यहाँहरुलाई koreanp.blogsome तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । kanchha73@yahoo.com ब्‍लगर (डम्बर सुब्बा) द.कोरिया ,देउ कुमार सुब्बा (नेपाल)।

korea

April 2, 2009

नेपाल सरकारको पहलमा मृतकको शव भोली नेपाल लैजाने

Filed under: अन्‍य

गत मार्च २२ तारिख आईतबारको दिन आकस्मत हार्टअटयाक भई मृत्यु हुन पुगेको लमजुङृ वाग्लीङृपानी वार्ड नं १ निवासी शक्ति तामाङृको शव नेपाल सरकारको पहलमा भोली नौ बजे कोरियन एयरलाईन्सबाट नेपाल लैजाने भएको नेपाली दूतावासका नायबसुब्बा हाकिम भण्डारीले जानकारी गराउनु भएको छ । मृतक तामाङृ ७ महिना अघि ईपीएस मार्फत दक्षिण कोरिया आई छुन्छनबुक्दोको ससान शहर स्थित हुण्डाई मेटल कम्पनीमा कार्यरत थियो ।

दूतावासका नायबसुब्बा भण्डारीले जानकारी गराए अनुसार मृतक तामाङृको शव नेपाल लान लाग्ने खर्चको जिम्मा श्रम मन्त्रालयले लिएको छ । वहांले शव नेपाल लांदा विभिन्न खर्चको हिसाब गर्दा ५० लाख कोरियन वन(युएस ३६८०) लागेको र अस्पतालमा शव राख्दा लागेको खर्च कंम्पनीले भुक्तानी गरेको पनि बताउनु भएको छ ।

स्मरणीय छ दक्षिण कोरियामा हाल सम्म ८० जना भन्दा बढीको मृत्यु भई सकेको छ । नेपाल सरकारले सम्‍पूर्ण खर्चको जिम्माले लिएर नेपालीको शव नेपाल लगेको यो पहिलो पल्ट हो ।

Comments »

The URI to TrackBack this entry is: http://koreanp.blogsome.com/2009/04/02/p756/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

  • नेपाली म्यूजिक भिडियो

    lampnis
  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

    de
    Number of online users in last 3 minutes
    eXTReMe Tracker