यहाँहरुलाई koreanp.blogsome तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । koreanpblog@yahoo.com ब्‍लगर (डम्बर सुब्बा) द.कोरिया ,देउ कुमार सुब्बा (नेपाल)।

korea

nepal

August 10, 2008

मृतक राना मगरको अन्तिम दाह संस्कार गरियो

Filed under: समाचार

रोजगारीको सिलसिलामा दक्षिण कोरियामा आई गत जुलाई २७ तारिखको दिन उईजङृबुको सङृमो अस्पतालमा उपचारको क्रममा मृत्यु हुन पुगेका पुख्यौली घर स्याङृजा हाल काठमाण्डौको लाजिम्पाट निवासी शुशील राना मगरको आज अगस्त १० तारिख आईतबारको विहान ८ बजे फेक्चेको आर्यघाटमा अन्तिम दाह संस्कार गरियो । 

सो दाह संस्कारमा कोरिया स्थित विभिन्न संघ संस्था प्रतिनिधिहरु लगायत अन्य नेपालीको बृहत मात्रामा उपस्थित रहेको थियो । उपस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा लगायत अन्य नेपालीले मृतकको आत्माले चिरशान्तीको कामना गर्ने १ मिनट मौनधारण गरिएको  थियो । साथै मृतकको अस्तु परिवारलाई बुझाई दिन भनी आजै नेपाली जन गायक जेबी टुहुरेको हातमा नेपाल पठाएको छिमेकी विनोद गुरुडले बताउनु भयो । 
 

August 9, 2008

मृतक राना मगरको अन्तिम दाहसंस्कार कोरियामा नै गरिने

Filed under: समाचार

राजु दर्लामी मगर

गत २७ जुलाईमा उपचारकै क्रममा मृत्यु भएका पुख्र्यौली घर श्याङृजा वालिङृ हाल काठमाण्डौ चुनदेविका वर्ष ३३ शुशिल राना मगरको अन्तिम दाह संस्कार कोरियामा यहि अगस्त १० तारिख आईतबारको दिन गर्ने भएको छ । केहि दिन अगाडी मृतकको शव नेपाल पठाईदिन परिवारले आग्रह गरेको थियो ।  
बृद्ध बुबा आमाले पारिवारिक एवं आर्थिक समस्यकको कारण मृतक छोराको अनुहार हेर्नबाट बन्चित भएता पनि मृतक छोराको शव प्रवाशको भुमिमा नै अन्तिम संस्कार गरि दिनलाई नेपाल सरकारको सरकारी निकाय नेपाली राजदुतावास लगायत राजनैतिक सामाजिक जातिय  क्षेत्रिय विभिन्न साझा संस्थाहरुलाई आग्रह गरेका छ । 
बृद्ध बुबा आमाको स्याहार शुसार र सहयोग गरी बसीरहेकी एक मात्र मृतकका दिदिले टेलिफोन मार्फत अति भावुक र मर्महात शब्दमा मृतक भाईको अन्तिम संस्कारमा सहभागी हुने सम्पूर्ण संघ संस्था एवं नेपाली दाजुभाई दिदिबहिनीहरुलाई गहभरी आशु बगाई यसै समाचार मार्फत स्मरण गर्देछु भन्नु भयो  । 

माओवादी एकलौटी सत्ता कब्जाको मनसायमा- ओली

Filed under: समाचार

संवाददाता

नेकपा एमालेका नेता केपी ओलीले नेकपा माओवादीको एकलौटी सत्ता कब्जा गर्ने गलत मनसाय हाबी भएकाले राष्ट्रिय सहमतिको सरकार बन्न नसकेको आरोप लगाउनुभएको छ । नेकपा एमाले दाङ काठमाडौँ सम्पर्क मञ्चले शनिबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

