ्लाइट जाने कार्यक्रम छ । त्यसपछि उहाँले बिहान ८ बजे राष्ट्रपति डा. रामवरण यादव, ८.३० बजे परराष्ट्र मन्त्री उपेन्द्र यादव, ९ बजे पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र १०.३० बजे संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङसँग भेट गर्नुहुनेछ ।शनिबार पत्रकार सम्मेलन गरेपछि महासचिव वान लुम्बिनी भ्रमणका लागि १२.३० बजे भैरहवा प्रस्थान गर्ने कार्यक्रम छ। लुम्बिनीको भ्रमणपछि वान बंगलादेशतर्फ प्रस्थान गर्नुहुनेछ । संयुक्त राष्ट्र संघका आठौं महासचिव वान नेपाल आउने पाँचौं महासचिव हुनुहुन्छ । यसअघि राष्ट्र संघीय महासचिवहरु कुर्ट वाल्धेइमका र कोफी अन्नानलगायतले नेपालको भ्रमण गरिसक्नु भएको छ।लुम्बिनी विकास कोषको गुरुयोजना तयार गराउनुमा तत्कालीन महासचिव कुर्ट वाल्धेइमको महत्वपूर्ण योगदान रहेको छ। नेपालको शान्ति प्रक्रियामा अन्मिनमार्फत संयुक्त राष्ट्र संघले सक्रिय रुपमा सकारात्मक भूमिका गरेको र नेपालको शान्ति प्रक्रिया विश्व समुदायसामु उदाहरणीयसमेत रहेकाले वानले नेपालको भ्रमण गर्न लाग्नु भएको बताइएको छ।

October 24, 2008

Filed under: फोटो

विराटनगरबाट नया क्रान्तिको विगुल फुक्छु- कोईराला

Filed under: अन्‍य

बिराटनगर / नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले क्रान्तिको उद्गम थलो विराटनगरबाटै नया” क्रान्तिको विगुल फुक्ने घोषणा गर्नुभएको छ । काठमाण्ठौबाट बिराटनगर आउने क्रममा निवास पुगेका संचारकार्मीसंग संक्षिप्त कुरा गर्नुहुदै उहा”ले मजदुर आन्दोलनको उद्गम स्थल बिराटनगर नै भएकाले यसबाट प्रेरणा लिन र सबैलाई उत्साहीत बनाउन बिराटनगरबाटै जागरण अभियान सुरु गरिन लागेको बताउनुभयो । (more…)

October 23, 2008

हिडदा चार्ज हुने जुत्ता

Filed under: फोटो

हिडदा चार्ज हुने जुत्ता मोबाइल mp 3

जस्‍ता सानातिना ब्‍याट्रीहरु सजिलै चार्ज गर्न सकिन्‍छ

Filed under: अन्‍य

October 22, 2008

बिस्‍तारै हिडने घर

Filed under: अन्‍य

बिस्‍तारै हिडने घर डेन्‍मार्कमा हाल आविस्‍कार भएको छ ।
६ वटा खुटा र ३ मिटर उचाइ भएको यो रोबट घरमा टोइलेट
किचेन सिटिङ रोम बेड पनि फिटिङ भएको छ ।
यो घर सोलर पावरको  सहयोगबाट सजिलै वर पर
सार्न सकिन्‍छ ।

October 20, 2008

जनसेनालाई घर फर्काउन सकिदैन”

