Gaijatra: प्रचण्ड र गिरिजाको दोहोरी
नेपाली सेनाको रासन ठेक्कामा व्यापक अनियमितता भएको आरोप लगाउँदै ठेकेदारहरुले आन्दोलनको चेतावनी दिएका छन् । कम खर्चमा श्री बन्दोवस्ती अड्डा जगन्नाथ देवलमा काठमाडौं जिल्लाभरका सैनिक व्यारेकहरुका लागि २७ वटा व्यापारिक फर्मले रासन सप्लाईटेण्डर भरेकोमा घटीको प्रस्ताव गर्नेलाई रासन ठेक्का दिनुपर्नेमा बढीलाई ठेक्का अनुमति दिएर अनियमितता भएको भन्दै आन्दोलनकेा चेतावनी दिएका हुन् ।ठेकेदारहरुले नवौं नम्बरका फर्महरु बुद्ध सप्लायस्र, पिया ट्रेडिङ र हनुमान सप्लायस्रलाई ठेक्क अनुमति दिएर देशलाई ७ करोड नोक्शानीमा पुर्याइएको आरोप लगाएका छन् । ठेकेदार अशोककुमार अग्रवालले एक वर्षका लागि ४७ करोड रुपियांमा ठेक्का दिइएको बताउदै भने- ‘सबैभन्दा कममा रासन ठेक्का गर्न आवेदन दिनेलाई अनुमति दिइएको भए ४० करोडले पुग्थ्यो ।’ठेक्का पार्न खाद्य आपूर्ति ठेकेदार संघका पदाधिकारीहरु अध्यक्ष पुष्प पिया, उपाध्यक्ष ज्ञानु कार्की, महासचिव रमेश पाठक, सचिव राजेन्द्र जोशी, कोषाध्यक्ष प्रेम रिाजत सदस्य निर्मल रन्जितसहितको समूहले कमिशनको खोलो बगाएको ठेकेदारहरुको आरोप थियो । ठेकेदारहरुले मट्टीतेल सप्ताईमा पनि करोडौंको अनियमितता हुनेगरेको दावी उनीहरुले गरेका छन् ।
आफु पनि औपचारिक उद्घाटन गर्न भेला र गोष्ठीमा नजाने निर्णयमा पुग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका सबै मन्त्रीहरुलाई उद्घाटन गर्न भेला र गोष्ठीमा नजान निर्देशन दिएका छन् ।काम गर्ने समय उद्घाटन, भेला र गोष्ठीमा वितेपछि नागरिकको चाहना अनुसारको काम नभएको भन्दै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले त्यो समय नागरिकलाई परिवर्तनको महसुस गर्ने कार्यक्रममा खर्च गर्न सबै मन्त्रीलाई आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार ओम शर्माले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले नागरिकको परिवर्तनको चाहना अनुसार कर्मचारीहरु चल्न नसकेको भन्दै परम्परागत प्रवृति त्याग्न आग्रह गरेका छन् । नयाँ नेपाल निर्माण अभियानको चौमासिक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले हरेक मन्त्रालयको काम सन्तोष जनक नभएको गुनासोसमेत गरे । चौमासिक बैठकमा पेश भएको प्रतिवेदन पुरानै पाराको र अमुर्त भएको भन्दै प्रधानमन्त्रीले नागरिकको चाहनाअनुसार काम नभएको प्रधानमन्त्रीको धारणा थियो । राम्रो काम गर्न नसक्नेलाई नागरिकले नछोड्ने भन्दै प्रधानमन्त्रीले परिवर्तन दिन नसके काम गर्नुको कुनै औचित्य नहुने बताए ।
गणतन्त्रको स्थापनापश्चात् नागार्जुन र निर्मल निवासमा सौम्य जीवन बिताइरहेका पूर्व राजा ज्ञानेन्द्र भारत जान खोजेको खुलाशा भएको छ ।यसका निम्ति पूर्व राजाले मंसीरको अन्तिम हप्ता भारतीय राजदूत राकेश सुदसँग कुराकानीसमेत गरिसकेको श्रोतले बताएको छ ।
पूर्व राजा ज्ञानेन्द्रले भारतीय राजदूत राकेश सुदसँग मंसीरको अन्तिम साता भेट गरेको प्रचार भएको थियो । सन्चार माध्यमहरुले भारतीय राजदूतसँगको उनको भेट लोकतन्त्र र गणतन्त्र विरुद्ध अभियान सुरु गर्नकालागि भनी प्रचारित गरेपनि उनले एउटा बैबाहिक कार्यक्रमकालागि भारत जाने सम्बन्धमा कुराकानी गर्न भेट गरेको श्रोतले बताएको छ ।
जानकारीअनुसार पूर्व राजा ज्ञानेन्द्र भारतको उडिसाअन्तर्गतको कालाहाण्डी भन्ने स्थानमा जान खोजेका छन् । आगामी फेब्रुअरी २७, २८ र मार्च १ (फागुन १६, १७ र १८ गते) हुन लागेको एउटा वैवाहिक समारोहमा भाग लिन त्यहाँ जान लागेका हुन् ।
आगामी फागुन १६ मा उडिसामा ज्ञानेन्द्रकी बहिनी पर्ने एक जना नातेदारको विवाह हुन लागेको छ । राजा त्रिभुवनकी माहिलीछोरी शाहज्यादी भारतीको विवाह भारतको मयुरगन्ज निवासीसित भएको थियो । भारतीकी कान्छीछोरी श्रीधरशमशेरकी जेठी-बुहारी हुन् । उनीहरु यतिबेला लन्डनमा बसोवास गर्छन् ।
