कहाली लाग्दो ठाउमा अडिएको ट्रक
![]()
गत ९ तारिख दक्षिण कोरियाको थेजन शहर स्थित एक रेष्टुरेन्टमा कार्यरत दुई चाईनीच महिला माथि कानून मन्त्रालय अन्र्तगतको अध्यागमन विभागका कर्मचारीले अमानविय तरिकाले गरिएको धडपकडले मानवअधिकारीवादीहरुको ध्यानाकर्षण गराएको थेजन शहरबाट प्रकाशित हुने समाचारपत्र थेजनईल्बोले जानकारी गराएको छ ।
समाचार पत्रले जानकारी गराए अनुसार अध्यागमन विभागका कर्मचारीले धडपकडको क्रममा ती दुई महिलालाई जीवजन्तुलाई जस्तो व्यवहार मात्र नभएर कुटपिट समेत गरेको छ ।
यस सम्बन्धमा थेजन स्थित प्रवासी मजदुर मानवअधिकार सेन्टर प्रमुख समिन सिकले "कानून मन्त्रालय अन्र्तगतका अध्यागमन विभागका कर्मचारीले विदेशी महिला माथि गरेको हातपात सोझै गैरकानुनी हो र त्यस सम्बन्धमा प्रहरीमा अनुसन्धानको लागी रिट दायर गरेका छौ " भन्नु भयो ।
धडपकड गर्ने अध्यागमन विभागका कर्मचारी भन्छन "धडपकड गर्ने क्रममा साधारण झपट मात्र भएको हो । भाग्ने सम्भावना भएकोले साधारण त्रास देखाएको मात्र हो । त्यसलाई कुटपिट भन्न मिल्दैन । जे गर्नु छ गर्नु होस ।
दक्षिण कोरियामा अध्यागमन विभागका कर्मचारीहरुको ज्यादत्तीले सिमा नाघेको छ । न्याय र कानुनको परिचालन गर्ने कानुन मन्त्रालयले नै कानुन विपरित कार्य गरी रहेको छ । गैर कानुनी विदेशी मजदुरहरुलाई बाटोमा हिडी रहेको अवस्थामा होस अर्थात कुनै कम्पनीमा पसेर धडपकड गर्दा अदालतको स्वीकृति पत्र भए मात्र धडपकड गर्ने नियम छ । साथै धडपकडको क्रममा हातपातगालीगलैज जस्ता मानवअधिकारको हनन हुने किसिमको कार्य गर्ने मनाहि छ । तर सो नियमको एक पल्ट पनि पालना गरेको पाईन्दैन ।
गत मार्च २२ तारिख आईतबारको दिन आकस्मत हार्टअटयाक भई मृत्यु हुन पुगेको लमजुङृ वाग्लीङृपानी वार्ड नं १ निवासी शक्ति तामाङृको शव नेपाल सरकारको पहलमा भोली नौ बजे कोरियन एयरलाईन्सबाट नेपाल लैजाने भएको नेपाली दूतावासका नायबसुब्बा हाकिम भण्डारीले जानकारी गराउनु भएको छ । मृतक तामाङृ ७ महिना अघि ईपीएस मार्फत दक्षिण कोरिया आई छुन्छनबुक्दोको ससान शहर स्थित हुण्डाई मेटल कम्पनीमा कार्यरत थियो ।
दूतावासका नायबसुब्बा भण्डारीले जानकारी गराए अनुसार मृतक तामाङृको शव नेपाल लान लाग्ने खर्चको जिम्मा श्रम मन्त्रालयले लिएको छ । वहांले शव नेपाल लांदा विभिन्न खर्चको हिसाब गर्दा ५० लाख कोरियन वन(युएस ३६८०) लागेको र अस्पतालमा शव राख्दा लागेको खर्च कंम्पनीले भुक्तानी गरेको पनि बताउनु भएको छ ।
स्मरणीय छ दक्षिण कोरियामा हाल सम्म ८० जना भन्दा बढीको मृत्यु भई सकेको छ । नेपाल सरकारले सम्पूर्ण खर्चको जिम्माले लिएर नेपालीको शव नेपाल लगेको यो पहिलो पल्ट हो ।
करिब १ बर्ष अघि नक्कली विवाह गरि दक्षिण कोरिया आएका लमजुनिवासी टीएम गुरुङृ हिजो बेलुकी देखि छल्लानामदा मोक्फोको प्रहरी हिरासतमा रहेको नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष डेबिट राईले जानकारी गराउनु भएको छ ।
अध्यक्ष राईले जानकारी गराउनु भए अनुसार नक्कली विवाह गरि दक्षिण कोरिया आएकी गुरुङृ १ बर्षे भिसा सकिन लाग्दा नक्कली सिम बम छल नामक श्रीमानले पुन भिसा लगाई दिन्छु भनी कोरियन वन २५ लाख (युएस १८४०) लिई गुरुङृ निजको राहदानी र कोरियन आईडी सहित मोक्फो प्रहरी हिरासतमा बुझाई दिएको छ ।
दक्षिण कोरियाको अध्यगमन विभागको डाटा अनुसार हाल कोरियामा कोरियननागरिकहरुसंग विवाह गर्नेहरुको संख्या ५०० को हाराहरी रहेको छ । त्यस मध्ये सक्कली विवाह गर्ने ५० प्रतिशत मात्र रहेको दावी गर्दछ ।
नक्कली विवाह गरि केहि पैसा कमाईएला भनि ठुलो सपना बोकी दक्षिण कोरिया आएका नेपाली चेलीहरुले विभिन्न किसिमका दुख कष्टहरुको सामाना गर्दे आई रहेको छ । नेपालबाट नक्कली विवाह गरि कोरिया आउदा कम्तीमा नेरु १० देखि १२ लाख सम्म दलाललाई बुझाएको एक नेपाली चेली एम मगर बताउदछिन । मगर भन्नुहुन्छ "नेरु १० देखि १२ लाख तिरे पछि दलालहरुले २ बर्ष सम्म कुनै किसिमको चिन्ता लिनु पर्देन भनेर हामी जस्ता गांउका सोझा साझालाई ठगी गरयो ।
वहां भन्नुहुन्छ "समय समयमा पैसा मांगी रहन्छ, दिन्न भन्यो भने पुलिसलाई रिपोर्ट गरि दिन्छु,नेपाल फर्काई दिन्छु भन्छ । दिनमा १२ देखि १६ घण्टा सम्म काम गर्नु पर्छ त्यो पैसा सबै नक्कली श्रीमानलाई बुझाउदै ठिक्क हुन्छ । वाक्क लागी सक्यो, ऋण लिएर आएको अझ सम्म एक पैसा कमाउन सकिएको छैन । हामीलाई दलालले फसायो ।
दक्षिण कोरियाको नियममा नक्कली विवाह भएको ठहर भएमा विदेशी नागरिकलाई स्वदेश फर्काई दिन्छ तर कोरियन नागरिकलाई कम जरिवाना मात्र तिराएर छोडी दिने गर्छ ।विदेशी नागरिकले कोरियन नागरिकलाइ बुझाएको मोटो रकमको कुनै लेखाजोखा गरिन्दैन । यो गरिब राष्ट्रका नागरिकहरु प्रति गरिएको मानव अधिकारको ठाडो उल्लघंन हो।यस सम्बन्धमा सम्बन्धीत निकायको ध्यानाकर्षण हुन अति जरुरी देखिन्छ ।
