यहाँहरुलाई koreanp.blogsome तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । koreanpblog@yahoo.com ब्‍लगर (डम्बर सुब्बा) द.कोरिया ,देउ कुमार सुब्बा (नेपाल)।

korea

nepal

April 19, 2007

काठ व्यापारी-वाइसिएल कार्यकर्ताबीच रातभर झडप

मकवानपुर जिल्लाको हटिया गाविस चिसापानीमा नेकपा माओवादीका वाईसिएल कार्यकर्ता र काठ व्यापारीको बीचमा मंगलबार राति दोहोरो झडप भएको छ ।
तिन दिनदेखि नेकपा माओवादी हटिया गाविसका वाईसिएल संयोजक कृष्ण बन्जराले गाविसलाई बुझाउनु पर्ने कर नतिरेको भन्दै काठ व्यापारी निरन्जन दाहालको २ ट्रीप काठ रोकेर राखेपछि काठ व्यापारी र माओवादी बीच दोहोरो झडपको स्थिति सिर्जना भएको हो ।
मंगलबार राति भएको झडपमा माओवादी वाईसिएल कार्यकर्ताबाट काठ व्यापारी पक्षका सुवास ढकाल पिटिएको काठ व्यापारी पक्षले गरेको छ भने बुधबार विहान भएको झडपमा नेकपा माओवादी वाईसिएल कार्यकर्ता कृष्ण बन्जरा समेत घाइते भएका छन् । उनको टाउकोमा गम्भिर चोट लागेकाले हेटौंडा अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर कन्ट्रोल रुमले जानकारी दिएको छ ।
गाविसलाई बुझाउनु पर्ने प्रति क्यूफिट ५० रुपैंया कर नतिरेको भन्दै ना १ ख ५५५८ र ना १ ख ३२१४ नम्बरका २ ट्रकहरुलाई बन्जराले नियन्त्रणमा राखेका थिए । नेपाली कांग्रेस प्रजातान्त्रिकका कार्यकर्ता रहेका काठ व्यापारी निरन्जन दाहालले जिविस मकवानपुरले कृष्ण बन्जराको गाविस ठेक्का रद्ध गरेको दावी गरेको छ भने बन्जरा पक्ष्ाले त्यसलाई अस्विकार गरेको छ । हटिया गाविसमा मंगलबार रातिदेखि तनाव बढ्दै गएपछि इलाका प्रहरी कार्यालय हेटौंडा, पशुपतिनगरका प्रहरी उपरीक्षक अरुणकुमार शाहको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी रोमेन्द्रसिंह देउजाले बताउनुभएको छ । झडप पछि आफ्नो ज्यान जोगाउन भागेर हटियाको त्रिशुले पुगेका काठ व्यापारी दाहालले आफ्नो ज्यान जोगाई दिन पत्रकार समक्ष्ा अनुरोध गरेपछि पत्रकार टोली त्यस तर्फ गई प्रहरीसंग समन्वय गरी दाहाललाई उनकै घरमा सुरक्ष्ाा व्यवस्था मिलाई फर्किएका थिए ।

February 14, 2007

इन्सेक अध्यक्षको जग्गा ज्वाला सिंहद्धारा कब्जा

सुनसरी- जनतान्त्रिक तराई राष्ट्रिय मुक्ति मोर्चा ज्वाला सिंह समूहले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रीय अध्यक्ष सुबोध प्याकुरेलसहित परिवारको नाममा रहेको चार बिगाहभन्दा बढी जग्गा कब्जा गरेको छ । समूहले प्याकुरेल परिवारको जग्गामा झण्डा गाडी प्रेस विज्ञप्तिमार्फत कब्जाको घोषणा गरेको इन्सेक सप्तरीका प्रतिनिधि प्रकाश खतिवडाले बताउनुभयो । उहाँका अनुसार ज्वाला सिंह समूहले सुबोध प्याकुरेल, उहाँका भाइ सुशील र सुमन प्याकुरेलका नाममा सप्तरीको छिन्नमस्ता गाविसमा रहेको चार बिगाह ८ कठ्ठा जमिन कब्जा गरेको हो । मोर्चाले सो जग्गा किनबेचमा प्रतिबन्ध लगाएको छ । मोर्चाले अन्य व्यक्तिको पनि जग्गा कब्जा गरिरहेको जानकारी खतिवडाले दिनुभयो । यसैबीच खतिवडाले एक विज्ञप्ति जारी गरी सरकारले वार्ताका लागि पत्राचार गरिसकेको अवस्थामा मोर्चाले जग्गा कब्जालाई तीव्रताका साथ अगाडि बढाएकोमा आपत्ति जनाउनुभएको छ । उहाँले कब्जा गरिएका सम्पूर्ण जग्गा फिर्ता गर्न र वार्ताप्रति इमान्दार हुन खतिवडाले आग्रह गर्नुभएको

