यहाँहरुलाई koreanp.blogsome तर्फबाट हार्दिक स्वागत छ । तपाँईहरुको सल्‍लाह सुझाव र comments का लागि हाम्रो ईमेल ठेगाना यस प्रकार छ । kanchha73@yahoo.com ब्‍लगर (डम्बर सुब्बा) द.कोरिया ,देउ कुमार सुब्बा (नेपाल)।

korea

June 27, 2007

मलंगवा ठप्प

Filed under: nepal

सर्लाही बम विस्फोटमा एक कर्मचारीको मृत्यु भएको विरोधमा सर्लाहीको सदरमुकाम मलंगवा सोमबार बन्द गरियो।आइतबार राति मलंगवामा भएको बम विस्फोटमा एक जनाको मृत्यु भएको घटनाको विरोधमा स्थानीय व्यक्तिहरूले उक्त बन्द गराएका हुन्।
आइतबार राति सवा १० बजे जिल्ला प्रहरी कार्यालयबाट ५० मिटर दूरीको भगवती मन्दिरपछाडिको बैंक रोडमा भएको सो विस्फोटमा मलंगवा नगरपालिकाको वारुणयन्त्रमा काम गर्ने ४० वर्षीय अरुण जयसवालको मृत्यु भएको थियो।
प्रहरी उपरीक्षक गणेश केसीले घटना कसले र किन गरायो भन्ने खुल्न नसकेको र अनुसन्धान जारी रहेको बताउनुभयो। प्रहरीले आइतबार राति नै एक जनालाई नलकटुवा पेस्तोलसहित पक्राउ गरेको छ भने अनुसन्धानका क्रममा सोमबार चारवटा मोटरसाइकल तथा दुईवटा जिपलाई नियन्त्रणमा लिएको छ।
नागरिक समाज, उद्योग वाणिज्य संघ, नेपाल निजामती कर्मचारी संगठनलगायत संघसंस्था, राजनीतिक दलहरूले घटनाको निन्दा गर्दै प्रशासनसँग दोषी पक्राउको माग गरेका छन्।
यता जनकपुरस्थित मिथिला एफएममा फोन गरेर बम विस्फोटनको जिम्मेवारी तराई बागी भन्ने संगठनले लिएको छ।

June 19, 2007

चिठ्ठा विवाद: प्रहरीको गोली लागी एक युवकको मृत्यु

Filed under: nepal

झापा- बिर्तामोडमा निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै प्रहरीले गोली चलाउँदा एक युवकको मृत्यु भएको छ । चिठ्ठा सम्बन्धी विषयलाई लिएर शनिबार भएको घटनाको विरोध गर्दै बिर्तामोडमा प्रदर्शन जारी छ ।
प्रहरीले प्रदर्शनमा चलाएको गोली लागी इलाम साङरुम्बाका १५ वर्षीय सुवास खत्रीको मृत्यु भएको हो । उनी स्थानीय होटलमा कार्यरत थिए ।
प्रहरीको गोली लागी दुईजना गम्भीर घाइते भएका छन् । घाइते कोशीलाल चौधरी र उमाकान्त चौधरीको कञ्चनजङ्घा अस्पतालमा उपचार भइरहेको छ । घटनामा अन्य १० जना पनि सामान्य घाइते भएका छन् । घाइते हुनेहरुमा केही प्रहरीसमेत छन् ।
स्थानीय बासिन्दाको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले हवाइफायर गर्नुकोसाथै अश्रुँग्याँस समेत प्रहार गरेको छ । प्रदर्शनकारीले इलाका प्रहरी कार्यालयतर्फ अघि बढ्दै प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको प्रहरीको भनाइ छ ।
स्थिति तनावग्रस्त भएपछि स्थानीय प्रशासनले आइतबार दिउँसो पौने १ बजे देखि आठघण्टा निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञापछि पनि त्यहाँको स्थिति नियन्त्रणमा आउन सकेको छैन । आक्रोशित भीडले मुक्तिचोकमा रहेको आठदलको झण्डा जलाएका छन् भने चिठ्ठा आयोजक समितिका कोषाध्यक्ष कमल पोखरेलको घरमा सामान्य तोडफोड गरेका छन् ।
प्रदर्शनकारीहरुले यातायात सेवासमेत बन्द गराएका छन् । चिठ्ठा विषयको विवादमा शनिबार अनावश्यक प्रहरी हस्तक्षेप भएको भन्दै स्थानीय बासिन्दाहरुले आइतबार बिहानैदेखि जिल्लाको यातायात तथा बिर्तामोड बजार बन्द गराएका हुन् ।
विवादका क्रममा शनिबार भएको झडपमा केही व्यक्ति घाइते भएका थिए । घाइतेमध्ये तीनको अवस्था अझै गम्भीर रहेको छ । स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि उनीहरुलाई आइतबार भारतको सिलिगुढी लगिएको छ । केही महिनाअघि वितरण गरिएको चिठ्ठाको परिणाम गोप्यरुपमा शनिबार सार्वजनिक गरिएपछि ग्राहक र वितरकहरुबीच विवाद भएको थियो ।यसैबीच समाचार सङ्कलनका लागि गएका नेपाल एफएमका सम्वाददाता नारायण खड्का र अर्का पत्रकार यादव पौडेललाई प्रदर्शनकारीहरुले कुटपिट गरी घाइते बनाएका छन् । घाइते दुबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

