सेनाको रासन ठेक्कामा ४० करोडको अनियमितता
नेपाली सेनाको रासन ठेक्कामा व्यापक अनियमितता भएको आरोप लगाउँदै ठेकेदारहरुले आन्दोलनको चेतावनी दिएका छन् । कम खर्चमा श्री बन्दोवस्ती अड्डा जगन्नाथ देवलमा काठमाडौं जिल्लाभरका सैनिक व्यारेकहरुका लागि २७ वटा व्यापारिक फर्मले रासन सप्लाईटेण्डर भरेकोमा घटीको प्रस्ताव गर्नेलाई रासन ठेक्का दिनुपर्नेमा बढीलाई ठेक्का अनुमति दिएर अनियमितता भएको भन्दै आन्दोलनकेा चेतावनी दिएका हुन् ।ठेकेदारहरुले नवौं नम्बरका फर्महरु बुद्ध सप्लायस्र, पिया ट्रेडिङ र हनुमान सप्लायस्रलाई ठेक्क अनुमति दिएर देशलाई ७ करोड नोक्शानीमा पुर्याइएको आरोप लगाएका छन् । ठेकेदार अशोककुमार अग्रवालले एक वर्षका लागि ४७ करोड रुपियांमा ठेक्का दिइएको बताउदै भने- ‘सबैभन्दा कममा रासन ठेक्का गर्न आवेदन दिनेलाई अनुमति दिइएको भए ४० करोडले पुग्थ्यो ।’ठेक्का पार्न खाद्य आपूर्ति ठेकेदार संघका पदाधिकारीहरु अध्यक्ष पुष्प पिया, उपाध्यक्ष ज्ञानु कार्की, महासचिव रमेश पाठक, सचिव राजेन्द्र जोशी, कोषाध्यक्ष प्रेम रिाजत सदस्य निर्मल रन्जितसहितको समूहले कमिशनको खोलो बगाएको ठेकेदारहरुको आरोप थियो । ठेकेदारहरुले मट्टीतेल सप्ताईमा पनि करोडौंको अनियमितता हुनेगरेको दावी उनीहरुले गरेका छन् ।
