यहाँहरुलाई koreanp.blogsome तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । koreanpblog@yahoo.com ब्‍लगर (डम्बर सुब्बा) द.कोरिया ,देउ कुमार सुब्बा (नेपाल)।

korea

nepal

October 31, 2006

व्यातिगत बिजीका कारण यहाँहरु समक्ष समावेस हुन नसकेकोमा म ज्यादै दु:खि छु ।

deu kumar subba
व्यातिगत बिजीका कारण यहाँहरु समक्ष समावेस हुन नसकेकोमा म ज्यादै दु:खि छु ।धेरै समय पश्चात आफ्नो जन्म भूमि नेपाल जाने तरखर गदैछु । माओवाद राजनिती हलचल गरिबी बेरोजगार आदि समस्यालाई सम्झेर प्रवासी भूमिमा बसोवास गर्दा गर्दै एक दसक पार गर्न पुगीएछ । मान्छेलाई आवश्यकता र समश्याले कहिले पार नर्गदो रहेछ । सुनको थैलो हातको मैलो के गर्नु धनले । सागर सिस्नु खाएको बेस आनन्दि मनले भन्नेकुरालाई सम्झेर म आफ्नो मातृभूमी नेपाल नोभेम्बर दोस्रो हप्ता जादै छु । जुन समयमा कोरियाबाट हाम्रा साथी डम्बर सुब्बाले न्यूज अपढेट गर्नुहुन्छ । भने नेपालबाट नेपालको वातावरण रहन सहन नयाँ समाचार भिडिओ म अपढेट गर्नेछु फ्रिमालिएको ब्लग हुनाले प्राविधिक समस्याहरु आई रहन्छ । हाल पनि जुन समस्या आएर  यो ब्लग ठिक कन्डिसनमा छैन । तै पनि नहुनु मामा भन्दा कानो मामा बेस
भनेझै काम चलाउ हुदैछ । तपाईहरुको सुझाव माया ममता पाईरहनु सकुङ भन्दै तपाईहरुको शु स्वाथ्यको कामना प्रकट गर्दै बिदा लिन चाहन्छु
                                                          देउ कुमार सुब्बा 

October 3, 2006

दु:ख को कुरा

   
बिजाया दसमी तथा दिपावलीको उपलक्ष्यामा खुशिको कुरा लिएर आउनु पर्नेमा
दु:खको कुरापो समावेस गर्न लागि रहेछु । कुरा के भने कोरियामा बस्ने समपूर्ण
नेपाली दाजु भाई दिदी बहिनीहरु  सित आन्याङ स्थित प्रवासी मजदूर ग्रिहको 
पासमा नेपालको सम्झना गर्दै रमाईलो गरि रहेको समयमा अचनाक मेरो मोबाईलमा
ईन्टरनेस्नल फोन आयो र मैले सोचे दसैको बेलामा मलाई कसले सम्झेर फोन गरेछ ।
भनेर खुशि हुदै  उठाएको त सोच्नै नसोचेको कुरा पो सुन्न प-यो । तिम्रो बहिनीत 
धरान बि पी मेमोरियल हस्पिटलको आईसियुमा पो छ , ल म छक्कपरे बिश्वासनै
लागेन किनकी अघिल्लो दिन फोनमा कुरा गरेको सबै आराम कुसलै छौ ।
दाजु कहिले नेपाल आउने ? भन्दै सोधेको मान्छे होस्पिटलमा र मैले तु फोन गरेको
काका संग कन्ट्याक भएको थियो । अहिले त अलिठिक छ भन्नु हुन्थ्यो ।
दिउसो भर साथीहरुले रमाईलो गरे म भने दु;खि मन लिएर ईश्वरलाई जप्दैहिडे
त्यतिकैमा प्रोग्राम सिद्वियो कोठामा आएर फोन गरेको त ल बहिनी त एपन्डाइजको
कारण सिद्विनु भयो पो भन्छ। अब भयो आफ्नो प्राण भन्दा प्यारी बहिनीको खबर 
भर्खर २६ बर्षमात्र पुग्दै गरेको (हिमा सुब्बा ) कालले को बुढो को कलीलो के दशै
के तिहार नभन्दो रहेछ । बिदेसमा रहने साथीहरु कतिको त मेरो जस्तै दु:ख पिडा
होला जस्तो लाग्छ । आसु सोक सुर्ता चिन्ताका कारण बल्ग अपडेट गर्न सकिन मेरो 
जस्तो दु:खी खबर कसैको नहोस भन्ने कामना प्रकट गर्दछु ।

  • नेपाली म्यूजिक भिडियो

  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

    Number of online users in last 3 minutes
    eXTReMe Tracker