यहाँहरुलाई koreanp.blogsome तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । kanchha73@yahoo.com ब्‍लगर (डम्बर सुब्बा) द.कोरिया ,देउ कुमार सुब्बा (नेपाल)।

korea

January 30, 2009

सजिवनको तेलबाट गाडी चल्यो

Filed under: अन्‍य

एचकेनेपाल डट कम -
पाल्पाका केशव कार्कीले गाउँमै उत्पादन गरिएको सजिवनको तेलबाट गाडी पनि चल्छन् भन्ने प्रमाणित गरेका छन्। कार्कीले बिहीबार सजिवनको तेल प्रयोग गरी पाल्पादेखि तीन सय किलोमिटर १६ यात्रुसहित माइक्रोबस गुडाएर काठमाडौं ल्याए। उनले सजिवनको तेलबाट पनि गाडी गुड्न सक्छ भनेर सरकार, नीति निर्माता र सर्वसाधारणलाई देखाउन पाल्पादेखि काठमाडौंसम्म माइक्रोबस गुडाएर ल्याएका थिए। त्यसैगरी, कार्कीले शुक्रवार सजिवनको तेल प्रयोग गरी बनमन्त्री किरण गुरूङलाई गाडीमा घुमाएका थिए। उनले एक लिटर सजिवनको तेलबाट पक्की सडकमा सातदेखि १० किलोमिटर गाडी कुद्न सक्ने बताए। डिजेल र पेट्रोलबाट कुदाउन र सजिवन तेलबाट गाडी कुदाउनमा केही फरक नरहेको उनले बताए। सजिवनको गेडा पेलेर तेल निकालेको बताउदैं १० किलो सजिवनको गेडाबाट तीन लिटरसम्म तेल निकाल्न सक्ने उनले बताए। देशमा सजिवनको उत्पादन गरेर गाडीमा सजिवनको तेल प्रयोग गर्न सकिए देशमा खपत हुंदै गरेको डिजेल पाँच प्रतिशत विस्थापित गर्न सकिने कार्कीले बताए।

January 29, 2009

सर्पले सर्पलाईनै निल्‍दै

Filed under: अन्‍य

 अष्‍ट्रेलियाको एक गाउमा सर्पले सर्पलाईनै निल्‍दै गरेको भिडियो समाचारमा प्रसारण
 भएको थियो जुन भिडियो टोनि बाटुनले खिचेका थिए । जुन भिडियोमा १६५ सेमी 
 लामो कालो सर्पले उ भन्‍दा ३० सेमी छोटो सर्पलाई निल्‍दै गरेको र सबै निलीसकेपछी
 केहि क्षण पश्‍चात फेरी मुखबाट बिस्‍तारै निस्‍कनु लागेको र पुरै निस्‍किसके पछी 
 दुबै आ आफ्‍नै बाटो लागेको दृश्‍य देखेर सबैलाई छक्‍क पारेका छन ।

भक्तपुरमा महिलाको मृत्यु

Filed under: अन्‍य

भक्तपुर, (नेस) राजधानीका अन्य स्थानमा खुकुरी रम नामको मदिरा पिएपछि एक जनाको ज्यान गएको र अन्यको आँखाको ज्योति गुमेको समाचार र्सार्वजनिक भएकोमा भक्तपुर दुवाकोटमा समेत एक महिलाको खुकुरी रम खाएर तीन दिनअगाडि मृत्यु भएको रहस्य खुलेको छ। बालुवाखानीमा काम गर्दै अँएका दुवाकोट डेरा गरी बस्ने रामबहादुर र्राईकी ४२ वषीया श्रीमतीको गत आइतबार मृत्यु भएको स्थानीय कृष्णराम खड्काले जानकारी दिए।श्रीमतीले दिउँसो खुकुरी रम खाएपछि पेट दुख्यो भनेको र तत्काल उपचारका लागि काठमाडौं मेडिकल कलेज लैजाँदा बाटोमै मृत्यु भएको स्थानीय कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। आइतबार मृत्यु भएकी र्राईको नाम भने उनका आफन्तले बताउन चाहेनन्।

