यहाँहरुलाई koreanp.blogsome तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । kanchha73@yahoo.com ब्‍लगर (डम्बर सुब्बा) द.कोरिया ,देउ कुमार सुब्बा (नेपाल)।

korea

April 10, 2009

गैरकानुनी विदेशी माथि अमानविय धडपकड,मानवअधिकारवादीहरुको ध्यानाकर्षण

Filed under: अन्‍य

 

                                        

गत ९ तारिख दक्षिण कोरियाको थेजन शहर स्थित एक रेष्टुरेन्टमा कार्यरत दुई चाईनीच महिला माथि कानून मन्त्रालय अन्र्तगतको अध्यागमन विभागका कर्मचारीले अमानविय तरिकाले गरिएको धडपकडले मानवअधिकारीवादीहरुको ध्यानाकर्षण गराएको थेजन शहरबाट प्रकाशित हुने समाचारपत्र थेजनईल्बोले जानकारी गराएको छ ।

समाचार पत्रले जानकारी गराए अनुसार अध्यागमन विभागका कर्मचारीले धडपकडको क्रममा ती दुई महिलालाई जीवजन्तुलाई जस्तो व्यवहार मात्र नभएर कुटपिट समेत गरेको छ ।

यस सम्बन्धमा थेजन स्थित प्रवासी मजदुर मानवअधिकार सेन्टर प्रमुख समिन सिकले "कानून मन्त्रालय अन्र्तगतका अध्यागमन विभागका कर्मचारीले विदेशी महिला माथि गरेको हातपात सोझै गैरकानुनी हो र त्यस सम्बन्धमा प्रहरीमा अनुसन्धानको लागी रिट दायर गरेका छौ " भन्‍नु भयो ।

धडपकड गर्ने अध्यागमन विभागका कर्मचारी भन्छन "धडपकड गर्ने क्रममा साधारण झपट मात्र भएको हो । भाग्ने सम्भावना भएकोले साधारण त्रास देखाएको मात्र हो । त्यसलाई कुटपिट भन्न मिल्दैन । जे गर्नु छ गर्नु होस ।

दक्षिण कोरियामा अध्यागमन विभागका कर्मचारीहरुको ज्यादत्तीले सिमा नाघेको छ । न्याय र कानुनको परिचालन गर्ने कानुन मन्त्रालयले नै कानुन विपरित कार्य गरी रहेको छ । गैर कानुनी विदेशी मजदुरहरुलाई बाटोमा हिडी रहेको अवस्थामा होस अर्थात कुनै कम्पनीमा पसेर धडपकड गर्दा अदालतको स्वीकृति पत्र भए मात्र धडपकड गर्ने नियम छ । साथै धडपकडको क्रममा हातपातगालीगलैज जस्ता मानवअधिकारको हनन हुने किसिमको कार्य गर्ने मनाहि छ । तर सो नियमको एक पल्ट पनि पालना गरेको पाईन्दैन ।

Comments »

The URI to TrackBack this entry is: http://koreanp.blogsome.com/2009/04/10/p757/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

  • नेपाली म्यूजिक भिडियो

    lampnis
  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

    de
    Number of online users in last 3 minutes
    eXTReMe Tracker