माओवादीको एकलौटी सत्ता कब्जा गरेर एमाले र कांग्रेसलाई किनारा लगाउने गलत मनसाय र यसबाट उत्पन्न अहंकारका कारण देशमा राष्ट्रिय सहमति निर्माण हुन सकिरहेको छैन । ठूलो दलका हैसियतले अन्य दललाई समेत सहमतिमा ल्याउन माओवादीले पाएको दस दिनको समय थोरै होइन भन्दै नेता ओलीले आफ्नो नेतृत्वमा सरकार बनाउन गइरहेको दलले सबै मन्त्रालय आफैले रोजेर राख्न खोज्ने कार्यशैलीले सहमति निर्माण हुन नसक्ने धारणा राख्नुभयो ।

सरकारको नेतृत्व गर्नेजस्तो ऐतिहासिक जिम्मेवारी बहन गर्न नसकेर एक/दुइवटा मन्त्रालय नपाएको भन्ने निहुँमा पछि हट्न खोजेको भन्दै नेता ओलीले नेकपा माओवादीको आलोचना गर्नुभयो । नेता ओलीले माओवादीमा अझै पनि उग्र वामपन्थी सोच हावी रहेको आरोप लगाउँदै संविधान बनाउनेजस्तो सम्बेदनशील काममा जिम्मेवार ढङ्गले लाग्न आग्रह गर्नुभयो ।

धम्कीविरुद्ध पत्रकारहरुद्वारा प्रदर्शन

Filed under: समाचार

संवाददाता

सशस्त्र समूहद्वारा पत्रकारहरूलाई आइरहेको धम्कीको विरुद्धमा शनिबार धनुषाको जनकपुरमा विरोध जुलुस आयोजना गरियो । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाद्वारा आयोजित जुलुसमा सञ्चारकर्मीहरूले अपहरण, ज्यान मार्ने धम्की बन्द गर, संविधानप्रदत्त अधिकारको सम्मान गरजस्ता नारा लगाएका थिए ।

जुलुसपछि पत्रकारहरुले सभा गरी आफूहरुमाथि भइरहेको धम्कीको विरोध गरेका थिए । सभामा महासङ्घका केन्द्रीय सदस्य शीतल साह, प्रेस युनियनका रामभरत साह, प्रेस चौतारीका जगदीश साह लगायतले स्वतन्त्र प्रेसको अस्तित्वमाथि खेलवाड गर्नेहरूले षडयन्त्रमूलक ढंगले आक्रमण गर्न खोजेकोमा यसप्रति सबैले गम्भीर हुनुपर्ने बताएका थिए ।

केही दिनयता सशस्त्र समूहहरुले नेपाली भाषामा समाचार प्रकाशन र प्रशारण नगर्न भन्दै टेलिफोन गरी धनुषाका पत्रकारहरुलाई धम्की दिएका थिए ।

सामाजिक जनजीवनमा सकारात्मक परिवर्तन आवश्यक

Filed under: समाचार

संवाददाता

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक संरचना र जनजीवनमा सकारात्मक परिवर्तन आउन सकेमात्र गणतन्त्रको सफल कार्यान्वयन भएको मान्न सकिने बताउनुभएको छ ।

कीर्तिपुरमा शनिबार आयोजित स्वास्थ्य शिविर उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । भौतिकता र आध्यात्मिकताको नयाँ संयोजन नै एक्काइसौँ शताब्दीका लागि नयाँ प्रयोग भएको बताउँदै अध्यक्ष प्रचण्डले सामाजिक तथा धार्मिक क्षेत्रमा समेत दिनानुदिन विदेशी हस्तक्षेप बढ्नु अत्यन्त दुखद भएको बताउनुभयो ।

समय थपेर भए पनि सहमतिकै सरकारमा जोड

Filed under: समाचार

संवाददाता

नेपाल कम्युनिस्ट पार्टी मालेका महासचिव सीपी मैनालीले राष्ट्रपतिले सरकार निर्माण गर्न दिनुभएको समय अवधि अरु पाँच दिन थप गरेर भए पनि माओवादीकै नेतृत्वमा सरकार निर्माण गर्न दिनुपर्नेमा जोड दिनुभएको छ ।

