खोक्रो पुजा
बम लावती
द.कोरिया
कुन वरदान माग्छौं ?
पत्थरलाइ फुल चढाएर
खै के माग्छौ ?
निर्दोश आत्माको बलि चढाएर
पाउंछौ र केहि ?
दुनियालाई नाङगो बनाएर
केवल पाउंछौ अब
आफ्नै मुर्खताका उपहार …
जे दिनु थियो तिमिले
ईष्याका बिषयहरु बाँडी दियौ
सेलाएका देहहरु माथि
तिमि मन्दिर पवित्र छ भन्दैछौ
तर त्यो मन्दिरमा पुजा गर्ने किन सक्दैनौ ?
अर्पण र दर्पण गरि
पुज्नै सक्दैनौ आत्माको पुजा
त्यसैले त ति निश्प्राण पिण्डहरुले
कति सराप्ने छन , त्यसरी सराप्ने छन