June 16, 2007

वाईसीएलद्वारा वृद्धवृद्धालाई निकालेर घर कब्जा

Filed under: nepal

कृष्ण भट्टराई, (सुनसरी)। माओवादीको भातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)ले इटहरी नगरपालिका वडा नं. १ बस्ने मेहरमान लिम्बूको घरायसी समस्यामा हस्तक्षेप गरी उनका ७४ वर्षीय वृद्ध आमाबाबुसहितका परिवारलाई सबै सामान फालेर घरबाट निकाली घर कब्जा गरेका छन्। नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् इटहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा पीडित मेहरमान, उनका ७२ वर्षीय बुबा मानबहादुर लिम्बू र ७५ वर्षीया आमा आइतीमायाले वाईसीएलले आफूहरूमाथि ठूलो ज्यादती गरेर घरबाट निकालेकाले आफूहरू अहिले आफन्तको शरणमा बस्न बाध्य रहेको बताए। वृद्ध मानबहादुरले २०५४ सालमा हत्या भएका आफ्नो जेठो छोरा धनबहादुर लिम्बूको नाममा रहेको घरजग्गाको विषयमा सर्वोच्च अदालतमा मुद्दा चलिरहेको अवस्थामा साहिँला छोरा मेहरमानलाई गत जेठ २३ गते राति वाईसीएलले कुटपिट गर्दै अपहरण गरी रातभर बन्दी बनाएर भोलिपल्ट कालोमोसो दली जुत्ताको माला लगाएर सामाजिक बेइज्जत गरी आफ्नो घरका सम्पूर्ण सामान फ्यालिदिएर घरनिकाला गरेको बताए। घरका सामान फाल्ने क्रममा आफ्नो १ लाख रुपियाँभन्दा बढी नगद र ७/८ तोला सुनका गरगहना हराएको मानबहादुरले गुनासो गरे। नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध नेवाःपुच, नेपाल तामाङ घेदुङ, किराँत याक्थुङ् चुम्लुङ् , किराँत राई यायोख्खा, नेपाल शेर्पा संघ, थारू कल्याणकारिणी सभा, धिमाल उत्थान समाजलगायत १० भन्दा बढी जातीय संघसंस्थाहरूले संयुक्तरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त ज्यादती गर्ने वाईसीएलका कार्यकर्तामाथि कडा कारबाही गरेर पीडितलाई घरमा निर्भयका साथ बस्न सक्ने वातावरण नबनाए आन्दोलनमा उत्रने चेतावनी दिए। काजीलाल श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष तर्ीथराज गौतम, नागरिक समाज इटहरीका सचिव डानियल सुब्बा, नेपाली कांग्रेसका अमरबहादुर गौली, जनजाति महासंघकी सचिव उषा लिम्बूलगायतले जिम्मेवार राजनीतिक दल नेकपा माओवादीको भातृ संगठन वाईसीएलले आफ्नो क्रियाकलाप नसुधारे उक्त संगठनप्रति सर्वसाधारणको आक्रोश बढ्ने र अन्तत माओवादी पार्टीलाई ठूलो राजनीतिक नोक्सानी हुने सम्भावना बताउँदै वाईसीएलले आफ्नो छविलाई उच्च राख्न यस्ता क्रियाकलापबाट टाढा रहनुपर्ने सुझाव दिनुभयो।