January 29, 2007

विवाहिताले मात्र अध्ययन गर्ने क्याम्पस स्थापना

हेटौडा- एसएलसी उत्तिर्ण गरेको १६ वर्षपछि उच्च शिक्षा अध्ययन गर्न आउनु भएकी ज्ञानु अर्याल दङ्ग छिन् । हेटौंडा चौघडाकी ४३ वर्षीय अर्यालले १६ वर्षपछि आफ्नो अध्ययनले निरन्तरता पाउँछ भन्ने सोचेको पनि थिइनन् । आर्थिक अवस्था कमजोर भएका कारण पढ्न नपाएकी अर्याल अब पढेर कुशल शिक्षक बन्ने बताउनुहुन्छ ।

अर्याल जस्तै अहिले मकवानपुर बहुमुखी क्याम्पसमा ४० जना गृहिणीहरू अध्ययनरत छन् । क्याम्पस जाने वातावरण नमिलेर, आर्थिक अवस्था कमजोर भएर र अन्य कारणबाट अध्ययन गर्न नपाएका गृहिणीहरू अहिले बालबच्चाहरूलाई स्कुल पठाएर आफू क्याम्पसतिर लाग्ने गरेका छन् । मकवानपुरका गृहिणीहरूले इच्छा भयो भने पढ्नलाई उमेरले छेक्दैन भन्ने उखानलाई चरितार्थ गरी देखाएका छन् ।
हेटौडा नगरपालिकाकी सुमन श्रेष्ठले एसएलसी उत्तीर्ण गरेको १७ वर्षपछि क्याम्पस अध्ययन गर्न थालेकी छिन् । छोराछोरी हुर्किएपछि क्याम्पस जाने वातावरण बनेको सुमन बताउँछिन् । १२ वर्षअघि एसएलसी पास गरेकी शान्ता सापकोटा घरमा बस्दा हिन्दी सिरियल हेर्ने समय अध्ययनमा लगाएको बताउँछिन् । उनका पति क्यामपसमै कार्यरत छन् भने दुई छोरी स्कुलमा अध्ययनरत छन् । क्याम्पसले गृहिणीहरूको समय र सरल शुल्कमा अध्ययन गराउन थालेकाले धेरै गृहिणी अध्ययनतिर लागेका हुन् ।
नेपालमै पहिलोपटक गृहिणीहरूका लागि मकवानपुर बहुमुखी कयाम्पसले कक्षा सञ्चालन गरेपछि गृहिणीहरूका लागि पढ्ने अवसर जुटेको हो । कक्षा सञ्चालन गर्न क्याम्पसलाई टोल विकास संस्था, नगर समन्वय समिति र हेटौंडा नगरपालिकाले सहयोग गरेपछि गृहिणीहरू क्याम्पसमा अध्ययन गर्न थालेका छन् ।
अध्ययन गर्ने गृहिणीहरूमध्ये २० वर्षअघि एसएलसी पास गरेका पनि छन् । अब हेटौंडामा बिहान छोराछोरी दिउँसो आमा र बेलुकी बाबुहरू क्याम्पस जान थालेका छन् । क्याम्पसले गृहिणीहरूको घरधन्दालाई असर नपर्ने गरी बिहान ११ बजे देखि ३ बजेसम्म कक्षा सञ्चालन गरिरहेको छ । टोल विकास संस्था, नगर समन्वय समितिका अध्यक्ष रमेशरत्न स्थापित क्याम्पसलाई आफ्नो संस्थाले गृहिणी शिक्षाको सोचका लागि उत्प्रेरकको काम गरेको बताउँछन् । उनका अनुसार गृहिणीहरूले कूल वाषिर्क शुल्कको ३३ प्रतिशतमात्र क्याम्पसलाई बुझाउनु पर्छ । बाँकी जिल्ला विकास समिति र नगरपालिकाले व्यहोर्ने गरेको छ । यसरी एक जनालाई बाषिर्क खर्च ५ हजार मात्र लाग्दछ ।
गृहिणी कक्षा सञ्चालन नेपालमै मकवानपुर क्याम्पसले नयाँ सोच ल्याएको सहायक क्याम्पस प्रमुख बच्चुराम अधिकारीले बताउनुभयो- ‘गृहिणी शिक्षा महिला सशक्तीकरणका लागि अतिआवश्यक छ ।’ विवाहित महिलामात्र अध्ययन गर्न पाउने, पुरुष र अविवाहित युवतीले अध्ययन गर्न नपाउने व्यवस्था क्याम्पसले गरेको छ । बिहे नगरेका युवती पनि आउन सक्ने हुनाले क्याम्पसले भर्ना लिदा विवाहदर्ता प्रमाणपत्र अनिवार्य गरेको छ ।