Filed under: अन्‍य

शान्ति तथा पुनर्निर्माण मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले तालिम प्राप्त जनसेनालाई घर फर्काउन नसकिने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घले आइतबार बिर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले त्यस्तो धारणा राख्नुभएको हो ।
सेना समायोजनको विषयमा प्रष्ट पार्दै मन्त्री शर्माले तिहारलगत्तै अनमिनले प्रमाणित गरेका माओवादी जनसेना र नेपाली सेनाको समायोजन प्रक्रिया थालिने बताउनुभयो ।
उहाँले दुवै सेना समायोजन गरी राष्ट्रिय सेना बनाइने बताउनुभयो । अनमिनको छनौटमा नपरेका माओवादी जनसेनालाई समेत घर-घर फर्काउनु गम्भीर खतरा भएकाले उनीहरूलाई ‘विशेष व्यवस्था’ गरिने मन्त्री शर्माको भनाइ थियो ।
तर्राई र पहाडमा आन्दोलनरत समूहसँग भइरहेको वार्ताका सम्बन्धमा मन्त्री शर्माले केही समूहसँग पत्राचार र केहीसँग सर्म्पर्क सूत्रमार्फत कुरा भइरहेको बताउनुभयो । पर्ूर्वी पहाडी जिल्लामा संर्घष्ारत किरात जनवादी वर्कस पार्टर्ीीग दोहोरो पत्राचार भइरहेको खुलासा गर्दै मन्त्री शर्माले भन्नुभयो, ‘तर, अहिलेसम्म कसैसँग मेरो प्रत्यक्ष कुराकानी भएको छैन ।’
वार्ताका लागि तर्राईका केही सशस्त्र समूहले शर्त राखेको आफूले सुनेको बताउँदै शान्ति मन्त्री शर्माले भन्नुभयो, र्’शर्त पनि वार्ता प्रक्रियाको एउटा सकारात्मक खुट्किलो हो ।’ उहाँले वार्ताको टेबुलबाटै शर्तहरूलाई निष्कर्षा पुर्‍याइने बताउनुभयो ।
नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गले अघि बढेको बताउँदै शान्ति मन्त्री शर्माले सरकार निर्माण ताकाको चिसोपन बिर्सिएर संविधान बनाउने कुरामा पछि हट्न नहुने बताउनुभयो । संविधान निर्माण गर्न सबैलाई एकजुट भएर दबाव दिन पनि मन्त्री शर्माले आग्रह गर्नुभयो ।
सरकारले सहिद र बेपत्ता परिवारलाई विशेष कार्यक्रम ल्याई समेट्ने तयारी गरिरहेको मन्त्री शर्माको कथन थियो । उहाँले भन्नुभयो, ‘तिहारअघि नै एक लाखका दरले आर्थिक सहायता गर्छर्ाा ।’
माओवादीका केन्द्रीय सदस्य समेत रहेका शर्माले नेकपा माओवादीको रणनीति जनगणतन्त्र समाजवाददेखि साम्यवादसम्म भएकाले पार्टर्ीीयसैमा केन्द्रित भएको बताउनुभयो । ‘पार्टर्ीीे नाम फेर्ने कुरा ठूलो हैन, बहसको विषय चाहिँ हुन सक्छ र बहसले नै सकारात्मक नतिजा निकाल्छ’, मन्त्री शर्माको भनाइ थियो । संविधानसभा कार्य निर्देशिका तयार भइसकेको समेत उहाँले बताउनुभयो ।

सैनिक बेपत्ता

Filed under: अन्‍य

भोजपुरको दिङ्लामा एक साताअघि अज्ञात समूहले अपहरण गरेको एक सैनिकको अवस्था अझै पत्ता लाग्न सकेको छैन । भोजपुर सदरमुकामदेखि १४ कोस उत्तरमा पर्ने मूलपानी-२ दिङ्लाका किशोर थापाको स्थिति एक साता बितिसक्दा पनि अज्ञात नै रहेको उनका दाजु यादव थापाले बताउनुभयो । उनी काठमाडौंको नरसिंह दल गणमा सैनिक जवान थिए ।
दसैँ मनाउन घर आएका बेला सैनिक जवान थापालाई सात जनाको सङ्ख्यामा आएको अज्ञात समूहले गत असोज २७ गते घरबाटै अपहरण गरेको थियो । इलाका प्रहरी कार्यालय, दिङ्लाले अपहरणमा संलग्न भएको आशङ्कामा स्थानीय बमबहादुर र्राई र समराज र्राईलाई पक्राउ गरेको छ । पीडित परिवारले जीवनरक्षाका लागि सहयोग गरिदिन प्रहरी, स्थानीयबासी, मानवअधिकारकर्मी, बुद्धिजीवी र पत्रकारलाई अपिल गरेको छ ।

October 19, 2008

पूवमा तरकारी अभाव

Filed under: अन्‍य

अनियमित वषर्ा र कोसी कटानका कारण पर्ूर्वी क्षेत्रमा तरकारीको अभाव सुरु भएको छ । अनियमित वषर्ाका कारण बारीमै तरकारी नष्ट भएको र कोसी कटानका कारण भारतबाट पनि आपर्ूर्ति हुन नसकेपछि पूवमा तरकारी अभाव सुरु भएको हो ।
पूवका मुख्य बजारहरू धरान, इटहरी, इनरुवा, विराटनगर, बिर्तामोड, काकड्भिट्टा, इलामलगायत साना शहरहरूमा मागको आधामात्र तरकारी उपलब्ध भएको छ । विराटनगरस्थित क्षेत्रीय निर्देशनालयका अनुसार पर्ूवाञ्चलको २७ हजार ७ सय ६२ हेक्टरमा हिउँदे, १३ हजार ६ सय ७१ हेक्टरमा वर्षो, ८४ हजार ५ सय हेक्टर क्षेत्रफलमा बेमौसमी तरकारी उत्पादन हुँदै आएको छ ।
(more…)

October 18, 2008

Filed under: भिडियो


  • नेपाली म्यूजिक भिडियो

    lampnis
  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

    de
    Number of online users in last 3 minutes
    eXTReMe Tracker