June 1, 2007

सामाजिक सुधारमा फाल्गुनन्द लिङदेनको योगदान

Filed under: nepal

अमृत सुब्बा

समयको बहाक र अरू-अरू मानव समाजको संसर्गले गर्दा आदिवासी किरातीहरूमा पनि धार्मिक विखण्डन र सामाजिक विचलन शुरू भयो किरातीहरूले आफ्नो मान्यता स्थापना र सामाजिक नियमहरू बिर्सन थाले, आफ्नो पहिचान भुल्न थाले किरात प्रदेशमा धार्मिक र सामाजिक अन्यौल सुरू भयो किरातीहरू अधिकांश रूपमा दिग्भ्रमित भएर अल्मलिएको थियो । ‘जहाँ समस्या त्यहाँ उपाय’ भने झै इलाम जिल्ला इमाङ गाविस-५ चुक्चिनाम्बा गाउँमा एउटा साधारणकिसान कै घरमा जन्म लिएर सामान्य मानिस सरह जीवन यापन गर्दै मुहिगुम अङसीमाङ फालगुनन्द लिङ्‍देनले किरात समाजलाई सुधारको बाटोमा लैजाने कोशिस गर्नु भयो किरातीलाई सत्मार्गमा लैजाने प्रयत्न गर्नु भयो । उहाँले कुनै पनि औपचारिक शिक्षा ग्रहणतथा गुरूबाट दिक्षित भएको पाइँदैन । तर, उनमा जुन ज्ञानरूपी भण्डार र शक्ति थियो त्यो अलौकिक थियो आफ्नो विकृति, विसंगतिले चुर्लम्म डुबेको समाजलाई त्यही शक्तिले सुधारको मार्गमा तार्ने काम गर्नु भयो । मुहिगुम अङसीमाङले खास गरेर पूर्व लिम्बूवान क्षेत्र हँुदै बिस्तारै भारत, सिक्किम, भुटानसम्म सुधारको मार्गमा तान्नु भएको देखिन्छ । उहाँले मुख्य रूपमा हत्या, हिंसा त्याग्ने शिक्षा दिनुभयो । शरिर, मन र वचनले पनि मान्छेले हिंसा गर्दछ भन्ने कुरामा पनि ज्ञान दिनु भयो । असत्य मार्ग त्यागेर सत्यको मार्गमा लाग्न अभिप्रेरित गर्नु भएको थियो । उहाँले जाँड रक्सीको प्रयोग घटाएर चरित्रको सुधारमा जोड दिनु भएको थियो । वि.स. १९८८ साल वैशाख २४ गते लिम्बूवानको थुम-थुमका सुब्वा, साहु माहाजन, बुद्धिजीवी, भक्तजन सर्वसाधरण्लाई पाँचथरको चोक्मागु गाविस लवरेकुटी माङहिम (मन्दिर) मा जम्मा गरी लिम्बूवानमा रहेको सामाजिक शोषणर धार्मिक विचलनको एकरूपताको लागि १० बुँदे मुचुल्का लेखी/लेखाइ सहि छाप गर्नु/गराउनु भएको भेटिन्छ । त्यसैबेलामा लिम्बूवानमा रहेको छोरी को विवाह कार्यमा सोत रित खाने, जारी विवाह गर्ने संस्कारलाई निरूत्साहित गर्नु भएको थियो । छोरीको विवाह गर्दा सुनाउली रूपाउली नखानु/नलिनु छोरा सरह विवाह कर्म गर्नु भन्नु भएको थियो । छोरीलाई पनि शिक्षादीक्षा दिनु, कपास काटी तान बुनेर आफै प्रयोग गर्नु भनि आर्थिक सुधारका पक्षमा पनि बोल्नु भएको थियो । मृत्य संस्कार र जन्म संस्कार तथा कूल पितृ पुज्दा वा कुनै पनि धार्मिक, सामाजिक