January 16, 2007

माघे सक्रान्ती

माघे सक्रान्ती यस पाल निकै रमाईलो भयो । नेपालको पूर्वि माई किनारमा
लाग्ने माईमेला यस पाल हजारौ हजार मानिसहरुको भिड थियो ।
मेरो लागी यो मेला पहिलो पटक भएकोले केहि थाहा भएन । अरुको भनाई
अनुसार राजनितिक समस्याका कारण दिउसोमात्र लाग्ने गर्दथ्योरे तर
यस पाल भने दिउसो राती अझै पनि लागी रहेछ । पूर्वजाने बसहरु छिर्न
नसकेर आधा बाटैबाट फर्किरहेका छन । कतिमान्छे छन भन्ने मैलेत 
अनुमाननै गर्न सकिन तास जुवा ढाईस जाँड रक्सि खुल्ला रुपमै छन ।
अगाडी भने माओ बादीले  प्रतिबन्द लगाएको थियो रे तर मैले एउटा
भुल गरेको भिडिओ क्यामेरा लान भुलेछु । केहि फोटोहरु खिच्न पाईन
 यो ब्लग हेर्दै गर्नु होला म नेपालको नयाँ खबर सहित भिडिओ पनि
अपडेट गर्ने छु ।

January 9, 2007

धेरै समय पश्चात

धेरै समय पश्चात तपाईहरु समक्ष नेपालको हाल खबर लिएर मेरो देखाई भोगाई र अनुभवहरु तपाईहरु समक्ष समावेस गर्नलागी रहेछु । १४ बर्ष कोरिया बसेर नेपालमा शान्ती छायो भनेर म नेपाल फर्किए नेपाल पनि केहि बिकास भयो होला भनेर सोचेको थिए तर ठिक बिपरितपोरहेछ । न अनुसासन न बिकास धुलै धुलोको घर बाटो थोत्रो गाडी जहा पायो त्यहि बाटो क्रस गाई भैसी पनि त्यहि रिक्सा साईकल पनि त्यहि हरे अचम्म लाग्यो सुरुमा त तर केहि दिन बिते पछी बानी भईएछ । देस गुनको भेष भनेझै आफु पनि त्यस्तै हुन पुगीयो । हप्तामा १ देखी २ पटक सम्म चक्का जाम दिनमा २ देखि ३ पल्ट सम्म लोड सेटिङ के गर्ने देसको हालत यस्तो रहेछ । केहि समाचारहरु हेरौ भनेर साईवरमा बसेकोत केको १ पेज खोलिनलाई १५ मिनट पर्खनु पर्ने सास थुनेर त्यतिकै पैसा तिरेर निस्कीए तर आज भोलि भने अलि बानि भईएछ । जान थालेको छु । कोठामा पनि नेट त जोडेको छु तर रातिकोमात्र त्यो पनि ९ बजे पछाडी सारै डिलो नेटले गर्दा केहि काम पनि भने जस्तो गर्न नसकिदो रहेछ । हुन पनि के बिकास होस गर्ने भन्दा बिगार्ने बढी देसको आयश्रोत भनेको बिदेसी सहयोग र बिदेसमा काम गर्न गएर ल्याएको पैसा भन्दा केहि छैन । लौत आजलाई कहिले काही समय हुदा यो ब्लग पनि हेदै गर्नु होला म अपडेट गर्दै गर्ने छु ।

November 3, 2006

कोरियन एयरले नोभेम्बरबाट सिधा काठमाडौ उडान सेवा दिने

 
 
के.पी सिटौला
दक्षिण कोरिया  नोभेम्बर, ३
 
 