माओवादीले पनि नयाँ सरकारको नेतृत्व गर्नुअघि नै अन्य दलहरुले राखेका सर्तहरु पूरा गर्नुपर्ने भन्दै उहाँले सबै दलहरुलाई मिलाएर लाने नीति अबलम्बन गर्नुपर्ने सुझाव आफूले दिएको नेता मैनालीले जानकारी दिनुभयो ।

संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलहरुको वैठकपछि राजधानीमा सञ्चारकर्मीसित कुरा गर्दै मैनालीले शुक्रबार यस्तो बताउनुभएको हो । साना दलहरुले भावी संविधानमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।

‘राजनीतिक दलहरुबीचको खिचातानी अन्त्य हुनुपर्छ’

Filed under: समाचार

संवाददाता

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रमुख राजनीतिक दलहरुबीच देखिएको खिचातानी उच्चस्तरीय समिति बनाएर अन्त गर्नुपर्ने धारणा राख्नुभएको छ । सुनसरीको पकलीमा सञ्चारकर्मीहरुसित कुरा गर्दै उहाँले नयाँ सरकार बनाउँदा जटिलता आउने र यो सामान्य भए पनि समस्यालाई उच्चस्तरीय समितिमार्फत समाधान गर्न दलहरु चुकेको बताउनुभयो ।

संविधान नबनुन्जेल दलहरुबीच एकता टुट्न नहुने उल्लेख गर्दै नेम्वाङले आफूले समझदारीका लागि संयन्त्र बनाउने पहल गरिरहेको जानकारी दिनुभयो । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि दलहरुबीच केही मतभेद देखिएको बताउ
"दै नेम्वाङले दलहरुले आपसी मतभेद अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

जनताले कसैलाई बहुमत नदिएकाले मिलेर जानु अहिलेको आवश्यकता रहेको उहाँको भनाइ थियो । बहुमतको सरकार गठन गर्दा राजनीतिक जटिलता आउने स्पष्ट पार्दै अध्यक्ष नेम्वाङले ढिलै गरेर भए पनि राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने धारणा राख्नुभयो । तोकिएको समयमै संबिधान निर्माण हुनेमा आफू ढुक्क भएको उहाँले बताउनुभयो ।

माग पूरा गराउन कलाकारहरु आन्दोलित

Filed under: समाचार

संवाददाता

राज्यले कलाकारहरुलाई उचित सम्मान र स्थान नदिएको भन्दै कलाकारहरुले विगत १० दिनयता आन्दोलनरत छन् । राज्यले सबै कलाकारहरुलाई गाँस, वास र कपासको व्यवस्था गर्नुपर्ने, उचित सम्मानको स्थान दिनुपर्ने लगायतका माग उनीहरुले अघि सारेका छन् । संगीतको विकासका लागि संगीत विकास बोर्ड स्थापना गरिनुपर्ने, प्रतिलिपि अधिकारको कानुनलाई प्रभावकारी बनाइनुपर्ने माग समेत उनीहरुको छ ।

सञ्चारमाध्यमले गीत संगीत बजाएबापत रोयल्टी दिनुपर्ने, सञ्चारमाध्यम विशेषगरी सरकारी सञ्चारमाध्यममा विदेशी गीत बजाउन बन्द गर्नुपर्ने माग राखी आफूहरु आन्दोलनमा उत्रिएको लोक गायिका कोमल वलीले सञ्चारकर्मीलाई बताउनुभयो । वलीले विभिन्न सरकारी सञ्चारमाध्यम र प्रतिलिपि अधिकारका कार्यालयमा मागसहितको ज्ञापनपत्र बुझाएको जानकारी गराउँदै सरकारले राष्ट्रका गहनाका रुपमा रहेका कलाकारहरुको मागलाई बेवास्ता गर्न नमिल्ने बताउनुभयो ।