कार्य गर्दा अत्याधिक जाँड रक्सी तथा बली पूजा गर्ने परम्परा रहिरहेको अवस्थामा त्यसलाई निरूत्साहित गरी नैवेद धुव वत्तलिे गर्ने/गराउने भनी उल्लेख गरिएको पाइन्छ । यसबाट शिक्षाको प्रचारका साथै सामाजिक सुधारका प्रयास थाल्नु भएको थियो, सुब्बाहरूको अगुवाइमा सर्वसाधरणकिरात समुदायामा मुद्दा मामिला र झैंझगडाका विषयमा पनि ठूलो सुधार भएको देखिन्छ । सानु स्वर तर कठोर मिजासका गुरूका सामु कसैले पनि अनावश्यक प्रश्न र जिकीर गर्ने हिम्मत गर्दैनथे र सबैमा गुरूप्रति आघात श्रदाभक्ति थियो । त्यो समयको निरङ्‍कुश राणा शासकहरूको विगविगीमा कुनै परम्परागत शिक्षा-दीक्षा बिना नै माहागुरू फाल्गुनन्दले आफ्नो समाजमा धार्मिक सुत्रहरूको स्थापना र प्रचार-प्रसार गर्नुभएको देखिन्छ, आजको जस्तो मातृभाषाको अभियान सुरू नभएको अवस्थामा वहाँले धार्मिक अनुष्ठान र शिक्षाका क्षेत्रमा व्यापक मात्रमा आफ्नो मातृभाषा तथा किरात लिपिको प्रचार-प्रसार र प्रयोग गर्नु भएको पाइन्छ । किरात भाषा तथा लिपिमा कर्मकाण्डको निर्माणगर्नु भयो । धर्मको नाममा सामाजिक र धार्मिक शोषण्को उछितो काढ्‍नु भयो । सामाजिक र धार्मिक शोषण्को अन्त्य गर्ने अभियान थाल्नु भयो । जसले किरात वशंमा ठूलो सुधारको मार्ग खुल्यो, चेतनाको विकास हुन थाल्यो, राज्यव्यवस्था सरल र सहज थिएन । त्यसबखत राणा शासनको चरम सिमाको शोषणदमन थियो । उहाँले राणा शासनविरूद्ध कुरा गर्नु भएन कुनै राजनीतिक शिक्षा पनि दिनु भएन तर समाज सुधार र धार्मिक कुराको भन्ने व्यापक प्रचार-प्रसार गर्नु भयो, शिक्षाको महत्व बुझाउनु भयो यसबाट समाज बिस्तारै परिवर्तनको दिशातिर उन्मुख हुदैं गयो । महिगुम आङसीमाङ फालगुनन्दले दिएर जानु भएको धर्म र सामाजिक शिक्षा मातृभाषाको महत्व र नैतिकता विषयमा आज हामीले भुल्न थाल्यौं । उहाँको धार्मिक दीक्षाहरूको ह्रास आउन थालेको जस्तो लाग्छ , नैतिक शिक्षाको विचलन हाम्रा समाजमा धर्मका नाममा पाखण्ड र शिक्षाको नाममा व्यापार सुरू भएको छ नैतिकताको खडेरी चलिरहेको अवस्थामा माहागुरू फल्गुनन्द लिङ्‍देनको अभाव भइरहेको अवस्था वा अपूरो रहेको कार्यलाई निरन्तरता दिनको लागि उनै लिङदेन वंशमा अङसीमाङ परमानन्द सेइङ र गुरू माता पवित्रहाङमा साम्बा लिङदेनको जन्म भइ सो कार्यको निरन्तरताका साथ काम भइरहेको किरात धर्मका भक्तजनहरू सम्झिरहेका छन् । हरेक वर्षको बैशाख २४ गते उनैको सम्झनामा समाज सुधार दिवस मनाइरहेका छन् ।