January 28, 2009

फर्किएका कामदारलाई क्षतिपूर्ति दिने निर्णय

Filed under: अन्‍य

kantipur
आर्थिक मन्दीले जागीर गुमाएर नेपाल फर्किएका कामदारलाई क्षतिपूर्ति दिइने भएको छ । बुधबार बसेको वैदेशिक रोजगार प्रबर्द्धन वोर्डको बैठकले मन्दीका कारण जागीर गुमाएको प्रमाणित भए फर्केका कामदारलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो ।
मलेसिया पुगेर एक बर्ष नबित्दै फर्केका कामदारलाई जाँदा लागेको खर्चको २५ प्रतिशत रकम क्षतिपूर्तिस्वरुप दिने निर्णय भएको हो ।
बैठक श्रोतका अनुसार ६ महिनामै फर्केका कामदारहरुले भने क्षतिपूर्तिस्वरुप अलि बढी रकम पाउनेछन् ।
उनीहरुले लागतको ४० प्रतिशत रकम पाउने निर्णय गरिएको छ । यसरी क्षतिपूर्ति दिइने आधा रकम वैदेशिक रोजगार कल्याणकारी कोषबाट व्यहोरिने र आधा रकम म्यानपावर कम्पनिले व्यहोर्ने भएको छ ।
बैठकले मन्दीको असरले फर्के, नफर्केकोबारे छानबिन गर्न वोर्डका कार्यकारी निर्देशक थानेश्वर देवकोटाको संयोजकत्वमा समिति पनि गठन गरेको छ । समितिले सिफारिस गरेको कामदारले यस्तो क्षतिपूर्ति पाउनेछन् । अहिले मलेसिया जान बढीमा ८० हजार रुपैयाँ लाग्छ भने खाडी मुलुक जाने कामदारले ७० हजार रुपैया खर्च व्यहोर्नुपर्छ ।
साथै मलेसिया लगायत नेपाली कामदार बढी भएका मुलुकमा तत्काल भ्रमण टोली जाने निर्णय पनि बैठकले गरेको छ । टोलीले मलेसिया, साउदी अरब, दुवई र कतार लगायतका देशको भ्रमण गर्ने निर्णय भएको नेपाल वैदेशिक रोजगार व्यवसाय समिति अध्यक्ष तीलक रानाभाटले जानकारी दिए

January 27, 2009

कोरियामा रहदै आउनु भएका लिम्‍बू दाजुभाई दिदीबहिनीहरु बिच भेटघाट कार्यक्रम सम्‍पन्‍न ।

Filed under: अन्‍य

राप्‍ती सम्‍पर्क मञ्‍च दक्षिण कोरियाद्वारा आयोजीत सास्‍कृतीक कार्यक्रम सम्‍पन्‍न ।

राप्‍ती सम्‍पर्क मञ्‍च दक्षिण कोरियाद्वारा आयोजीत सास्‍कृतीक कार्यक्रम सम्‍पन्‍न ।
नेपालबाट ख्‍याती प्राप्‍त हास्‍यकलाकार सीताराम कटेल,कुन्‍जना घिमिरे,केदार घिमिरे
पप गायक दिपक लिम्‍बू,लोक गायिका कोमल ओली,लोक गायक बिमलराज क्षेत्री
आउनु भएको थियो ।दोङगुक युनिभर्सिटीमा सम्‍पन्‍न उक्त कार्यक्रममा प्रमुख अतिथी

राजदूत श्री कमल प्रसाद कोइराला,कोरियन छाबिए आमा पनि उपस्‍थित हुनुभएको थियो अदक्ष्‍य राजिब कडेलले जुन उठेको सहयोग रकमबाट राप्‍ति अञ्‍चल 
हस्‍पिटल निर्माण गर्ने पनि बताउनु भयो ।

 

 