लामो द्वन्द्वपछि नेपालमा आएको राजनीतिक सुधारसँगसँगै आर्थिक, सामाजिक एवं पर्यटन व्यवसायमा पनि सुधारका संकेतहरु देखिइरहेका बेला दक्षिण कोरियाका राजधानी सिउल-काठमाडौ सिधा उठान गर्ने तयारी पुरा गरेको छ।

नेपालको रमणीय पर्वतीय क्षेत्र, कला, संस्कृति र प्राकृतिक दृष्यमा केही दिन मात्र भए पनि आनन्द लिन चाहने विदेशीहरुको यात्रा अलिकति भएपनि सजिलो पार्ने उद्देश्यले बोकेर दक्षिण कोरियाको सिउलबाट सिधै काठमाडौका लागि कोरिया एयरले हप्ताको हरेक सोमबार सिधा हवाई सेवा यहि नोभेम्बर १३ बाट सुरु गर्ने सबै प्रक्रिया पुरा गरेको बुझिएको छ। कोरियन एयरको यो प्रत्यक्ष उडान हाललाई फेब्रुअरी २६ सम्म १५ वटा उडान चार्टर भए पनि यसको सफलतालाई हेरेर नियमित उडान भर्ने योजना बनाएको बुझिएको छ।

स्मरणरहोस् अहिलेसम्म सिउलबाट नेपालका लागि नेपाल एयरलाइन्सले सांघाई, हङकङ र बैंककको ट्रान्जिट हुँदै र थाई एयरलाइन्सले बैंककमा आफ्नो सेवा दिदै आएका थिए । घटीमा चार घण्टादेखि बढी सत्र घण्टासम्म ट्रान्जिट बस्नुपर्ने ठुलो झन्झटबाट नेपाल घुम्न जाने कोरियन पर्यटक, व्यापारी, विद्यार्थी र कोरियामा विभिन्न सिलसिलामा आउने जाने सबैका लागि कोरियन एयरको यो सेवाले हषिर्त तुल्याएको बताइन्छ ।

सन् १९८० को दशकबाट तीब्र गतिमा आर्थिक उन्नति गर्दै गएको कोरियाले सन् १०९८ को मुद्रास्फिर्तीको सामना गरे पनि हप्तामा ५ दिन मात्र कार्यालयीय कार्य हुँदाहुँदा विगत छोटो समयमै विदेश भ्रमण गर्नेको संख्यामा निकै नै वृद्धि भएको छ। लगभग ५ करोड जनसंख्या भएको कोरियाबाट २००५ को अभिलेखअनुसार वार्षिक १ करोडको संख्यामा पर्यटकीय उद्देश्यले बाहिर जाने गरेका छन् । यो प्रतिशतका आधारमा गत ५ वर्षमा दोब्बर वृद्धि भएको देखिन्छ ।

स्मरणरहोस्, वार्षिक नेपाल घुम्न जाने कोरियनको संख्या १४ हजार नाघेको छ भने कोरियामा बसोबास गर्ने नेपालीहरु पनि करिब ६ हजार जतिको संख्यामा छन् । 

यस प्लेनमा म ब्लगर आफै पनि जाने भएकोले खुशी छु। र कस्तो अनुभव हुन्छ .
म फोटो भिडियो पनि नेपालबाट अपडेट गर्ने छु ।

October 19, 2006

देउसी गीत

deu kumar subba

हामी नेपालीहरुको महान चाड तिहारमा देउसी खेल्ने हाम्रो चलन छ ।
जुन देउसी गीतलाई मैले यहाँ राखेको छु । यस गीतलाई सुनिल उप्रेतीले
गाएका छन । सुन्नलाई माथीको प्लेयर वा कार्ड दवाउनु होला ।