May 20, 2007

राजधानीमा थ्रीजी मोबाइल शुरू

Filed under: nepal

नेपाल टेलिकमले बिहीबारबाट वितरण गर्न शुरू गरेको तेस्रो पुस्ताको थ्रीजी मोबाइल पहिलो दिन नै झन्डै १ सयवटा बिक्री गरेको छ। विश्व दूरसञ्चार दिवसको अवसरमा दक्षिण एसियाली मुलुकमै पहिलो पटक टेलिकमले शुरू गरेको सो सेवा लिन सर्वसाधारणहरू टेलिकमको जावलाखेल काउन्टरमा पुगेका थिए। भिडिओ कल (कल गर्नेको गतिविधि हेर्न मिल्ने), टेलिभिजन हेर्न मिल्ने सुविधा रहने यो थ्रीजी मोबाइल हाललाई काठमाडौं उपत्यकाको भित्री शहरमा मात्र चल्ने व्यवस्था रहेको टेलिकमको मोबाइल सेवा निर्देशनालयका प्रबन्धक बुद्धिप्रसाद आचार्यले जानकारी दिनुभयो। प्रिपेड मोबाइलका रूपमा रहेको थ्रीजी मोबाइलबाट टेलिफोन गर्दा प्रिपेड सरह चार्ज लागे पनि भिडिओ कल गर्दा र डाटा रिसिभ गर्दा भने केही बढी शुल्क लाग्ने प्रावधान रहेको छ। टेलिकमले बिहीबार थ्रीजी मोबाइलको सेट भएकाहरूलाई मात्र सिमकार्ड बिक्री गरेका कारण अधिकांश थ्रीजी सेट नभएकाहरू फर्किएका थिए। थ्रीजी मोबाइलबाट जीपीआरएस सेवा प्रयोग गर्दा प्रतिसेकेन्ड ३८४ किलोबाइटको गति रहने समेत प्रबन्धक आचार्यले उल्लेख गर्नुभयो। अहिले टेलिकमसँग थ्रीजीको १० हजार लाइन वितरण क्षमता रहेको छ। थ्रीजीको सिमकार्ड लिनका लागि ग्राहकले ३ हजार ५ सय युजर चार्ज, एक्टिभेसन चार्ज ५ सय, दर्ता ५०, भ्याट ६५ र स्वामित्व कर ८० रुपियाँसमेत गरी जम्मा ४ हजार १ सय ९५ रुपियाँ तिर्नुपर्छ।