January 25, 2009

Snake Eats 1st Pig

Filed under: अन्‍य

मातृका यादवलाइ जेलमा हालिने ! अन्तत :माओवादी फुट्यो

Filed under: अन्‍य

इनेपाल न्युज ।माओवादीका पूर्व नेता तथा विभिन्न समयमा विभिन्न कारणवाट चर्चामा देखिने मातृका यादवको कृयाकलापवाट माओवादीका अध्यक्ष प्रचण्ड हैरान भएको समाचार प्राप्त भएको छ । हिजोमात्रै माओवादीवाट पार्टीमा प्रचण्डको नेतृत्व अस्विकार गर्दै विद्रोह गरेका नेता मातृका यादवले आफू प्रचण्डको नेतृत्वमा रहेको एकीकृत माओवादीमा नरहेको खुलासा गरेका छन । बारास्थित पत्रकार सहकर्मी जयनारायण यादवसँग कुरा गर्दै यादवले अहिले पनि नेकपा माओवादी अस्तित्वमा रहेको र त्यसको नेता आफू मात्रै रहेको दावी गर्नुभयो । एकताकेन्द्र मसालसँग एकताका नाममा अध्यक्ष प्रचण्ड लगायतका ३४ जना नेताले माओवादी पार्टी छोडेको र आफू एक्लै सो पार्टीको नेतृत्वमा रहेको उहाँको भनाई छ । उहाँले नेकपा माओवादीको नेतृत्व कसले गर्नेबारे कार्यकर्तासँग सल्लाह भइरहेको जानकारी दिनुभयो । पुष्पकमल दाहाल प्रचण्डको नेत्तृत्वमा नेपाली जनताले मुक्ति पाउन नसक्ने नेता यादवको भनाई छ ।
तर्राईका सशस्त्र समुहलाई मधेश मुक्तिका लागि जनयुद्धको बाटोमा लाग्न यादवले सुझाव दिनुभयो । माओवादीले मधेशका मुद्दाबारे नयाँ रणनीति बनाउने तयारी गरिरहँदा मातृका यादवको विचार र्सार्वजनिक भएको छ ।
एकिकृत माओवादीले मधेशका सवालमा विशेष भेला गर्ने निर्णय गरे लगत्तै पूर्व माओवादीका मधेशका शक्तिशाली नेता मातृका यादवको विद्रोहवाट अवाक वनेका प्रधानमन्त्री उनलाइ कुनै पनि वहानामा जेलमा कोच्ने मनस्थितिमा पुगेका छन । सशस्त्र युद्द सकेर शान्ति प्रकृयामा प्रवेश गरेको माओवादीलाइ वदनाम गर्न मातृकाले खेलेका विभिन्न कृयाकलापहरूको पार्टी व्युरोमा भित्रीरूपमा व्यापक रूप छलफल भैरहेको माओवादी केन्द्रीय समितिका एक सदस्यले जानकारी गराएका छन

नेपालको आकाशमा अब उड्नेभो ‘एयर ट्याक्सी’

Filed under: अन्‍य

समुद्रपारि
२५ जनवरी, ०९ । निकट भविष्यमा नेपालमा ‘एयर ट्याक्सी’को अवधारणा कार्यान्वयन गरिने भएको छ । पर्यटन क्षेत्रको विकास र विस्तार गर्न जमिनमा मात्र नभएर आकाशमा पनि यसको विस्तार गर्ने क्रममा यसरी ‘एयर ट्याक्सीको अवधारणा अगाडि ल्याइएको छ ।

भू-परिवेष्ठित नेपालमा अझै पनि सबै क्षेत्रमा यातायातको सुविधा नभएको अवस्थामा हवाई यातायात विस्तार गरी दुर्गम तथा पहाडी जिल्लाहरूमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ । विशेषगरी सडक यातायात नपुगेका कर्णाली अञ्चलका जिल्लालगायत ठाउँहरूमा आवश्यकताअनुसार ‘सिङ्गल इन्जिन एयर क्राफ्ट’लाई ‘एयर ट्याक्सी’को रूपमा सञ्चालन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनुमति दिइसकेको छ । (more…)

January 22, 2009

नारायणहिटी दरवारमा अब परराष्ट्र मन्त्रालय

Filed under: अन्‍य

                                                                                  

 

 

                                              

 नारायणहिटी दरवारको तत्कालीन राजा ज्ञानेन्द्र शाहको सचिवालय बुधबारदेखि परराष्ट्रमन्त्री उपेन्द्र यादवको कार्यकक्ष वनेको छ । यस्तै पूर्वराजा वीरेन्द्रले झण्डै तीन दशकसम्म निजी सचिवालय वनाएको कार्यकक्ष भने परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यको कार्यालय बनेको छ ।शितल निवासमा रहेको कार्यालयलाई नारायणहिटिमा सारिएको मन्त्रालयका प्रवत्ता सुरेन्द्र प्रधानले बताउनुभयो । परराष्ट्र मन्त्रालयलाई राष्ट्रपति भवनमा परिणत गरेपछि परराष्ट्र मन्त्रालय नारायणहिटीको पश्चिम ढोकाछेउ पूर्वराजाको सचिवालय र दरवारका कर्मचारी वस्दै आएको भवनमा लागिएको

  • नेपाली म्यूजिक भिडियो

    lampnis
  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

    de
    Number of online users in last 3 minutes
    eXTReMe Tracker