कलाकारहरुले राज्यलाई आफ्ना मागहरुप्रति ध्यानाकर्षण गराउन साउन २६, २७ र २८ गते सञ्चारमाध्यममा कुनै पनि कलाकारका गीत, संगीत बजाउन र देखाउन निषेधको घोषणा गरेका छन् । सरकारले माग सुनुवाइ नगरे उपत्यका बन्द र नेपाल बन्द गर्न कलाकारहरु बाध्य हुने गायिका वलीलाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले जनाएको छ ।

May 8, 2007

Nepal One journos hold talks with management

Filed under: समाचार

7 May 2007 Kathmandu , Nepal Representatives of Nepal One Television management and the agitating journalists of the same channel came to an agreement today (7 May) at Kathmandu .

The agreement between the representative of the management, Pradeep Roy and representative of the agitating journalists Rebati Sapkota were signed under the supervision of Mahendra Bista, FNJ secretary general, advocate Ramesh Badal, FNJ’s legal advisor, Bishnu Lamsal, general secretary of Labor and Transportation Ministry and Narayan Prasad Regmi, joint-secretary of Information and Communication Ministry.

The demands that have been addressed are, the immediate issuance of contract to its staffers since the date they have joined the organization, implementation of accident and medical insurance and provident fund among others.

Nepal One journalists and employees have been protesting against the management of the television channel with 20 point demand since the last 18 days. They were on a fast-unto-death strike since Saturday (5 May). Those on the indefinite fast-unto-death strike were journalists Raj Kumar Regmi, Rishi Dhamala and Bishnu Kalpit. However, Kalpit broke the strike on the evening of the same day, after his health deteriorated.

On Saturday, Prime Minister Girija Prasad Koirala also held a meeting with FNJ president Bishnu Nisthuri and enquired about the ongoing protest. Meanshile Federation of Nepalese Journalists along with Jacqueline Park from International Federation of Journalists showed professional solidarity to the protest at the television’s office on Sunday (6 May).

The other two journalists, Regmi and Dhamala continued their strike until today and broke their hunger strike at around 8:30 in the morning in the presence of Speaker Subash Nembang, FNJ president Bishnu Nisthuri, UML leader Madhav Nepal and other political party leaders. President Bishnu Nisthuri said that the Nepal One Television channel have not been registered in Nepal Government.

FNJ has demanded the government to clarify the legal status of the television channel. The federation has also urged the government to implement Working Journalist’s Act immediately.

May 6, 2007

Journalist attacked

Filed under: समाचार

6 May 2007 Bardiya ,

Nepal Yuvraj Adhikary, a local correspondent of Radio Nepal , was attacked by the cadres of Maoist aligned Young Communist League (YCL) on 2 May at Kusumba market of Bardiya, mid-western district of Nepal.

Adhikary had reached Kusumba market to collect news about the clash between the security forces and a group of refugees and freed bonded laborers led by YCL. The clash had erupted between a group of armed police force that was deployed at the market for the border security and the group led by YCL. While Adhikary was reporting the news, the YCL cadres hurled stones at him and attacked him with sticks.

They even chased him for about 500 meters. He then ran and locked himself inside a bathroom of a neighbor and thus saved himself. The YCL cadres then reached his home, located near the market, and broke the windowpanes of his house. Adhikary had received threats from the YCL cadres in the past for writing news about them.

According to Yuvraj Shrestha, president of FNJ Bardiya branch, Adhikary has been receiving threats through telephone in the name of YCL cadres saying that they can abduct or kill him anytime.

Federation of Nepalese Journalists (FNJ) has condemned the incident and has demanded the concerned party to take action against the guilty and provide proper compensation to the victim.

  • नेपाली म्यूजिक भिडियो

  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

    Number of online users in last 3 minutes
    eXTReMe Tracker