May 1, 2007

आर्थिक अभावले मृत्यसँग भिड्दै सुत्केरी

Filed under: अन्‍य, nepal

मुटु रोगले थलिएकी भक्तपुर सुडाल गाविस-४ निवासी सुत्केरी शोभा कार्की आर्थिक अभावका कारण मृत्युसँग लडिरहेकी छिन्। शहीद गंगालाल अस्पतालले उनको मुटुको भल्भ फेर्नुपर्ने र त्यसका निम्ति ३ लाख रुपियाँ लाग्ने जनाएपछि उनी आफ्नो उपचारको निम्ति सहयोग जुटाउन भौतारिंदै हिँडेकी छिन्। सहयोगका लागि सुडाल गाविस भक्तपुरले दातासमक्ष पनि अनुरोध गरेको छ। गत फागुनमा सुत्केरी भएपश्चात् रुघाखोकी र ज्वरो आउने क्रम नरोकिएपछि परीक्षण गर्दा मुटु रोग लागेको थाहा पाएकी थिइन्। उनका श्रीमान् दुइ छोरा गरी चार परिवार छन्। आर्थिक अवस्था ज्यादै कमजोर भएकी कार्कीका श्रीमान् सामान्य किसान हुन्। बिहान-बेलुकाको छाक जुटाउनसमेत धौधौ पर्ने जनाउँदै कार्कीले भनिन्- ‘कसैको सहयोगले मिले मेरो र काखको बालकले पुनर्जन्म पाउने थियो।’ तसर्थ मनकारी दाताहरूसँग नेपाल समाचारपत्रमार्फत हात फैलाएकी छु। सहयोगको लागि नेपाल बैंक शाखा कार्यालयको बचन खाता नं. १९३१६ मा उपलब्ध छ।

April 23, 2007

समयसीमा नाघेर नागरिकता वितरण

Filed under: nepal

काँकडभिट्टा- सरकारले निर्धारण गरेको समय सीमा नाघेर घुम्तिटोलीले यहाँ शनिवार पनि नागरिकता वितरण गरेको छ । शुक्रवारको निर्णय भन्दै करिब साढे ४ सयलाई शुक्रवारकै मितिमा शनिवार नागरिकता बाँडिएको हो ।
घुम्तिटोलीले शनिवार बाँडिएको नागरिकताको यकिन सङ्ख्या दिनसमेत अस्वीकार गरेको छ । ‘जन्म र वंशजको आधारमा करिब साढे ४ सय नागरिकता वितरण गरियो’ मेचीनगर नगरपालिकाको लागि खटिएको ४ नम्बर घुम्तिटोली प्रमुख मणिराम न्यौपानेले भन्नुभयो- ‘यकिन सङ्ख्या दिन सकिदैन ।’
यसअघि टोलीले दैनिक विवरण सहजै उपलब्ध गराउने गरेको थियो । शनिवार बाँडिएका नागरिकतामध्ये आधा जन्मको आधारमा र आधा वंशजको आधारमा रहेको समेत न्यौपानेले जनाउनुभयो ।
शुक्रबार प्रमाणपत्रमा नाम लेखेर फोटो टाँस्न मात्र बाँकी रहेका नागरिकता शनिवार बाँडिएको दाबी टोलीप्रमुख न्यौपानेले गर्नुभयो । ८ दललाई रोहवरमा राखेर शुक्रवार भएको निर्णयका आधारमा नागरिकता वितरण गरिएको दाबीसमेत न्यौपानेको छ । तर, सञ्चारकर्मीहरू शनिवार मध्यान्ह नागरिकता वितरणस्थल मेचीनगर नपा कार्यालय परिसर पुग्दा आठदलका प्रतिनिधि अनुसूची फारम छानविन गरिरहेका थिए भने कर्मचारी प्रमाणपत्रमा नाम लेख्न व्यस्त थिए ।
टोलीप्रमुख न्यौपाने आफैं अनुसूची फारम जाँच गर्न व्यस्त हुनुहुन्थ्यो । ‘न्यौपानेको भनाइ अनुसार उहाँ प्रमाणपत्रमा सही गर्न व्यस्त भेटिनु पर्ने थियो, या त नागरिकता वितरण कार्य मात्र भइरहेको हुनुपथ्र्यो’, अनुगमनमा नगरपालिका कार्यालय परिसर पुगेका सञ्चारकर्मी उपेन्द्र पोखरेल भन्नुभयो- ‘समयसीमा नाघेर नागरिकता वितरण गरिएको प्रष्ट देखिएको छ ।
टोलीका अनुसार जन्मको आधारमा १ हजार ९ सय ९७, वंशजको आधारमा ५ हजार ८१ र अङ्गीकृत २ सय ७७ गरी ४१ दिनमा ७ हजार ३ सय ५५ जनालाई मेचीनगर क्षेत्रमा नागरिकता वितरण गरिएको छ । छानविनको दायरामा राखिएका १ सय ६ वटा नागरिकता जिल्ला प्रशासन कार्यालय पठाइएको टोलीले जनाएको छ ।