October 14, 2006

कोरियामा धरपकड बडदो

यसोदा पाण्डे सिउल कोरिया

कोरियाबाट २००७ सम्ममा १ लाख गैरकानूनी विदेशी मजदूरहरुलाई आफ्नो देश फर्काउने 
कार्यक्रम रहेको सिउल इमिग्रेसनले प्रकासन गरेको छ।
द.कोरियामा हाल गैरकानूनी रुपमा ३ लाखको हाराहारीमा विदेशी कामदार रहेको थाहा 
थाहा भएको छ । सबै भन्दा वढी चिनीयाँ छन भने सबै कममा पूर्विटिमोरीहरु रहेका छन ।
नेपालीहरु भर्खरैको इर्मिग्रेसन अडकल अनुसार ४३२७ गैरकानूनी रुपमा वस्तै आएको जानाकारी
हुन आएको छ । राप्ती मञ्चले दिएको जानकारी अनुसार इर्मिग्रेसनले प्रतेक सोमवार सार्वजानिक
स्थानमा धरपकड गर्ने र कम्पनीमा भने वुधवारमात्र छडके धरपकड हुने जानकारी आएको छ ।
अगाडीनै कम्पनीलाई जानकारी दिएर मात्र  इर्मिग्रेसन आउने तर समय भने नतोकीने यदी जानकारी
पाएर चुक्ली लगाएमा जानकारी नदिइ कडाईका साथ आउन सक्ने कानूनी प्रावधान रहेको छ ।

                यदि कोही स्वेच्छिक रुपमा आफ्नो देश फर्कन चाहेमा तीन बर्ष पछी कोरिया
प्रवेशको लागी अनुमती दिईने छ 
। यदी इर्मिग्रेसनको धरपकडमा परी समातिएर जानेहरुलाई
भने त्यस्तो सुविधाबाट वन्चित गरिने कुरा जानकारी हुन आएको छ । हाल कोरियाली प्रायद्रिपमा
आएको तनावको कारण आर्थिक घाटा बढदो छ । अप्रवासीहरु पनि ठूलो संख्यामा वेरोजगारी रहेको 
थाहा हुन आएको छ । एम्नेष्टीले दिएको तथ्याङ अनुसार विश्वकै बढी श्रम शोषण गर्ने देशको रुपमा 
कोरिया अग्रपंतिमा छ । विशेष गरी काम लगाई दिने निहुमा अग्रिम पैसा लिएर ठगी गर्ने काम 
संस्थागत रुपमै मौलाएको पाईन्छ । काम गरेको ठाँउबाट पैसा नदिने उल्टो कम्पनीबाट निकालीदिने 
गरिन्छ । सरकारबाट त्यस्ता ठगहरुलाई कारबाही गर्ने कुनै सदायसता छैन । आगमी राष्टसंघको 
महाँ सचिव कोरियाली विदेश मन्त्री वान की मुन हुने निश्चित भए पछि आगमी दिनहरुमा आप्रवासीहरुको
समस्यालाई केहि हदसम्म समाधानको बाटो तिर उन्मुख गराउने कुरामा अन्तराष्टिय जगतले आशा राखेको
छ । भर्खरै उइजम्बुबाट शोभा वुढा मगर लगायत तीन नेपाली पक्राउ परेको जानकारी आएको छ । भने 
थेजनबाट २ जना ओसानबाट १ जान पक्राउ परेका छन । 
                को कहिले कहाँबाट पक्राउ परेको आंकडा इर्मिग्रेसनले नदिने हुनाले संख्यात्मक रुपमा थाहा 
पाउन गाह्रो छ । यदि कुनै नेपाली दाजु भाई दिदी बहिनी समातिएको थाहा भएमा र विविध सहयोगको 
आवश्यकता परेमा राप्ती मञ्च कोरियालाई सम्पर्क गर्नु होला ।
सम्पर्क न: सिउल,ख्यङगी,थेजन,छनान, को लागी राजीव ०११९६९०९७१२
            थेगु टोप बहादुर ०११९६९९७८०२  पुसान उद्वव ०१०८६८१८७१०
            उइजम्बु इश्वर के शी ०१०५५०९५०७५ मा सम्पर्क गर्नुहोला 
थप जानकारी को लागी हाम्रो ईमेल crefiadenepal@yahoo.com मा पनि 
सम्पर्क गर्न सक्नु हुनेछ ।
 

October 4, 2006


September 25, 2006

चार खुर्‍टा भएको कुखुरा

up deu kumar

चार खुर्‍टा भएको कुखुरा अमेरीकाको एक कुखुरा फार्ममा देखा परेको छ ।

यस पोथी कुखुरा १८ महिना पुगेको बोलाउन सजिलोको लागि 
हेल्लिएथ नाम दिएको मालिक बताउछ। अगाडिको २ खुर्‍टा मात्र
प्रयोग गर्ने पछाडिको घिसार्ने गर्दछ भने श्‍वास्थ्यकर रहेको
धनिको भनाई छ ।

  • नेपाली म्यूजिक भिडियो

  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

    Number of online users in last 3 minutes
    eXTReMe Tracker