तिनै भारतीकी माहिली छोरीको विवाह फागुनमा हुन लागेको हो । नाताले बहिनी पर्ने बेहुलीको उमेर ३३ वर्षको स्रोतले बतायो । ज्ञानेन्द्र तिनै बहिनी पर्नेको विवाहमा जान लागेका हुन् । पूर्व राजा ज्ञानेन्द्रले यही वैवाहिक समारोहमा जानका लागि भारतीय राजदूत राकेश सुदसित आग्रह गरेका थिए।
कतार, पुस ८ - ओखलढुंगाका १९ वर्षे नीरबहादुर राउत म्यानपावर एजेन्सी र एजेन्टको मिलेमतोमा सतुंगल काठमाडौंका श्याम तोलांगे सार्कीको पासपोर्ट लिएर दोहा उत्रिएका छन् ।
ओखलढुंगाकै चिनारू एजेन्ट पूर्ण मगरलाई ८० हजार रुपैयाँ बुझाएर यता आएको र आफूले दिल्ली विमानस्थल छिरेपछि मात्रै आफ्नो नाम र चिनारी फेरिएको पत्तो पाएको नीरबहादुरले बताए । रातोपुलको एजुकेसनल ह्युमन रिसोर्सेज एन्ड इम्प्लाइमेन्टको श्रम सम्झौता लिएर यता आएका उनी घरफिर्ती सहयोगका लाग दूतावासको शरणमा आएका छन् । नेपालका एजेन्ट पूर्ण मगरले फोनमा आफूलाई यसरी धेरैलाई पठाएको बताएको जानकारी पनि उनले दिए ।

पैसा पैसा भन्दै यो चरा झै मायालु जोडीलाई गुमाउन पुगीनेत होइन ।
अहिले यो चराको हृदय कसले बुझ्ने । तपाईको प्रतिकृया भए १।२ सब्द
लेखि पठाउनु होला ।
बाबुराम सुवेदी
धरान / उच्च माध्यमिक शिक्षा परिष्दले लिएको कक्षा ११ को परीक्षाफल प्रकाशनमा त्रुटी देखिएपछि विद्यालय सञ्चालक र विद्यार्थी चिन्तित बनेका छन् । गत सोमबार प्रकाशित कक्षा ११ को परीक्षाफलमा गम्भीर त्रुटी भेटिएको भन्दै नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियनले आन्दोलन गर्ने जनाएको छ ।
इनरुवास्थित शारदा उच्च माविमा ५० भन्दा बढी विद्यार्थीको परीक्षाफलमा त्रुटी भेटिएको प्राचार्य अच्यूतप्रसाद खतिवडाले बताउनुभयो । विद्यालयमा शिक्षा विषयको परीक्षा दिएका विद्यार्थीको स्वास्थ्य विषयमा नम्बर आएको र परीक्षा दिए पनि कतिपय विषयमा अनुपस्थित रहेको मार्कसिट देखिएको उहाँले जानकारी दिनुभयो ।
सुनसरीका अधिकांश उच्च माविमा यो समस्या देखिएको नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन, सुनसरीका अध्यक्ष रामचन्द्र भट्टर्राईले बताउनुभयो । ‘परिषद्ले सो नसच्याए हामी आन्दोलनमा उत्रन्छौँ’, उहाँले भन्नुभयो, ‘यो गम्भीर त्रुटी हो, यसले विद्यार्थीको भविष्यमा ठेस लागेको छ ।’ परिषद्को लापर्वाहीले समस्या देखिए पनि मार्कसिट नआएकोले कारवाही अगाडि बढाउन नसकिएको उहाँले जनाउनुभयो । परिषद्को ‘वेवसाइट’को परीक्षाफलमा यस्तो समस्या देखिएको युनियनका सुनसरी सदस्य केशव भट्टर्राईले बताउनुभयो ।
धरानका पब्लिक उच्च मावि, शारदा बालिका उच्च माविलगायत सुनसरी क्याम्पस, जनता क्याम्पसमा पनि सोही प्रकारको समस्या देखिएको उहाँको भनाइ छ । शिक्षा शास्त्र सङ्कायमा बढी मात्रामा र निजी उच्च माविमा पनि सो समस्या देखिएको बताइएको छ ।
मार्कसिट आई नसकेकाले सुनसरीमा कति विद्यालय र विद्यार्थीको परीक्षाफल त्रुटी भएको भन्ने स्पष्ट हुन सकेको छैन । शैक्षिक सत्र २०६४/०६५ मा लिइएको परीक्षाको परीक्षाफल प्रकाशनमा गम्भीर त्रुटी भएको भन्दै नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन केन्द्रीय समितिले पनि त्रुटी सच्याउन आग्रह गरेको छ । युनियनका केन्द्रीय अध्यक्ष डिल्लीराम सिग्देलले विज्ञप्ति जारी गरी परिषद्को लापर्वाहीले विद्यार्थीमा पर्न गएको असरप्रति गम्भीर ध्यानाकर्षा भएको जनाउनुभयो । देशभरकै विद्यालयका विद्यार्थीहरु परिषद्को लापर्वाहीको सिकार भएको भन्दै परिषद्ले परीक्षाफल नसच्याए जस्तोसुकै कदम चाल्ने युनियनले चेतावनी दिएको छ ।
विगतमा परीक्षाफल प्रकाशन गर्दा पनि यस्तै समस्या देखिने गरेको युनियनका सुनसरी अध्यक्ष भट्टर्राईले बताउनुभयो । तर, यसपटक सयौँ विद्यार्थीको परीक्षाफलमा त्रुटी हुनु दुःखदायी र परिषद्को लापर्वाही भएको उहाँको भनाइ छ ।