मलेसियामा साढे नौ सय नेपाली कामदार अलपत्र

Filed under: nepal

विभिन्न रोजगार कम्पनीहरूबाट मलेसिया पुगेका करिव ९ सयभन्दा बढी नेपाली कामदारहरू अलपत्र परेका छन् । उनीहरू मलेसियाको बन्थरबारु सेलेङ्गर सेपाङ्गस्थित वेम्ली रबर प्रोडक्ट कम्पनीमा कार्यरत कामदार रहेको बताइएको छ ।
उदयपुरको रिस्कु गाविस- ७ का बासु पोखरेलले मलेसियाबाट दिएको जानकारीअनुसार कम्पनी सञ्चालक लि सोन होङले सम्झौतापत्रमा तोकिए अनुसारको तलव सुबिधा नदिई होस्टेल मर्मत, पानी, बिजुली बापत तलब कट्टा गर्ने गरेको बताउनुभयो । कम्पनी सञ्चालकले दुर्घटनामा परेका कामदारहरूलाई हालसम्म क्षतिपूर्ति पनि दिएको छैन ।
पोखरेलले काठमाडौं स्थित ईस्ट वेस्ट ओभरसिज प्रालि, भैरव इन्टरनेसनल सर्भिस प्रालि र हिमालय जब एक्प्लोरर प्रालिमार्फत उक्त कम्पनीमा पुगेको बताउनुभयो ।
नेपाली कामदारहरूले कम्पनी सञ्चालक होङसँग आफूहरू आर्थिक शोषणमा परेको गुनासो गर्दा सञ्चालकले मलेसियन प्रहरी प्रयोग गरी दैनिक कुटपिट र दुव्र्यवहार गर्ने गरेको पोखरेलले जानकारी दिनुभयो । कुटपिटबाट ६ भन्दा बढी कामदारहरू घाइते भएको उहाँले बताउनुभयो ।
कम्पनी सञ्चालकले सवै नेपाली कामदारलाई कम्पनी भित्रै थुनेर राखेको तथा सयौं नेपाली कामदारहरूको लत्ता कपडासमेत जलाइदिएको बताइएको छ । यसैगरी सोही कम्पनीमा कार्यरत एक नेपाली मजदुरलाई विगत १ महिनादेखि मलेसियन थुनामा राखेको बताइएको छ । उनको नाम खुल्न सकेको छैन ।
नियम अनुसारको सवै कर तिरिसक्दासमेत विभिन्न बहानामा तलव कट्टा गरिएपछि उनीहरूले विभिन्न ६ सूत्रीय मागसहित एक हप्ताअघि कम्पनीमा तालाबन्दी गरेका छन् ।
कम्पनीमा सिराहा, सप्तरी, धनुषा, उदयपुर जिल्लाका कामदारहरूको सङ्ख्या बढि रहेको छ । त्यहाँ नेपालीसहित भियतनाम, भारत, बङ्गलादेश, म्यानमार र इन्डोनिसियाका ५ हजार भन्दा बढी मजदुरहरू कार्यरत रहेको जनाइएको छ ।

April 20, 2007

संघीय प्रान्त

Filed under: nepal

संघीय लिम्बूवानका कार्यकर्ताहरूले धरान काँकडी भिळा बिराट नगर 

हिडने ७५%माइक्रो ,बस ,मिनी बस ,आदिमा सघिय लिम्बूवान प्रान्त

 लेख्न थालेका छन् ।

April 19, 2007

damak

Filed under: nepal

  • नेपाली म्यूजिक भिडियो

    lampnis
  • Get free blog up and running in minutes with Blogsome
    Theme designed by Riosoft

    de
    Number of online users in last 3 minutes
    eXTReMe Tracker